स्वास्थ्य जानकारी

उमेरअनुसार डाइटमा गरौं परिवर्तन

 किशोरावस्था किशोरावस्थादेखि ३० वर्षसम्मको उमेरसम्म पाचन क्षमता बलियो हुन्छ । मेटाबोलिक रेट तीव्र हुन्छ र गरिष्ठ भोजन पनि चा“डै पच्छ । परौंठा, पुरी, खिर, हलुवा आदि कहिलेकाही“ खान सकिन्छ । किशोरावस्थामा जोकोही आफ्ना मित्रजनबाट बढी प्रभावित हुन्छन् र जंकफुडमा बढी रुचि देखाउ“छन् । कतिपय किशोर भने आफ्नो तौललाई लिएर बढी सजग हुन्छन् । बालबालिकालाई घरमा बनेको स्वस्थकर खाना ख्वाउनुपर्छ, जसका कारण उनीहरूमा पोषणको कमी नहोस् ।  हाम्रो उमेर बढ्छ, तर हाम्रो खानपानको व्यवहार परिवर्तन हु“दैन । त्यही परौंठा र पुरी जुन हामी २० वर्षको उमेरमा खान्छौं, ४० मा पनि त्यही खान्छौं र ६० मा पनि । परिणाम हामी बिरामी हुन्छौं र कतिपय शारीरिक एवं मानसिक समस्याले सताउ“छ । उमेरको वृद्धिस“गै पाचन क्षमता घट्दै जान्छ र गरिष्ठ भोजन पचाउन कठिन हुन्छ ।  तीस वर्षपछि डाइटिसियनहरूका अनुसार ३० वर्षपछि मेटाबोलिज्म घट्दै जाने हु“दा डाइटमा पर्याप्त पोषकतत्व हुनुपर्छ । डाइटमा  ५ पोर्सन्स फल र तरकारी हुनुपर्छ ।क्याल्सियमयुक्त आहार पनि आवश्यक छ, विशेषगरी महिलाका लागि, कारण ३५ वर्षपछि महिलाहरूको हड्डी कमजोर हुन्छ । क्याल्सियम इनटेकको ख्याल गरिएन भने अस्टियोपोरोसिसको शिकार बन्न सकिन्छ । चालीस वर्षपछि ४० वर्षपछि प्रायःजसोको कोलेस्ट्रोल र ब्लड प्रेसर बढ्छ । यो उमेरका मानिसले सातामा एकपटक ओयली फिस जस्तै ताजा टुना, सोलमन, मेकेरेल, किपर्स तथा सार्डिनको एउटा वा दुईवटा पोर्सन खानुपर्छ । यसले ओमेगा थ्री फेरि एसिड्स प्रदान गरी ह्दयलाई स्वस्थ राख्न मद्दत गर्छ । यो उमेरमा निद्रा नआउने समस्या उत्पन्न हुनुका साथै तनाव, हड्बडाउने र थकान बढ्न सक्छ । यसबाट जोगिन क्याल्सियम र मेग्रिसियम चाहिन्छ जुन हरियो सागपात, ओखर तथा अन्य ड्राइफुटबाट प्राप्त हुन्छ । ४० वर्षपछि मानिसको रूप–रंगमा पनि परिवर्तन आउन थाल्छ । शरीर क्रमशः कमजोर हु“दै जान्छ । त्यसैले पूर्णरूपमा स्वस्थ रहन हरेक रंगका फलफूल एवं तरकारी खानुपर्छ । फलफूल  एवं तरकारीको रंग जति गाढा हुन्छ, एन्टिअक्सिडेन्ट्सको मात्रा त्यति नै बढी हुन्छ । बेरिज र रातो भेंडेखुर्सानीलाई पनि आफ्नो डाइटमा समावेश गर्नुपर्छ । जब महिलाहरूमा मेनोपज हुन्छ तब फाइटोएस्ट्रोजेनको मात्रा बढ्छ । सोयाबिन्स, बदाम र फ्लेक सिड्समा तथा भिटामिन ईको मात्रा बढाउ“दा पनि मेनोपजको साइड इफेक्टस“ग लड्न मद्दत मिल्छ ।  पचास वर्षपछि५० वर्षपछि सबैभन्दा बढी समस्या हुन्छ । नुनको मात्रा एकदम कम गर्नुपर्छ । बढीभन्दा बढी दिनभरिमा ६ ग्रामसम्म मात्र नुन सेवन गर्न सकिन्छ । नुनको साटो स्वस्थकर मसला तथा जडीबुटी सेवन गर्नु उपयुक्त हुन्छ ।शरीरमा बोसो बढ्न दिनु हु“दैन । विशेष रूपमा पेट र कम्मर वरपर होइन भने डाइबिटिजको सम्भावना वृद्धि हुन्छ । कारण ती स्थानमा बढेको बोसोले इन्सुलिनलाई राम्रोस“ग काम गर्न दि“दैन । अतः बढी स्टार्ची कार्बोहाइडे«ट्स प्रयोग गर्नु हु“दैन । खानामा लापरबाही गर्नु हु“दैन, खानपानको मात्रा पनि कम गर्नु ठीक होइन । दिनमा तीन पटक भोजनको आवश्यकता हुन्छ । होलग्रेन ब्रेड, पास्ता तथा चामल आदिले लामो समयसम्म पेट भरिएको अवस्थामा राख्छ । पुरुषहरूले यो उमेरमा टमाटर, तरबुजा र मेवा बढी सेवन गर्नुपर्छ । कारण यिनमा भएको लाइकोपिन प्रोस्टेटले क्यान्सरको सम्भावना कम गर्छ ।  साठी वर्षपछि ६० वर्षपछि शरीरमा मिनरल्स र भिटामिनलाई पचाउने क्षमता पनि कम हुन्छ । आफ्नो डाइटमा रातो मासु समावेश गर्नु लाभदायक हुन्छ, कारण यसमा माइक्रो न्युट्रियन्ट्स हुन्छ । भिटामिन ‘बी’ टु अत्यन्त महत्वपूर्ण हुन्छ तर यो तरकारीबाट प्राप्त हु“दैन । ६० वर्षपछि रोगप्रतिरोधक तन्त्र पनि कमजोर हुन्छ, । आफ्नो डाइटबाट यसलाई बलियो बनाउन सकिन्छ । भिटामिन सीको मात्रा बढाउनुपर्छ । यसका लागि फ्रुट जुस पिउनुपर्छ । भिटामिन सीले कोलाजन बढाउ“छ ।कोलाजनले कोशिका, छाला, हड्डी, दा“त र कनेक्टिभ टिस्युजको आकार तथा बनावटलाई कायम राख्न मद्दत गर्छ । यसले घाउ–चोट आदिलाई चा“डै ठीक गर्न सहायता गर्छ । ६० वर्षसम्म आउ“दा मानिसहरू पानी पनि कम पिउन थाल्छन् जसबाट डिहाइड्रेसन, कब्जियत तथा युरिनरी ट्रेकट इन्फेक्सन हुन सक्छ । त्यसैले दिनहु“ डेढदेखि दुई लिटर पानी पिउनुपर्छ । सेचुरेटेड फ्याटको मात्रा कम गर्नुपर्छ । बिस्कुट, केक तथा तयारी फुडबाट जोगिनुपर्छ ।  सत्तरी र त्यसभन्दा बढी उमेरमा यो उमेरमा एनर्जी र प्रोटिनको आवश्यकता कम हुन्छ । यो उमेरमा २० वा ३० को उमेरको जस्तो डाइट उपयुक्त हु“दैन । टेस्ट बड्स कम हुनु र उमेर बढ्नुका कारण भोक पनि कम लाग्छ अनि तौल पनि कम हुन्छ । यस्तोमा मोनोअनसेचुरेटेड फ्याट लिनुपर्छ । आलुलाई उसिनेर मुछेपछि त्यसमा ओलिभ ओयल मिसाएर खानुपर्छ । यसले एनर्जी प्रदान गर्छ । दूध तथा दूधबाट बनेका परिकार पनि खान सकिन्छ ।यो उमेरमा रोगप्रतिरोधक शक्ति कम हुन्छ तसर्थ सूप र सलादको मात्रा बढाउनुपर्छ । यो पचाउउन सहज हुनुका साथै एन्टी अक्सिडेट्सयुक्त समेत हुन्छ । यतिबेला पाचनसम्बन्धी समस्या पनि बढ्छ, जसबाट कब्जियत तथा पाइल्स हुन्छ । अतः फाइबरयुक्त आहारका साथ प्रशस्त मात्रामा पानी पिउनुपर्छ । 

