समसामायिक

किन रोकियो एकल महिला सुरक्षा कोष

एकल महिलालाई अत्यावश्यक परेको समयमा सहयोग उपलब्ध गराउन स्थापित एकल महिला सुरक्षा कोष आठ महिनायता सञ्चालनमा आएको छैन ।सरकारले सबै जिल्लाका महिला बालबालिका कार्यालय खारेज गरेसँगै कोषको सञ्चालन रोकिएको हो । कोष सञ्चालन नियमावली अनुसार केन्द्रमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवको अध्यक्षतामा कोष सञ्चालन हुन्छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएपनि कोष सञ्चालनको जिम्मेवार निकाय महिला बालबलिका कार्यालय रहेको थियो ।गएको साउनयता महिला बालबालिका कार्यालय स्थानीय तह मातहतमा गएपछि कोष सञ्चालनमा अन्यौलता आएको हो सरकारले एकल महिलालाई अत्यावश्यक अवस्थामा सहयोग गर्न २०७१ सालमा पाँच करोड रुपैयाँको एकल महिला सुरक्षा कोष स्थापना गरेको थियो । २०७२ सालमा कोष सञ्चालन नियमावली आएपछि एकल महिलाले अत्यावश्यक अवस्थामा २५ हजार रुपैयाँसम्म अनुदान पाउँदै आएका थिए ।कोषको केन्द्रीय समितिकी सदस्य तथा एकल महिला समूहकी कानून अधिकृत राजिन रायमाझी गएको साउनदेखि कोष सञ्चालन रोकिएको बताउँछिन् । उनका अनुसार स्थानीय तहको मातहतबाट सञ्चालन हुनेगरी नियमावली संशोधनको तयारीमा छ ।एकल महिला सुरक्षा कोषबाट विभिन्न जिल्लाका एकल महिलाले शिक्षा, तालिम, औषधी उपचार, व्यवसाय, हिंसामा पर्दा राहत, उद्दार तथा पुर्नस्थापना लगायतका काममा सहयोगको लागि रकम लिँदै आएका थिए । 

नारी संवाददाता , फाल्गुन १२, २०७५

-- पुरै पढ्नुहोस् --

मिस ग्राण्ड नेपाल २०१९ खुल्यो

आरके इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा मिस ग्राण्ड नेपाल २०१९ को आयोजना हुने भएको छ । हालै गरिएको पत्रकार भेटघाट मार्फत् उल्लेखीत कुराको जानकारी गराइएको हो ।

नारी संवाददाता , पुस २२, २०७५

-- पुरै पढ्नुहोस् --

नेपाली सञ्चारमाध्यममा # Me Too

अहिले नेपालमा नयाँ फौजदारी मुलुकी संहिताले यौन दुव्र्यवहारलाई छुट्टै महलमा राखेर दण्डनीय बनाएको छ । दुव्र्यवहार गरेको प्रमाणित भए तीन वर्ष जेल तथा ३० हजार रूपैयाँ जरिवानाको सजायसमेत संहिताले तोकेको छ ।

नारी संवाददाता , पुस ८, २०७५

-- पुरै पढ्नुहोस् --

# Me Too अभियानको रन्को

मिटु ह्यासट्याग राखी आफूमाथि भएको दुव्र्यवहार सामाजिक सञ्जालमा भाइरल गराउँदै दोषीलाई कठघरामा उभ्याउने यो अभियान ९० भन्दा बढी देशमा सशक्त रूपमा देखापरेको छ ।

युवराज गौतम, पुस ८, २०७५

-- पुरै पढ्नुहोस् --

के गर्छन् महिलाहरु सामाजिक सञ्जालमा ?

गृहिणी गौरी कार्की सामाजिक सञ्जाललाई संसारभरका मानिसबीचको कनेक्टर डिभाइस भन्न रुचाउँछिन् जुन यति बलियो छ कि एकै समयमा एकैपटक ब्रह्माण्डभरका मानिससँग कुराकानी गर्न सकिन्छ । कार्की विशेषत: सोसल मिडियामा नयाँ–नयाँ कुरा पढ्न रुचाउँछिन् । साथीभाइ, परिवारका बारेमा थाहा पाउने बलियो माध्यम बनेको छ, सामामाजिक सञ्जाल ।

लक्ष्मी भण्डारी थापा, मंसिर २३, २०७५

-- पुरै पढ्नुहोस् --

स्थानीय तहमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता

स्थानीय निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार कुल मतदातामा पुरुष मतदाता ७० लाख ६९ हजार ७ सय १४ तथा महिला मतदाता ६९ लाख ८४ हजार ६ सय २५ छन् ।

नारी संवाददाता , वैशाख ७, २०७४

-- पुरै पढ्नुहोस् --

स्थानीय निर्वाचनमा महिला सहभागिता

स्थानीय निर्वाचन ऐन–२०७३ लाई सन्तुलित राख्न खोजिएको छ । यसमा वडा तहमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरिए पनि निर्णायक तहमा आएर यो महिलामैत्री देखिँदैन । यसलाई महिलामैत्री बनाउन जति गाउँपालिका (४ सय ६२) छन् तीमध्ये ५० प्रतिशतमा मात्र आरक्षण दिन सकिन्थ्यो ।

लक्ष्मी भण्डारी थापा, चैत्र १२, २०७३

-- पुरै पढ्नुहोस् --

क्रेडिट कार्डको फाइदा

खल्तीमा एक पैसा नभए पनि कार्डको माध्यमबाट किनमेल गरी मज्जा लिन सकिन्छ । क्रेडिट कार्ड साथमा हुँदा स–साना किनमेलका लागि पटक–पटक नगदको आवश्यकता पर्दैन ।

नारी संवाददाता , श्रावण २०, २०७३

-- पुरै पढ्नुहोस् --

मिस प्लस टु नेपालको उपाधि प्रवेशिका अधिकारीलाई

प्रज्ञा भवनको डबलीमा मञ्चन भएको ‘मिस प्लस टु नेपाल २०१६’ को उपाधि प्रवेशिका अधिकारीले हात पारेकी छिन् । २८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै यो सफलता उनले हात पारेकी हुन् । मिस प्लस टु नेपाल २०१६ को ताजसँगै प्रवेशिकाले भीअर च्वाइस अवार्ड पनि आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् ।

रोजिन शाक्य, श्रावण ९, २०७३

-- पुरै पढ्नुहोस् --

मृत्यु संस्कार परिमार्जन गर्ने अभियानमा एकल महिला

मल्लकालीन मृत्यु संस्कार परिमार्जनमा ललितपुरका महिलाहरू अग्रसर भएका छन् । श्रीमान्को निधन भैसकेका ललितपुर जिल्लाका ४ सयभन्दा बढी महिलाले गत महिना रातो पहिरनमा र्‍याली गरे

नारी संवाददाता , जेष्ठ ६, २०७३

-- पुरै पढ्नुहोस् --

अंगुरबाबालाइ जगदम्बाश्री

पुरस्कार ग्रहण गर्दै जोशीले आफूले प्राप्त गर्ने गरेको कुनै पनि सम्मान रकमलाई समाजसेवामा खर्च गर्दै आइरहेको बताउँदै अहिले प्राप्त पुरस्कार रकम रु दुई लाखमध्ये एक लाख नेपालको इतिहासमा पहिलोपटक स्थापना भएको गार्गी कन्या गुरुकूल र अर्को एक लाख अन्य समाजसेवामा खर्च गर्ने बताएका छन ।

लक्ष्मी भण्डारी थापा, मंसिर १३, २०७२

-- पुरै पढ्नुहोस् --