विवाह

म्यारिज एनिभर्सरीको ट्रेन्ड

२८ वर्षको उमेरमा विवाह गरेका अमात्यले विवाहको ५० औं वर्ष लाग्दा आफै झस्किएर हाँस्दै भने–अब त बूढो भइएछ, जवानी गएछ । जमुना देवीलाई भने आफ्नो तीन पटक विवाह भएजस्तो लाग्यो । पहिलो विवाह बेल विवाह, दोस्रो १९ वर्षको उमेरमा केशवलालसँग र तेस्रो चाहिँ ५० औं म्यारिज एनिभर्सरीमा ।  सधै राजनीतिक विषयमा चर्चामा आउने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वैशाखको अन्तिम साता फरक विषयका कारण समाचार बने । चर्चामा आउनुको कारण थियो–उनको ५० औं म्यारिज एनिभर्सरी । विवाह बन्धनमा बाँधिएको ५० वर्षपछि उनले पञ्चेबाजा र धिमेबाजासहित पुनः विवाह गरे । दाहालले एक समारोहबीच पत्नी सीतालाई सिन्दूर–पोते लगाइदिए । छोरा प्रकाशको मुत्युपछि शिथिल भएकी उनकी पत्नी सीताको स्वास्थ्य सुधारका लागि श्रीमती तथा छोरीहरूको आग्रहमा पुनः विवाह गर्नुपरेको दाहालले बताएका छन् । दाहालले भनेका छन्–‘५० औं वर्षमा श्रीमतीले केही कार्यक्रम गर्नुपर्छ भनेकी थिइन् । उनको प्रस्ताव स्वीकार गर्दै यो उत्सव मनाइएको हो । यो कार्यक्रमबाट श्रीमती, छोरीहरू एवं शुभचिन्तकहरूमा खुसी छाएको छ ।’ दाहालले उक्त विवाहपछि आफ्नो वैवाहिक सम्बन्धमा थप सुधार आउने विश्वास राखेका छन् । यो कार्यले विभिन्न प्रकारका रोगले ग्रसित श्रीमतीको मनोबल उच्च भएको दाहालको तर्क छ । लामो समयदेखि सँगै रहनुले पनि सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गर्न सक्ने उनले बताएका छन् । भोजभतेरमा जाँदा होस् वा अन्य समारोहमा पूर्व ट्राफिक प्रहरी सीताराम हाछेथु सधै ट्राफिक ड्रेसमा देखिन्थे, तर गत फागुनको अन्तिममा उनी फरक शैली अर्थात् दौरा–सुरुवालमा बेहुलाको पहिरनमा सजिए । हाछेथुले आफ्नो २५ औं म्यारिज एनिभर्सरीमा श्रीमती बिजु प्रधानसँग परम्परागत शैलीमा पुनः विवाह गरे । हाछेथुले बाजागाजाका साथ स्वयम्वरदेखि लिएर श्रीमतीलाई सिन्दूर लगाइदिने कामसम्म गरे । हाछेथु पहिलोपटक दौरा–सुरुवालमा सजिए भने बिजु बेहुलीको पहिरनमा सजिइन् । उनका लागि यो विवाह एनिभर्सरी होइन कि उनीहरूको पहिलो विवाह नै बन्यो । त्यतिबेला उनीहरूले छोराछोरी भएको र भागी विवाह गरेको २५ औं वर्ष भैसक्यो भन्ने सबै कुरा बिर्सिए । आफू पहिलो पटक बेहुला भएको अनुभव सुनाउँदै सीताराम भन्छन्–‘पहिले विवाह गरेजस्तो लागेन, बेहुला बन्ने रहर पूरा भयो र भरपूर मनोरञ्जन गरें ।’