टिनएज

टिनएज बुद्धिको बिर्को  

आमाबुवाकी एक मात्र छोरी म । मेरो जुनसुकै कुरामा उहाँहरूको हाँसीखुसी समर्थन हुन्थ्यो । नितेशसँग विवाह गर्ने मेरो प्रस्ताव उहाँहरूले नमान्ने कुरै थिएन । मैले आफ्नो कुरा उहाँहरूसामु पुर्‍याएँ । छोराछोरी दुवैलाई सीप र शिक्षा दिई आत्मनिर्भर बनाउने उहाँहरूको सपना हो तर छोरीले त वर पनि रोजिसकि भन्ने कुरा उहाँहरूलाई पचेन ।बस पर्खिरहेकी थिएँ । धेरैबेर नआएपछि बेन्चमा बसेकी किशोरीसँग सोधें, ‘बहिनी कहाँको गाडी पर्खिरा ?’ ‘भक्तपुर जाने ।...अनि तपाईं ?’‘म पनि त्यतै जाने हो ।’एकै बोलीमा हामी नजिक भयांै । उनले मेरो परिचय मागिन् । ‘साधारण लेखिका हुँ’ मैले आफूलाई चिनाएपछि उनको अनुहारमा अनौठो उत्सुकता देखियो । ‘मलाई पनि कस्तो लेख्न मन लाग्थ्यो ।’‘ए लेख्छ्यौ तिमी पनि ?’‘कहाँ लेख्नु ?’ उनीे मुख खुम्चाउँदै बोलिन् ।‘लेख्न–पढ्न रहर मात्र लाग्ने ...?’हामी कुरा गर्न थाल्यौं । सहरमा बढ्दो धूलो आतंकको कुरा । बिग्रिएका बाटा कहिल्यै नबन्ने कुरा । कुरा अघि बढाउँदै सुन्दर हाम्रो देश स्वार्थी नेताहरूका कारण अस्तव्यस्त भएकोसम्म पुग्यो । कुरा अझै सकिएको थिएन । उनी अल्लारे उमेरमा बुद्धि अल्लारे हुने कुरामा पुगिन् । उनका कुरा रमाइला थिए । प्रस्तुति अझ सुन्दर । विवाहका बारेमा मैले केही सोधेकी त थिइन, आफैले कुरा त्यहाँ पुर्‍याइन् ।म ध्यान दिएर सुनिरहें ।‘स्कुल पास गरी भर्खर कलेज ज्वाइन भएकी थिएँ । भ्यालेन्टाइन दिवसका बारेमा चर्चा सुन्न थालें । साथीहरूले आफ्नो प्रेमको चर्चा गर्दा रमाइलो लाग्थ्यो । प्रेम प्रसंगमा आफू पनि जोडिने रहर बढ्दै गयो । साथीहरू प्रवीना, हीरा, सुरवी हेर्दा त खासै राम्रा छैनन् तर उनीहरूलाई केटाहरूले मन पराउँछन् । कलेज जाँदा–आउँदा वा क्लास ब्रेककै बेला यसो मौका मिल्यो कि उनीहरू आफूलाई मन पराउने केटाको कुरा सुनाउँछन् तर मलाई किन कसैले मन पराउँदैनन् ? मलाई पनि माया गर्ने कोही मानिस भए त आफू पनि साथीहरूसँगै हाँस्दै खुसीका कुरा सुनाउँदी हुँ ...सोचमा मन बरोबर भत्किन्थ्यो ।नितेशले एकदिन स्कुल छुट्टी भएपछि साथीहरू प्रवीना, सुरवी र मलाई खाजा खान स्कुल नजिकको होटलमा लग्यो । नितेश हाम्रो सहपाठी थियो । हामी सबैको पैसा उसैले तिर्‍यो । अर्को एकदिन उसले मलाई नाम चलेको रेस्टुराँमा पुर्‍यायो । मेनु मेरो अगाडि राख्दै मन परेको खाना अर्डर गर्न भन्यो । गरें मन फुकाएर । खायौँ सँगै बसी स्वाद लिएर । पैसा उसैले तिर्‍यो । त्यस दिन उसले मेरा लागि उपहार पनि ल्याएको रहेछ । शरीरमा लगाउने वासनादार डियो । विदेशी रे ।वासना खुब मन पर्‍यो । खुसी हुँदै लिएँ । घर पुग्न नपाई काखीतिर दलें । नितेशको सुवास आयो मनभरि । म बसीभूत भएँ । सोचें प्रवीना र सुरवीलाई पनि उसले डियो दिन्थ्यो होला । उनीहरूले मलाई कहिल्यै भनेनन् ।