प्रश्नोत्तर

लेप्रोस्कोपिक सर्जरीको माग बढ्दो

लेप्रोस्कोपिक सर्जरीका बारेमा मिदात हस्पिटल, लगनखेलका   डा. विभूति शाहीसँग गरिएको छोटो कुराकानी : लेप्रोस्कोपिक अपरेसन के हो ?पेटमा ठूलो घाउ नबनाई नाइटोको तल तथा नाइटोको छेउछाउमा दुई–तीनवटा प्वाल बनाई औजार छिराएर गरिने उपचार विधिलाई लेप्रोस्कोपिक सर्जरी भनिन्छ । यसलाई दूरबिन शल्य चिकित्सा पनि भनिन्छ । यो अत्याधुनिक शल्य चिकित्सा पद्धति हो । यसमा पेटको अप्रेसन सानो घाउ बनाएर सम्पन्न गर्न सकिन्छ ।यो किन गरिन्छ ?पाठेघर निकाल्नुपर्ने अवस्था, पाठेघरको ट्युमर निकाल्ने तथा पाठेघरको डिम्बमा पानीको फोका भए नभएको थाहा पाउन लेप्रोस्कोपिक गरिन्छ । बाँझोपनमा पाठेघरको नली खुल्ला छ कि छैन हेर्न पनि यसको प्रयोग गर्न सकिन्छ । अहिले पत्थरी निकाल्न पनि यसको प्रयोग गरिन्छ ।लेप्रोस्कोपिक किन उपयोगी छ ?नेपालमा अहिले धेरै ठाउँमा यसको प्रयोग हुन थालेको छ । यसमा ठूलो घाउ हुँदैन । उमेर धेरै नभएको अवस्थामा यो विधि निकै उपयोगी छ । सौन्दर्यका हिसाबले पनि चिरेको दाग बस्दैन । पीडा तथा रक्तस्राव पनि कम हुन्छ ।लेप्रोस्कोपिक गरेपछि कुन कुरामा ध्यान दिनुपर्छ ?अरू अप्रेसन गरेजस्तो यो अप्रेसन गरेपछि धेरै दिन आराम गरेर बस्नुपर्ने आवश्यकता रहँदैन । बढीमा १ हप्ता आराम गरे पुग्छ । भारी काम गर्ने अथवा गह्रौं सामान उठाउने काम भने डेढ महिनासम्म गर्नुहुँदैन । सामान्य खाना खान सकिन्छ ।यसको साइटइफेक्ट कत्तिको छ ?नेपालमा यसको प्रयोग त्यति भएको छैन । अहिले धेरै मानिस सचेत हुन थालेकाले यसको लोकप्रियता बढ्दै गएको छ । यसको साइडइफेक्ट खासै छैन । कहिलेकाहीँ भने अप्रेसन गर्दागर्दै पिसाबथैली तथा आन्द्रामा घाउ हुन तथा प्वाल पर्न सक्छ । त्यसले गर्दा रक्तस्राव हुनसक्छ । 

नारी संवाददाता , श्रावण ३०, २०७५

-- पुरै पढ्नुहोस् --

महिलाका लागि नेतृत्व विकास

विभिन्न तालिम, गोष्ठी एवं कार्यशालाहरूमा आफूलाई प्रस्तुत गरेर, भीडमा आफ्नो क्षमता तथा कला देखाएर, बोल्ने कला सिकेर, विभिन्न सकारात्मक पुस्तक अध्ययन गरेर तथा चलचित्र एवं वृत्तचित्र हेरेर यसको विकास सम्भव हुन्छ ।

नारी संवाददाता, असार २६, २०७५

-- पुरै पढ्नुहोस् --

लुक्सलाई एलिगेन्ट देखाउन चाहन्छन् : रश्ना श्रेष्ठ, मुसी

हामी वेस्टर्न र इस्टर्न फेसनको कपी गर्छाैं, तर हामीजस्ता डिजाइनरले जसलाई पहिरन सुहाउन गार्‍हो हुन्छ त्यस्तालाई उनीहरूको उमेर, बडी साइज हेरेर पहिरन डिजाइन गरिदिनुपर्छ । बजारमा जे चलेको छ त्यसको पछि लाग्नुभन्दा आफूलाई कस्तो सुहाउँछ र सजिलो हुन्छ त्यसलाई नै आफ्नो आउटफिट बनाउनुपर्छ । कतिपय ट्रेन्डलाई फलो गरे पनि त्यसलाई सुहाउने हिसाबमा क्यारी गर्न जान्नुपर्छ ।

नारी संवाददाता , असार २५, २०७५

-- पुरै पढ्नुहोस् --

अर्गानिक खेतीका बारेमा दीपक लोहनी

अहिले नेपालका विभिन्न ठाउँमा आइ.पी.एम. पाठशालाहरू चलिरहेका छन् जसले कृषकहरूलाई अर्गानिक खेतीप्रति उत्साहित बनाइरहेका छन् । आइ.पी.एम. पाठशालामा कृषकहरूलाई त्यस्तो प्रशिक्षण दिइन्छ, जसले रासायनिक मल एवं विषादीको प्रयोग न्यूनीकरण गर्न अभिप्रेरित गर्छ र जैविक अर्थात् कम्पोस्ट मलको प्रयोगमा जोड दिन्छ भने कीरा र रोग नियन्त्रणसम्बन्धी तालिम पनि प्रदान गर्छ ।