यसरी विवाह एनिभर्सरीमा पुनः विवाह गर्नुमा हाछेथु दम्पतीको छुट्टै कथा छ । २१ वर्षको उमेरमा भक्तपुरका सीताराम हाछेथु र काठमाडौंकी बिजु प्रधान एक–अर्काको गहिरो प्रेममा बाँधिएका थिए । बिजुको परिवारबाट विवाहको सहमति नजुटेपछि उनीहरूले २०४४ सालमा भागी विवाह गरे ।उनीहरूको बेहुला–बेहुली बन्नेे रहर भने अधूरै रह्यो । सीतारामको जग्गेमा बेहुलीलाई सिन्दूर लगाइदिने धोको सधै खड्किरह्यो । सडकमा ड्युटी गर्दा बेहुलाको भेषमा सजिएको युवक देख्दा उनी सधै झस्कन्थे भने बिजु अरुको विवाहको कुरा गर्दा निराश हुन्थिन् । उनीहरूलाई लाग्थ्यो आफूहरूले चाहिँ बेहुला–बेहुली बन्ने रहर पूरा पाइएन । वर्षमा तीन दिन मात्र बिदा बस्ने सीतारामलाई भागी विवाहको २५ वर्षसम्म कहिल्यै साइत जुरेन । जब उनले जागिरबाट अवकाश पाए तब उनले उक्त रहर २५ औं वर्षमा पूरा गरे । उनीहरूको यो एनिभर्सरीले विवाहसम्बन्धी बाँकी रहेका थुप्रै रहर पूरा गर्नुका साथै सम्बन्धमा समेत नयाँपन ल्यायो–हाछेथु बताउँछन् । इमाडोलका ७६ वर्षीय केशवलाल अमात्यले आफ्नो विवाहको ५० औं वार्षिकोत्सवमा पहिलो विवाह झल्झली सम्झिए । २८ वर्षको उमेरमा विवाह गरेका अमात्यले विवाहको ५० औं वर्ष लाग्दा आफै झस्किएर हाँस्दै भने–‘अब त बूढो भइएछ, जवानी गएछ ।’ जमुना देवीलाई भने आफ्नो तीन पटक विवाह भएजस्तो लाग्यो । पहिलो विवाह बेल विवाह, दोस्रो १९ वर्षको उमेरमा केशवलालसँग र तेस्रो चाहिँ ५० औं म्यारिज एनिभर्सरीमा । ५० औं म्यारिज एनिभर्सरी उनीहरूलाई बेहुला–बेहुलीझैं सिंगारिदिए छोरीहरूले । अमात्य दम्पती भन्छन्–यो विवाह उत्सव पनि छोरीहरूकै आग्रह र रहरमा सम्पन्न भएको हो । जमुना यसरी विवाह उत्सव मनाउने चलन बढ्दै गएको कुरासँग जानकार थिइन्, तर यसरी आफ्नै एनिभर्सरी मनाइएला भन्ने कुरा सोचेकी पनि थिइनन् । एनिभर्सरीमा उनीहरूले स्वयम्वरदेखि सिन्दूर लगाउनेसम्मका काम गरे । उनीहरूले नजिकका आफन्तहरूलाई बोलाएर नेवारी भोजसमेत ख्वाए । नेवार समुदायमा ७५ वर्षपछि जंकु मनाउने चलन छ । यो चलनअनुसार ७५ वर्ष पुगेका हरकोहीलाई मन्दिरमा लगी पूजाआजा गरिन्छ । केशवलाल अमात्यलाई भने यो विधि गर्न त्यति मन लागेन । जंकु नगरेका कारणले पनि विवाह उत्सव मनाउन प्रेरित भएका हुन्–केशवलाल ।विवाह उत्सव उनीहरूका लागि एउटा रमाइलो क्षण साबित भयो । अमात्य भन्छन्–‘सहकार्यको ५० वर्ष कति चाँडो बितेछ, जवानीमा विवाह गरेको सम्झदै यो पर्व मनाउँदा छुट्टै अनुभूति हुँदो रहेछ ।’ लामो समय सम्बन्ध टिकाउन एक–अर्कालाई विश्वास गर्नुका साथै समझदारी कायम राख्नुपर्ने केशवलाल बताउँछन् । विवाहमा धेरैजसो लामो दूरीमा जन्ती जान्छन् तर जनकपुरका शम्भु ठाकुरको लामो दूरीमा जन्ती जाने रहर भने अधूरै रह्यो । वीरगञ्जकी विभाप्रितम ठाकुरलाई जनकपुरमै बोलाएर उनले २०५१ सालमा परम्परागत शैलीमा मागी विवाह गरे । उनी जन्ती लिएर त गए तर एकदमै छोटो दूरीमा । विभाप्रितमले पनि परिवारकै दबाबमा शम्भु ठाकुरसँग विवाह गर्नुपर्‍यो । विवाहका बारेमा न उनले सोचेकी थिइन् न त विवाहअघि शम्भुलाई देखेकी नै थिइन् । पराई ठाउँमा विवाह गर्न पुगेकी विभाप्रितमलाई आफ्ना साथीभाइ छुटे भन्ने लागिरह्यो । रहरले भन्दा पनि उनीहरूको विवाह परिवारका लागि बाध्य बन्न पुग्यो ।उनीहरूलाई केटाकेटी खेलेजस्तो लाग्यो आफ्नो विवाह । ठाकुर दम्पती विगत सम्झिदै भन्छन्–‘आफ्नो योजनाविनाको विवाह आफैमा अनौठो हुँदो रहेछ ।’ यस्तै अधूरा रहर र अनजानको विवाहलाई पुनः ताजा गराउन उनीहरूले गत वैशाख ३० गते धुमधामका साथ २५ औं म्यारिज एनिभर्सरी मनाए । उत्सवको सम्पूर्ण तयारी भने उनीहरूका छोराछोरीले मिलाएका थिए । साथीसंगी बोलाएर उनीहरूले पार्टी प्यालेसमा भोजसहित पुनः विवाहको कार्यक्रम सम्पन्न गरे । २५ औं म्यारिज एनिभर्सरी मनाउँदा पहिलेको विवाहमा गर्न बाँकी कतिपय रहर पनि उनीहरूले पूरा गरे । ठाकुर भन्छन्–पहिले अनजानमा विवाह भयो अहिले जानेर विवाह गर्‍यौं ।’ हरेक मानिसको विवाहको आफ्नै कथा भएजस्तै कलंकीका डिल्लीबहादुर रोकाया तथा विमला रोकायाको पनि आफ्नै कथा छ । कामको सिलसिलामा बुटवल पुगेका डिल्लीको आँखामा परिन् विमला । छोटो समयमा प्रेम सम्बन्धमा बाँधिएर उनीहरूले विवाह गरे । घुमन्ते जागिरे जीवन बिताइरहेका डिल्लीले आफ्नै क्वाटरमा बेहुली भित्राए । विवाहको त्यो पल सम्झदै डिल्ली भन्छन्–‘त्यो समयमा मेरो खुट्टा फ्याक्चर भएको थियो । बैसाखी टेकेर श्रीमतीलाई एक्लै स्वागत गरेको हुँ ।’ तर विमलालाई भने त्यो पल सम्झदा कता–कता खल्लो लाग्छ । उनी भन्छिन्–‘सासू एवं नन्दहरूको स्वागतमा घर भित्रिएर मानापाथी भर्ने रहर भने पूरा भएन ।’रोकाया दम्पतीले यस्तै बाँकी रहर पूरा गर्न २५ औं म्यारिज एनिर्भसरी मनाए । दुई छोराछोरीको आग्रहका कारण पनि उनीहरूले एनिभर्सरी मनाउन सहमति जनाए । उनीहरूले पनि परम्परागत शैलीमा पुनः सुरुदेखि नै विवाह गरे । एनिभर्सरीका लागि उनीहरूले छुट्टै गहना किने भने स्वयम्वरदेखि बाटो छेक्ने विधिसम्म सम्पन्न गरे । एनिभर्सरीका दिन उनीहरूले मन्दिरमा विवाह गरे पनि आफन्तलाई पार्टी भने होटलमा दिएका थिए । यसैगरि गत महिना वेलकम इभेन्ट म्यानेजमेन्टकी प्रवन्ध निर्देशक नीता पौडेल तथा निर्मलराज पौडेलले पनि आफ्नो २५ औं विवाहउत्सव (सिल्भर जुब्ली) मनाएका थिए । 