सोच्दै नसोचेको कुरा भयो एकदिन । नितेशले एकान्तमा मेरो हात समायो । अनि ‘आइ लभ यू रिया’ भन्दै भावुक बन्यो । उसको बाक्यले मेरो मस्तिष्कमा खुसीको अनौठो करेन्ट लाग्यो । काकाकुलझैं भएको मेरो प्रेम प्यासमा कन्चनगंगा बग्यो । कालो भए पनि हिस्सी परेको केटा छ नितेश । यति राम्रो केटाले मलाई मन परायो ? मलाई संसार जितेजस्तो लाग्यो । म केही बोल्न सकिन, उसको हात कसेर समाउँदै निहुरिएँ ।हाम्रो प्रेम झ्यागिँदै गयो । यो प्रेमलाई लामो समय तन्काउने धैर्य हामी दुवैमा भएन । हामी छिट्टै विवाह बन्धनमा बाँधिने सोचमा पुग्यौं । आमाबुवाकी एक मात्र छोरी म । मेरो जुनसुकै कुरामा उहाँहरूको हाँसीखुसी समर्थन हुन्थ्यो । नितेशसँग विवाह गर्ने मेरो प्रस्ताव उहाँहरूले नमान्ने कुरै थिएन ।मैले आफ्नो कुरा उहाँहरूसामु पुर्‍याएँ । छोराछोरी दुवैलाई सीप र शिक्षा दिई आत्मनिर्भर बनाउने उहाँहरूको सपना हो तर छोरीले त वर पनि रोजिसकि भन्ने कुरा उहाँहरूलाई पचेन । ‘अहिलेको उमेर सीप र शिक्षा आर्जन गर्ने हो । विवाह गर्ने बेला भएको छैन’ भन्दै उहाँहरूले मलाई सम्झाउनुभयो, गाली गर्नुभयो । मैले उहाँहरूको कुरा सुन्दै सुनिन । उहाँहरूप्रति आक्रामक भएँ । आफ्नो सोचमा टसमस भइन । मेरो मुटुमा नितेश थियो र आँखामा ऊसँगको रमाइलो भविष्य । ‘म ठूली भैसकें । आफ्नो जीवनको निर्णय आफै गर्न सक्छु भन्दै आफ्नो सोचमा अडिग रहें । केही समयपछि नै म नितेशसँग भागेर पोखरा पुगें ।मनको खुसीको सीमै रहेन । आफू परीहरूको स्वर्गमा पुगेको महसुस भयो । दुई हप्तापछि म दुलहीका रूपमा नितेशको घर भित्रिएँ । खुसी व्यक्तिले अरूलाई पनि खुसी राख्न सक्छ । नितेशको परिवार मसँग खुसी थियो । समय छिटोछिटो रमाइलोसँग अघि बढ्दै गयो । सोचेजति सबैकुरा आफूले पाएजस्तो लाग्थ्यो । अनि त मलाई न पढाइ–लेखाइमा जाँगर भयो न कुनै सीप वा कलाको सोच नै । समय बढ्दै गयो । जीवनको गति पनि उभो लाग्नुपर्ने हो तर लागेन । म संघर्षका काँडाहरूमा अल्झदै गएँ । विवाहको अर्को वर्ष नै म गर्भवती भएँ । मातृत्वको गर्वले मन खुसी थियो । यता नितेशको व्यवहार बदलिन थाल्यो । ऊ दैनिक व्यवहारसँग दिक्क हुन थाल्यो । हाम्रो बच्चा भयो ।बच्चाको जन्मसँगै हाम्रो दैनिक खर्च पनि बढ्न थाल्यो तर आम्दानीको स्रोत सीमित थियो । नितेश खर्च बढ्नुको कारण मेरो अस्वाभाविक खर्च गर्ने तरिका हो भनी मलाई मात्र दोष दिन्थ्यो । आम्दानीको अन्य स्रोत थिएन । घरको खर्च धान्न नसक्दा म तनाबमा हुन्थें । हामीबीच मनमुटाब बढ्दै गयो । नितेश घर ढिला आउने, मसँग नबोली सुत्न अनि अनावश्यक निहुँ खोजी झगडा गर्न थाल्यो । उसको व्यवहार किन यस्तो भयो