एक दिन

बेचबिखन बिरुद्ध सुनीता दनुवार

विगत २२ वर्षदेखि मानव अधिकारका क्षेत्रमा कार्यरत ४१ वर्षीया सुनीता दनुवार कांशीकात गा.वि.स. दैलेखका गंगा र चन्द्रकला वनका १० सन्तानमध्येकी एक हुन् । दैलेखबाट भारत पसेको परिवारसँगै सुनीताले आफ्नो बाल्यकाल उतै बिताइन् । पटक–पटक भारतका विभिन्न स्थानमा बेचबिखनमा परेकी दनुवार आफ्नै अनुभव तथा आफूमा परेको दर्दनाक घटनाका कारण अरुले यस्तो कष्ट भोग्नु नपरोस् भनेर यो क्षेत्रमा लागेकी हुन् । उतिबेला बेचबिखनमा परेकाहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि नेपाल सरकार सहमत थिएन तर अहिले यस्ता सयौं कार्यक्रम सरकारी तवरबाटै सञ्चालित छन् जुन सुनीता समेतको अथक परिश्रमको परिणाम हो ।सन् १९९६ मा शक्ति समूह नामक संस्था खोली बेचबिखन भनेको दिल्ली–मुम्बई र कलकत्ताका कोठीमा चेली बेच्ने कृयाकलाप मात्र होइन विभिन्न प्रयोजनका लागि स्वदेश तथा विदेशमै पनि गरिने प्रयोग हो भन्ने नयाँ अभियान सुरु गरेकी दनुवार हालसालै मात्र अमेरिकाबाट ‘ट्राफिकिङ इन सर्पन रिपोर्ट–२०१८’ नामक अवार्ड लिएर स्वदेश फर्किएकी छिन् जुन अवार्डका लागि विश्वका १ सय ८० मुलुकमध्ये १० वटा राष्ट्र मात्र छनोटमा परेका थिए ।दक्षिण एसियाबाट यो अवार्ड थाप्ने एक्ली महिला सुनीता छनोटमा परेका ४ जना प्रभावितमध्ये एक्ली ‘सेक्सुअल ट्राफिकिङ सर्भाइभर’ हुन् । यसअघि उनले ताइवानको १ लाख अमेरिकी डलरसहितको ‘एसिया डेमोक्रेसी ह्युमेन राइट्स अवार्ड’ प्राप्त गरेकी थिइन् भने त्यसअघि सन् २०१५ मा भारतको ‘वल्र्ड वुमन लिडरसीप अचिभमेन्ट अवार्ड’ तथा सन् २०१४ मा स्वीडेनको सिन्टेन अवार्ड प्राप्त गरेकी थिइन् ।बेचबिखनका विषयमा सोच परिवर्तन गराउन सक्नु, यससम्बन्धी नीति–नियम र कानुन बन्नु, सानो तहबाट खोलिएको शक्ति समूहले हाल मुलुकभर सेवा पुर्‍याउनु, आफू सरकारी तथा गैरसरकारी संयन्त्रमा आबद्ध भएर प्रभावितहरूको आवाज उठाउन र सुनुवाइ गर्न सक्नु मात्र नभई हाल संस्थामा आबद्ध ६ सयभन्दा बढी प्रभावितलाई कुनै न कुनै रूपमा सबलीकरण र सशक्तीकरण गर्न सक्नु आफ्नो उपलब्धि भएको सुनीता बताउँछिन् । दनुवारकै अवधारणामा सुरु भएको ‘साहसी युवती’ समूहमा आबद्ध दुई जनाले अन्तर्राष्ट्रिय टुर गाइडको लाइसेन्स प्राप्त गरिसकेका छन् भने अरू केही लाइसेन्सको अन्तिम चरणमा पुगेका छन् ।सुरुदेखि नै बेचबिखन प्रभावितको अधिकार संरक्षण तथा राष्ट्रियकरणकालागि पहल गरें । यससम्बन्धी नीति निर्माणमा लामो संघर्ष गर्नुका साथै प्रभावितहरूको आवाज अन्तर्राष्ट्रिय स्तरसम्म बुलन्द गर्न कुनै कसर बाँकी राखिन’–हाल देखिएको उपलब्धिका पछाडि ठूलो पहाड पार गरेको कथा सुनाउँदै सुनीताले भनिन्–‘अभियान सुरुवाततिर गाउँ–गाउँमा चेतनामूलक सडक नाटक देखाउँदै हिँडियो कलाकार भएर ।उतिबेला हामीलाई नेपाल फर्काए एचआईभी संक्रमण फैलिने र समाज दूषित हुने सोच बोकेको सरकार आज प्रभावितहरूको रोकथाम, संरक्षण, पुनस्र्थापना एवं सीप विकासका कामलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।’ मानव बेचबिखन न्यूनीकरणका लागि सरकारले महिला, किशोर–किशोरी तथा युवा लक्षित रोजगार एवं आर्थिक सशक्तीकरण नीतिलाई पहिलो नम्बरमा राख्नैपर्ने बताउने सुनीता उनीहरूलाई क्षमतानुसारको रोजगारी तथा आयमूलक काममा लगाउनुको विकल्प देख्दिनन् । जतिसुकै बाधा–व्यवधान आए पनि आफ्नो लक्ष्यलाई पछ्याएर त्यसमै निरन्तर लाग्न सके कुनै पनि महिला सफल हुन्छन् भन्ने सुनीता श्रीमान् नृपकुमार, छोरा सुशान तथा छोरी स्वस्तिकाका साथ काठमाडौंमा बस्दै आएकी छिन् ।                                  संस्थापक सदस्य तथा कार्यकारी निर्देशक–शक्ति समूह  