प्रकृति दाहाल, असार २६, २०७६

-- पुरै पढ्नुहोस् --

बेहुलाका लागि स्टाइलिङ टिप्स

परिवर्तित समयसँगै सुन्दर तथा आकर्षक देखिने विषयमा बेहुलाहरु पनि पछि छैनन् । अत: बेहुलाका लागि समेत फेसनशैली निकै महत्वपूर्ण भएको छ ।

नारी संवाददाता , मंसिर ८, २०७४

-- पुरै पढ्नुहोस् --

विवाहको व्यवस्थापनका लागि के–के कुरामा ध्यान दिनुपर्छ ?

धेरै फाइदा छन् । केटा वा केटी पक्षले विवाहको जिम्मेवारी पार्टी प्यालेस तथा इभेन्टलाई दिए आफूले कुनै झन्झट व्यहोर्नु पर्दैन । पाहुनालाई के खान दिने, कसरी स्वागत गर्ने भन्ने कुराबाट मुक्त भइन्छ ।

नारी संवाददाता , माघ १२, २०७३

-- पुरै पढ्नुहोस् --

विवाह के हो ?

दुईजनाले आफ्नो जीवन सँगै बिताउन गरिने संकल्प ।

लक्ष्मी भण्डारी थापा, मंसिर ८, २०७३

-- पुरै पढ्नुहोस् --

विवाह के हो ?

विवाह बन्धन हो, माया–मोहमा जेलिने मेसो ।

लक्ष्मी भण्डारी थापा, मंसिर ७, २०७३

-- पुरै पढ्नुहोस् --

विवाह के हो ?

विवाह दुई मानिसबीचको समझदारी तथा सौहार्दपूर्ण तरिकाले जीवन बिताउन प्रण गर्ने संस्था हो ।

झरना नहर्की, मंसिर ६, २०७३

-- पुरै पढ्नुहोस् --

एक्लै बसेका महिलाहरू सफल भएका उदाहरण प्रशस्तै छन्

एक–अर्काका परिपूरक, जीवनमा नभै नहुने सम्बन्ध ।

सिर्जना दुवाल श्रेष्ठ, मंसिर ६, २०७३

-- पुरै पढ्नुहोस् --

विवाह जीवनको महत्वपूर्ण संस्कार हो

विवाह कुनै पनि समाजका लागि महत्वपूर्ण छ ।

झरना नहर्की, मंसिर ५, २०७३

-- पुरै पढ्नुहोस् --

विवाहबाट अपेक्षा कति ठीक कति बेठीक ?

विवाहबाट कति, किन र कस्तो अपेक्षा राख्नुपर्छ भन्ने प्रश्न जटिल छ । अपेक्षा र आदर्श यति बढी हुन्छ यसलाई दोस्रो पक्षले पूरा गर्न सक्दैन । निराशाबाट जोगिन अपेक्षालाई

नारी संवाददाता , मंसिर ५, २०७३

-- पुरै पढ्नुहोस् --

अन्तर्जातीय विवाह

विवाह सामाजिक सम्बन्ध हो ।

उपासना पाण्डे, मंसिर ४, २०७३

-- पुरै पढ्नुहोस् --

बदलिँदो वैवाहिक सम्बन्ध...

महाराजगञ्जकी स्वेच्छा र असनका निर्मल कलेजका सहपाठी हुन् ।

लक्ष्मी भण्डारी थापा, मंसिर ४, २०७३

-- पुरै पढ्नुहोस् --