दीपक लोहनी, असार २२, २०७५

-- पुरै पढ्नुहोस् --

नेपाली संस्कारमा रातो रंगलाई शुभ मानिन्छ

अहिले रातो र पहेंलोको बीचको कलर अर्थात् भ्याम्पायर कलरको लिपिस्टिक बढी चलेको छ भने ब्लसरमा पिंक, नेलपोलिसमा पनि विभिन्न कलरयुक्त तथा आइलाइनर र मस्कारामा पनि कालो मात्र नभएर नीला रंग समेत चल्तीमा छन् । यी सबलाई हेर्दा नेपाली कलर कस्मेटिक्सको मार्केटलाई नराम्रो भन्न मिल्दैन ।

नारी संवाददाता , असार १७, २०७५

-- पुरै पढ्नुहोस् --

फिजिकल फिटनेस

एक्सरसाइजको पनि आफ्नै नियम र तालिका हुन्छ । कस्ताका लागि कुन एक्सरसाइज, शरीरको कुन अङ्ग घटाउन वा बढाउन कस्तो प्रकृतिको एक्सरसाइज गर्ने भन्ने हुन्छ । एक्सरसाइज मात्र पनि धेरै गर्नुहुँदैन । दैनिक समय तालिका र प्रकृति मिलाएर एक्सरसाइज गर्नुपर्छ । अर्को कुरा हिजोआज डायटिङ गर्ने चलन बढ्दो छ । यो राम्रो होइन ।

सुवर्ण खड्का, जेष्ठ १७, २०७५

-- पुरै पढ्नुहोस् --

बडी सेप टोन गरी सेपअप बडी

वेट मात्र होइन बडी सेप, बडी लुज भएको टोन गर्ने, कुनलाई फोकस गर्ने, थाइ, वेस्ट कहाँ लुज छ, टोन गरी सेपअप बडी बनाइन्छ । यो थेरापी मेसिनले अप्रेसन गर्ने होइन पिसाब र दिसाबाट शरीरको अतिरिक्त बोसो बाहिर पठाउने हो ।

मेची बादे श्रेष्ठ, जेष्ठ ११, २०७५

-- पुरै पढ्नुहोस् --

महिला स्वास्थ्य

गर्भावस्थाको सुरु तथा अन्तिमको तीन महिना विशेष सतर्कता अपनाउनुपर्छ । थकान महसुस हुने गरी कुनै काम गर्नुहुँदैन । गर्‍हौं सामान उचाल्नुहुँदैन । भुईंको सामान पनि बसेर उठाउनुपर्छ । लामो यात्रा पनि गर्नु हुँदैन । हिल भएका जुत्ता तथा शरीरमा कस्सिने पहिरन लगाउनुहुँदैन ।

डा. उर्मिला कार्की, वैशाख २८, २०७५

-- पुरै पढ्नुहोस् --

आगलागीबाट जोगिने उपाय

इमर्जेन्सीका बेला कुन बाटोबाट सुरक्षित स्थानमा पुग्ने भन्ने योजना पहिले नै तय हुनुपर्छ । बाहिर निस्कने बाटो कहिल्यै अवरुद्ध गर्नुहुँदैन । ढोका खोल्नुअघि कोठा तातो भए–नभएको चेक गर्नुपर्छ । तातो भए अर्काे कोठामा वा बाहिर आगो लागेको हुनसक्छ ।

नारी संवाददाता , वैशाख १९, २०७५

-- पुरै पढ्नुहोस् --

नसर्ने रोगका लागि फिजियोथेरापी

नशा च्यापिने, पक्षाघात, ढाड दुख्ने, अटिजम, सुस्त मनस्थिति आदिलाई फिजियोथेरापीबाट ठीक गर्न सकिन्छ । कुनै पनि सर्जरीपछि फिजियोथेरापीको आवश्यकता पर्छ । नसर्ने रोगमा फिजियोथेरापी निकै प्रभावकारी साबित भएको छ । कतिपय वृद्धवृद्धा (६० वर्ष माथिका) हिँड्दा लड्ने सम्भावना हुन्छ ।

डा. नवीना श्रेष्ठ, वैशाख २, २०७५

-- पुरै पढ्नुहोस् --

स्पामा रोजगारी

महिला तथा पुरुष दुवै यो तालिम लिएर आत्मनिर्भर हुन सक्छन् । हाम्रो स्पाले आफ्ना सम्पूर्ण विद्यार्थी तथा स्टाफहरूको सुरक्षाको ग्यारेन्टी गर्छ । हाम्रा ९५ प्रतिशत विद्यार्थी स्वदेश तथा विदेशका लक्जरी स्पाहरूमा कार्यरत छन् भने थुप्रैले स्पा खोलेर आफ्नै व्यवसाय संचालन गरेका छन् ।

भुवन फैंजू, चैत्र २१, २०७४

-- पुरै पढ्नुहोस् --