लक्ष्मी भण्डारी थापा, मंसिर १३, २०७५

-- पुरै पढ्नुहोस् --

बिना मगर

युद्धअघि, युद्धताका र पछि पनि राजनीतिक, सामाजिक तथा वैयक्तिक जीवनमा ठूलो चुनौती सामना गरेकी बिना मगर छोटो समयमा अकल्पनीय ढंगले भएको मुलुक परिवर्तन, संविधानद्वारा सुनिश्चित राज्य पुनर्संरचना, समृद्ध नेपालको परिकल्पनामा आएको स्थायी सरकारलाई निकै ठूलो उपलब्धि मान्छिन् ।

लक्ष्मी भण्डारी थापा, श्रावण ८, २०७५

-- पुरै पढ्नुहोस् --

राष्ट्रिय प्रकृति संरक्षण कोषको उच्च तहमा पुग्ने प्रथम महिला

उक्त पुस्तककै कारण उनी प्राकृतिक स्रोत व्यवस्थापन अध्ययन गर्न नर्वे पुगिन् । वि.सं. २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग आबद्ध सरिता यसअन्तर्गतका विभिन्न विभाग तथा प्रोजेक्टको प्रमुख रहिसकेकी छिन् । उनले जहाँ–जहाँ नेतृत्व सम्हालिन् त्यहाँ–त्यहाँ पृथक् छाप छोडेकी छिन् ।

लक्ष्मी भण्डारी, असार ३२, २०७५

-- पुरै पढ्नुहोस् --

महिला सशक्तीकरण सहज छ

त्यो जमानामा पनि मेरी सासू जागिरे मान्छे, जहिले पनि उहाँ महिला स्वरोजगार भएको देख्न चाहने, त्यसैले पनि मैले जागिर खाने पुरुषसरहको व्यवहार पाएँ घरभित्र पनि । त्यतिबेला पनि जागिरे महिला भोकाएर आउँदा समयमा खान दिने, थाकेर आउँदा आराम गर्नुपर्छ भन्ने सोच परिवारमा भएकाले करियरमा निरन्तरता दिन त्यति कठिन भएन । घरमा भएको त्यही महिलामैत्री वातावरणकै कारण म आज यो स्थानमा छु ।

लक्ष्मी भण्डारी थापा, जेष्ठ १५, २०७५

-- पुरै पढ्नुहोस् --

रोजगारीका लागि असल शासन चाहिन्छ

सानो बच्चा अनि उचाइमा पुगिरहेको करियर, यो समय उनका लागि निकै जटिल रह्यो । होटल अन्नपूर्ण, फिस्टेल लज पोखरा तथा जगतपुर लज चितवन गरी हाल उनको मातहतमा ५ सयभन्दा बढी कर्मचारी छन् ।