नारी संवाददाता , भाद्र २९, २०७३

-- पुरै पढ्नुहोस् --

महिला यौनिकताको प्रश्न

सेक्सुयल रेस्पोन्समा इच्छाहरू प्रमुख हुन्छ भन्ने मानिन्छ, यसैबाट उत्तेजना हुन्छ र त्यसपश्चात् नै महिलाहरू चरमसुखसम्म पुग्छन् । कैयन् पटक चाहना नहुँदा पनि उत्तेजना हुन्छ । उत्तेजनापश्चात् नै यौनसम्पर्कको इच्छा जागृत हुन्छ । कैयन् महिला के मान्छन् भने सुरु–सुरुमा उनीहरूमा कुनै इच्छा हुँदैन तर साथीबाट पाकक्रिडा प्रारम्भ भएपछि उत्तेजना बढ्न थाल्छ ।

नारी संवाददाता , श्रावण १५, २०७५

-- पुरै पढ्नुहोस् --

मधुमेह रोगीका लागि

कालो चिया तथा कफीले मधुमेहको सम्भावना २५ प्रतिशत घटाउँछ ।काँचै खान मिल्ने खानेकुरा काँक्रा, गाँजर, गोलभेंडा, प्याज, मूला आदि ।

नारी संवाददाता , जेष्ठ २१, २०७५

-- पुरै पढ्नुहोस् --

कुन चिज कति बेला खाने ?