मैले बुझ्न सकिन । बच्चाको माया र जिम्मेवारी पनि उसलाई महसुस हुन सकेन । ऊ कतिपय रात घर नआई बाहिरै हराउँथ्यो । घर खर्चका लागि पैसा झिक्नुपरे रिसाउँदै खल्ती टकटकाउँथ्यो । उसको यस्तै व्यवहारले म गल्दै गएँ । आयआर्जन गर्ने आफूसँग कुनै सीप थिएन । पढाइ बीचैमा छोडी विवाह बन्धनमा बाँधिएँ, कमाइ गर्नेे उपाए थिएन । यो स्थितिमा म के गर्न सक्थें र निरीह पिँजडाकी पन्छीसरह भएँ । आँसु मेरो साथी । आमाबुवाको छातीमा विश्वासघातको छुरा रोपी म नितेशसँग भागें । अब यो दु:खमा सहयोग लिन कहाँ जानु ? राजकुमार– राजकुमारी भएर बाँच्ने वाचाका साथ लाएको हाम्रो मायाप्रीति चैते हुरीको पातझैं भयो ।’‘पढ्ने–लेख्ने अनि भविष्य बनाउने यो उमेरमा विवाह गर्ने कुरा किन गर्नु ? आफू परिपक्व नभई जीवनसाथी रोज्दा माछा खोज्दा भ्यागुतो फेला पर्छ ।’ भन्दै आमाबुवाले भनेको कुरा बल्ल म झलझली सम्झन थालें । उहाँहरूको भनाइ त्यतिबेला मलाई पचेन । स्वतन्त्र पन्छी हुन खोजें । परिणाममा पछुताउनुबाहेक केही रहेन । हामी चढेको गाडी म उत्रनुपर्ने स्टप नजिक पुग्यो । उनका कुरा सकिएका थिएनन् । उनको कुरा सुन्ने मेरो चाहना पनि अझै बाँकी थियो । आफ्ना एक–दुई कुरा पनि भन्नु थियो ।म उनकै गन्तव्यसम्म पुगें । हामी दुवै एउटै स्टपमा ओर्लियौं । बाटोमा सँगै हिँड्ने बहानामा एक–दुई उपदेश दिन खोज्दै थिएँ । मैले भन्न खोजेका कुरा उनी नै सुनाउन थालिन्, ‘किशोरावस्थामा केटाकेटीले एक–अर्कालाई मन पराउने, उनीहरूप्रति आकर्षण हुने बेला हो तर त्यसैलाई सच्चा प्रेम मान्नु गलत हो । आकर्षणमा बाहिरी रूप, हाउभाउ एवं लेनदेनका कुरा हेरिन्छ । तर त्यो प्रेम होइन । प्रेममा बाहिरी कुरा भन्दा भित्री सौन्दर्य हेरिन्छ । भित्री सौन्दर्य भनेको प्रेमीको इच्छा, विचारधारा र जीवनप्रतिको धारणा जान्नु हो ।एक–दुई पटकको मीठो बोली वा ‘आइ लभ यू’ भन्ने बोलीमा दङ्ग पर्दा बलात्कार र हिंसाको सिकार हुने सम्भावनासमेत हुन्छ । प्रेम गर्ने व्यक्तिसँग केही लामो समय कुराकानी एवं संगत गरी एक–अर्काको भावना, विचार, पारिवारिक स्थिति एवं रहनसहन बुझी आफू सुहाउँदो भएपछि मात्र विवाहको निर्णय लिनु उपयुक्त हुन्छ तर मेरो बुद्धिको बिर्को ढिलो खुल्यो दिदी ।’ ल भन्नुहोस् अब म लेखिका कसरी बन्न सक्थें ?’ यति भन्दै उनी बेस्सरी हाँसिन् । म पनि सँगै हाँसे । किशोरावस्था लेखपढ गर्ने, सीप–ज्ञान लिने र आफ्नो भविष्य बनाउन मेहनत गर्ने समय हो । यो उमेरमा विपरीत लिङ्गीप्रति आकर्षण हुनु स्वाभाविक हो तर त्यसैलाई प्रेम भनी होम्मिदा जीवन बरबाद हुन्छ । किशोरावस्थामा पुगेका केटाकेटीले समयमै यो कुरा बुझ्न जरुरी छ । (लेखिका सेभ द चिल्ड्रेन किशोर–किशोरी कार्यक्रममा आबद्ध हुनुहुन्थ्यो) 