लक्ष्मी भण्डारी थापा, चैत्र २०, २०७४

-- पुरै पढ्नुहोस् --

समृद्धिका लागि नारी शिक्षा अपरिहार्य

मेडिकल अफिसर, रजिस्टार, सिनियर रजिस्टार, जुनियर तथा सिनियर कन्सल्ट्यान्ट हुँदै वि.सं. २०६४ मा प्रसूति गृहको डेपुटी डाइरेक्टर भएकी लताले ०६६ मा डाइरेक्टरको पदभार सम्हालिन् । ४ वर्षे उनको निर्देशकीय कार्यकालमा प्रसूति गृहले कलेवर फेर्‍यो । ०६९ मा उनी त्यहाँबाट रिटायर्ड भइन् ।

लक्ष्मी भण्डारी थापा, फाल्गुन २१, २०७४

-- पुरै पढ्नुहोस् --

कैयौं पटक मृत्युको मुखमा पुगेर जोगिएकी ओनसरी घर्ती

०५८ सालमा आफू दाङको इन्चार्ज हुँदा एकाध घरमा टेलिफोन हुने र टेलिफोन भएको एक घरबाट केन्द्रमा सूचना पठाउँदा उक्त घरधनीले सुराकी लगाइदिएपछि दाङको बिजौरीदेखि बाँसगढीमा सेनाको घेरामा परेको उनले बताइन् । त्यतिबेला बाँच्ने आशा नै गुमेको घटना सुनाउँदा ओनसरी भावविह्वल देखिइन् ।

लक्ष्मी भण्डारी थापा, माघ ८, २०७४

-- पुरै पढ्नुहोस् --

फूलको थुंगाजस्तै हलुङ्गो महसुस

खोइ त के गरे महिलाले त्यहाँ पुगेर ? भन्ने नजिर बस्ला भनेर चुनौतीका अगाडि नडगमगाई लड्ने–भिड्ने काम गरें–कार्की भन्छिन्–ममा कहिल्यै लोभ–लालच उत्पन्न भएन, म कुनै पार्टीको मान्छे थिइन र हुन्न पनि, म स्वतन्त्र रूपमा न्याय हाँक्ने हेतुले त्यहाँपुगेकी हुँ । म नियम–कानुनभन्दा बाहिर जान चाहिन ।

लक्ष्मी भण्डारी थापा, पुस २०, २०७४

-- पुरै पढ्नुहोस् --

सपना प्रधान मल्ल

नेपाली न्यायालयमा कमै मात्र महिला निर्णायक स्थानसम्म पुग्न सफल छन् भलै सुशीला कार्की अपवादका रूपमा प्रधानन्यायाधीश बन्न सफल भएकी किन नहून् । सपना प्रधान मल्ल ती महिला हुन् जसले विभिन्न चुनौतीका बाबजुद आफ्नो कर्मलाई निरन्तरता दिइरहिन् । उनको त्यही हिम्मत र आँटले आज उनलाई न्यायाधीशजस्तो गरिमामय पदमा स्थापित गराएको छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक १२, २०७४

-- पुरै पढ्नुहोस् --

लैंगिक अधिकारका क्षेत्रमा चाँदनी जोशी

संसारभरका महिलाका लागि ५० वर्ष (लैंगिक क्षेत्रमा) काम गरेको अनुभव छ चाँदनी जोशीसँग । लैंगिक विषयमा नीतिनिर्माण तहमै मुद्दा उठान गर्ने कार्यमा प्रखर साबित हुँदै आएकी जोशीले नेपालका अति दुर्गम क्षेत्रका अत्यन्तै विपन्न महिलासँग होस् वा अफ्रिकन मुलुक बुरुन्डीका पिछडिएका महिलासँग, समान रूपमा तिनका लागि आफ्नो समय, परिश्रम एवं सिर्जनशीलता लगानी गरेकी छिन् ।

नारी संवाददाता , भाद्र १५, २०७४

-- पुरै पढ्नुहोस् --

पुष्पा बस्नेतको जीवन

कुनै दिन ७ हजार रुपैंयाँ कोठाभाडा तिर्न नसक्दा अब अगाडि केही गर्न सकिँदैन भनेर निराश भएकी पुष्पा बस्नेत (३३) सँग आज १५ करोडभन्दा बढीको सम्पत्ति छ प्रारम्भिक बालविकास केन्द्रका नाममा ।

लक्ष्मी भण्डारी थापा, जेष्ठ १४, २०७४

-- पुरै पढ्नुहोस् --