भोक मेटाउन जतिबेला जुन खाना भेट्यो त्यही खाने धेरैको बानी हुन्छ । कुन परिकार कतिवेला खाँदा के फाइदा/बेफाइदा हुन्छ भन्ने ज्ञान धेरैमा हुँदैन । खानेकुराको मामिलामा पोषणविज्ञहरूसँग राय, सुझाव लिने चलन पनि हामीकहाँ छैन ।

नारी संवाददाता , चैत्र १२, २०७४

-- पुरै पढ्नुहोस् --

महिनावारी र यौनसम्पर्क

सामान्यत: नियमित महिनावारी हुने महिलामा महिनावारी भएको १४ दिनमा अण्डा निष्कासन हुन्छ, त्यसैले यसको सेरोफेरोमा यौनसम्पर्क भए गर्भ रहन सक्छ । तपाईंको ७ गतेदेखि लगातार एक हप्ता सम्पर्क हुँदा अण्डा उत्पादनको समयमा पनि सम्पर्क भएजस्तो देखिन्छ ।

डा.बालकृष्ण शाह, माघ १७, २०७४

-- पुरै पढ्नुहोस् --

अस्टियोपोरोसिसबाट जोगिन

नियमित व्यायाम गर्ने बानी बसाल्नुपर्छ । दौड, स्किपिङ, हिँड्नु, एरोबिक्स, टेनिस खेल्नु आदि कार्यले पनि हड्डी बलियो हुन्छ । नियमित रूपमा नभ्याए पनि हप्तामा ३ दिन २० मिनेटजति व्यायाम गर्नुपर्छ ।

नारी संवाददाता , माघ १, २०७४

-- पुरै पढ्नुहोस् --

बालबालिकामा अटिजम

बालबालिकाले जन्मिएको १८ महिनादेखि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन् भने अटिजमको शंका गर्न सकिन्छ । बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ ।

डा. मेरिना श्रेष्ठ, मंसिर २०, २०७४

-- पुरै पढ्नुहोस् --

महिनावारी हुँदा कम रगत किन बग्छ

महिनावारीमा थोरै रगत जाने समस्यालाई हाईपोमेनोरेजिया भनिन्छ । यो अवस्थामा महिनावारी २ दिनभन्दा कम हुन्छ भने थोरै मात्र रगत जान्छ । यस्तो हुनुको कारण गम्भीर नभएर धेरैजसो अवस्थामा मानसिक तनाव, चिन्ता आदि भएको पाइन्छ ।

डा. बालकृष्ण शाह, कार्तिक ५, २०७४

-- पुरै पढ्नुहोस् --

स्पाको आवश्यकता

कामकाजी महिलाहरू शारीरिक तथा मानसिक रूपमा एकदमै थकित हुन्छन् तसर्थ आफूले चाहेर पनि समय दिएर ट्रिटमेन्ट गराउने समय दिन सकिरहेका हुँदैनन् । दसैंं भन्नासाथ जोकोही घुमघाम गर्ने, राम्री देखिने तथा मीठो खाने धुनमा हुन्छन् ।

मेची बादे श्रेष्ठ, आश्विन २२, २०७४

-- पुरै पढ्नुहोस् --

पाइल्सको नालीबेली

पाइल्सको उपचार गर्नुभन्दा पहिले रोगका कारणहरूको विस्तृत जानकारी हुनुपर्छ । यसका साथै रोगको प्रकार, स्तर, जटिलता र अन्य सन्निहित समस्याका बारेमा पनि जानकारी हुनु जरुरी छ । रोगको स्तर थाहा पाइसकेपछि अलग–अलग श्रेणीका लागि उपयुक्त चिकित्सा विधि अपनाउनुपर्ने हुन्छ ।

नारी संवाददाता , भाद्र २५, २०७४

-- पुरै पढ्नुहोस् --

व्रतमा के खाने ?

- पानी पनि नपिई व्रत बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।- व्रतमा फ्रुट, दूध, चना–मकैको सातु आदि खानु उपयुक्त हुन्छ ।

नारी संवाददाता , भाद्र ६, २०७४

-- पुरै पढ्नुहोस् --