सिर्जना शर्मा, माघ २१, २०७५

-- पुरै पढ्नुहोस् --

स्मार्ट बन्ने मन्त्र

घटना महाअष्टमीको दिनको हो । घरमा जम्मा भएका आफन्तहरू बैठकमा गफ, हाँसोमजाक तथा तासमा रमाइरहेका थिए । भान्सामा विशेष परिकार बन्दै थिए । दसैंका बेला मासु त अनिवार्य पाक्ने भैहाल्यो ।

सिर्जना शर्मा, फाल्गुन २१, २०७३

-- पुरै पढ्नुहोस् --

किशोरावस्थाका क्रियाकलाप

किशोरावस्था जीवनको सबैभन्दा संवेदनशील उमेर हो । यो उमेरमा आमाको भावनात्मक सहयोगको ठूलो आवश्यकता पर्छ । यदि आफ्नी छोरी पनि किशोरावस्थामा प्रवेश गर्दैछिन् भने केही सुझाव कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

नारी संवाददाता , वैशाख १, २०७३

-- पुरै पढ्नुहोस् --

युवा मन खुसी हरदम

नयाँ वर्षमा आफ्ना लागि मात्र संकल्प गर्नु हुँदैन । अरूका लागि पनि राम्रो गर्ने सोचका साथ अघि बढ्ने संकल्प गर्नुपर्छ ।

नारी संवाददाता , पुस १७, २०७२

-- पुरै पढ्नुहोस् --

नया प्रयोग

कोरियामा लामो समय हेयर एक्सटेन्सन एण्ड डेडलकलगायत ब्युटिपार्लरसम्बन्धी अध्ययन गरेर नेपाल आएपछि सुरु भयो सान्द्रा ब्युटी क्लबको सेवा।

नारी संवाददाता , पुस ७, २०७२

-- पुरै पढ्नुहोस् --

ग्याजेट्स खरिद

हाइटेक जमानामा सबैजना लेटेस्ट ग्याजेट्स खरिद गर्न चाहन्छन् । कुनै पनि नयाँ ग्याजेट्स लिँदा त्यसको उपयोग कसले गर्ने हो, कति समयसम्म गर्ने हो, वास्तवमा आफूलाई त्यसको कति आवश्यक छ भन्ने विषयमा जानकारी हुनुपर्छ ।

नारी संवाददाता , मंसिर २४, २०७२

-- पुरै पढ्नुहोस् --

टिनएज समस्या ह्यान्डल गर्ने उपाय

धेरैको गुनासो हिजोआजका किशोर–किशोरीको रुखो व्यवहारप्रति छ । आजका किशोर–किशोरीमा नम्रता र अभिवादनशीलता कति बाँकी छ भन्न कठिन छ ।

झरना नहर्की, मंसिर २१, २०७२

-- पुरै पढ्नुहोस् --

युवामा सकारात्मक गुणको विकास

कसैले आफ्ना बारेमा नकारात्मक टिप्पणी गर्‍यो भने त्यसलाई बिर्सनु नै उत्तम हुन्छ । आफ्ना बैगुन वा नकारात्मक कुरा कम गर्दै क्षमतालाई उजिल्याउँदै साथीहरूसँगको मित्रता अघि बढाउनु राम्रो हुन्छ । आशावादी व्यक्तिले हरेक कुरालाई सकारात्मक दृष्टिले हेर्छ भने निराशावादी व्यक्तिले राम्रै कुरालाई पनि नकारात्मक दृष्टिले हेर्छ । सकारात्मक व्यक्तिसँगको सम्बन्धबाट आफूमा पनि सकारात्मक गुणको विकास हुन्छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक ३०, २०७२

-- पुरै पढ्नुहोस् --

दशैंमा युवा

दसैंलाई सबै जातजातिले आ–आफ्नै तरिकाले मनाउँछन्। दसैंको आगमनसँगै हरेक नेपालीको घरमा खुसीको लहर छाउँछ। दसंैको महत्व विविध भएकाले नै यो ठूलो चाड भएको हो।

झरना नहर्की, सिर्जना दुवाल श्रेष्ठआश्विन २०, २०७२

-- पुरै पढ्नुहोस् --

टिनएजको जंक फुड मोह

पिज्जा, बर्गर, मोमो, चाउमिन, ससेजदेखि चाट, चनाचटपटे तथा पानी पुरीले उनीहरूलाई आकर्षित गरिरहेको छ । हेर्दै मुखबाट पानी आउने तथा जिब्रोमा झुन्डिने स्वादबाट लोभिनु त मानिसको स्वभाव नै हो ।

लक्ष्मी भण्डारी थापा, भाद्र १३, २०७२

-- पुरै पढ्नुहोस् --

चाँडै परिपक्व हुँदैछन् किशोरीहरू

हिजो आजका बेबी वुमेन अर्थात् बालिका वा किशोरी चाँडै वुमेन अर्थात् महिलामा परिणत हुन उत्सुक देखिन्छन् ।

मंसिर १, २०७१

-- पुरै पढ्नुहोस् --