वर्क प्लेस

अफिसमा कस्तो हुनुपर्छ व्यवहार

अफिसमा काम गर्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । व्यवहारकै कारण प्रिय वा अप्रिय हुने भएकाले राम्रो व्यवहार गरेर सबैको प्रिय बन्न सकिन्छ । बानी–व्यवहारमा कमी–कमजोरी भए तिनलाई हटाएर वा सुधारेर कार्यक्षेत्रका साथीभाइसँग मिलेर बस्ने बानीको विकास गर्नुपर्छ । अफिस समयको ख्याल अफिसमा समयमै पुग्नुपर्छ । विशेषगरी कार्यक्षेत्रमा हुने जरुरी मिटिङका लागि सजग रहनुपर्छ । अफिसमा हुने जुनसुकै मिटिङमा समयमै पुग्नु आवश्यक छ । सानो स्वरमा कुराकानीअफिसमा सानो स्वरमा कुराकानी गर्नुपर्छ । साथीभाइको फोन आयो भने सानो स्वरमा कुराकानी गर्नुपर्छ । ठूलो स्वरमा कुरा गर्दा वरिपरिका मानिसहरूलाई बाधा हुन्छ । मोबाइल अफिस पुगेपछि मोबाइल साइलेन्ट मोडमा राख्नुपर्छ । मोबाइल रिङटोनमा छ भने आवाज कम गर्नुपर्छ । आफ्नो सिटबाट उठ्दा मोबाइल लिन बिर्सनु हुँदैन । कुनै जरुरी तथा व्यक्तिगत फोन उठाउनु छ भने अरूले नसुन्ने ठाउँमा गएर उठाउनुपर्छ । मिटिङ, वर्कसप तथा सेमिनारहरूमा मोबाइलको स्वीचअफ गर्नुपर्छ । अनावश्यक रुपमा अफिसको फोन प्रयोग गर्नुहुँदैन । डेस्कको सफाइ घरजस्तै आफ्नो कार्यक्षेत्रको सरसरफाइमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । आफ्नो अफिस सधैं सफा राख्नुपर्छ । आफ्नो डेस्कमा पेपर तथा अन्य वस्तु मिलाएर राख्नुपर्छ । आफू बस्ने कोठा सफा राख्दा काममा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । लन्च अफिसमा क्यान्टिन छ भने केही फरक पर्दैन तर घरबाटै टिफिन लगेर अफिसमा खाने गरिएको छ भने खाना खाएपछि डेस्क सफा गर्नुपर्छ । बाहिरबाट लन्च बक्स मगाउने भए गन्ध नआउने खालको लन्च मगाउनुपर्छ । खाना खाँदा मुखबाट आवाज निकाल्नु हुँदैन । आत्मप्रशंसाबाट टाढाआफ्नो प्रशंसा आफैले गर्नु हुँदैन । त्यसको साटो आफ्ना सहकर्मीको कामको बयान गर्नुपर्छ । आफ्ना कनिष्ठहरूको कामको जिम्मेवारी आफूले लिनु हुँदैन । ड्रेसिङ सेन्समा ध्यान अफिस आउँदा भड्किलो पहिरन लगाउनु हुँदैन । प्रोफेसनलाई ध्यान दिएर आफ्नो पहिरन छनोट गर्नुपर्छ । कार्यक्षेत्रमा आउँदा बढी वासना आउने परफ्युमको प्रयोगबाट जोगिनुपर्छ । आवश्यक कुराकानी आफ्नो कामका बारेमा चिन्तित रहनुपर्छ र आवश्यक कुराकानी मात्र गर्नुपर्छ । बेकारका कुराकानी गरेर समय खेर फाल्नु हुँदैन । समय बर्बाद गर्नु हुँदैन । आफ्ना साथीभाइहरूसँग गुनासो वा अप्ठ्यारो पर्ने खालका विषयमा विवाद गर्नु हुँदैन । हाइजिनमा ध्यान शौचालय प्रयोग गरेपछि फ्लस गर्न बिर्सनु हुँदैन । शौचालयको भुइँ पनि सफा राख्नुपर्छ । भद्र व्यवहार अफिसमा कसैको साथ विशेषगरी पुरुष सहकर्मीहरूसँग भद्दा मजाक गर्नुहुँदैन । कसैप्रति दोहोरो अर्थ लाग्ने किसिमका शब्द पनि प्रयोगमा गर्नु हुँदैन । अफिसमा आयोजना हुने कार्यक्रममा मदिरा प्रयोग गर्नु हुँदैन । अरूको सामान माग्ने बानीको त्याग आफ्ना साथीभाइको सरसामान माग्नु हुँदैन । सामान साटासाट गरेर प्रयोग गर्नु हुँदैन । उनीहरूको सामान प्रयोग गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ । सामान्य शिष्टाचारकसैको चेम्बरमा जानु छ भने ढोका ढकढकाउनु सामान्य शिष्टाचारभित्र पर्छ । यसलाई पालना गरी सभ्य हुन सकिन्छ । 

नारी संवाददाता , माघ २५, २०७३

-- पुरै पढ्नुहोस् --

नर्सिङ पेसामा अवसर तथा चुनौती

नेपालमा करिब ८६ वर्षअघि वि.सं. १९८५ मा नर्स विद्यादेवी, राधादेवी, विष्णुदेवी तथा धर्मदेवीलाई तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेरका पालामा प्रसूति सेवासम्बन्धी डेढ वर्षे तालिमका लागि भारत पठाइएको थियो ।

नारी संवाददाता , फाल्गुन ८, २०७२

-- पुरै पढ्नुहोस् --

कार्यस्थलमा भेदभाव

कानुनले महिला–पुरुषलाई समान अधिकार प्रत्याभूत गर्न खोजे पनि व्यवहारमा भने त्यस्तो देखिँदैन । महिला–पुरुष समान गतिमा अघि बढिरहेको अवस्थामा कार्यक्षेत्र वा स्थलमा महिलाप्रति गरिने व्यवहार फरक पाइन्छ ।

नारी संवाददाता , कार्तिक ३०, २०७२

-- पुरै पढ्नुहोस् --

करियर परिवर्तन गर्दा

कार्यक्षेत्र परिवर्तन जीवनको महत्वपूर्ण निर्णय हो जसका लागि पूर्वयोजना आवश्यक हुन्छ । एक क्षेत्रबाट अर्को क्षेत्रमा जाँदा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । आफ्नो करियर बदल्ने चाहना छ भने पुराना अनुभवका साथ केही नयाँ कुरा सिक्नुपर्छ ।

झरना नहर्की, भाद्र १०, २०७२

-- पुरै पढ्नुहोस् --

कस्तो हुनुपर्छ व्यावसायिक सम्बन्ध

व्यक्तिगत होस् वा व्यावसायिक, जुनसुकै सम्बन्ध स्थापित गर्न वर्षौं समय लाग्नसक्छ तर बिगार्न भने केही क्षण नै पर्याप्त हुन्छ ।

पुस १, २०७१

-- पुरै पढ्नुहोस् --