टिटबिट

सेनाको अवकाशपछि प्याजेन्ट सुन्दरी

नेपाली सेनाबाट अवकाश प्राप्त गरेपछि गोमा अधिकारी धितालमा सानैदेखिको मोडलिङप्रतिको रुचिलाई साकार बनाउने सोच आयो । एसएलसीपछि सेनामा प्रवेश गरेपछि उनको मोडलिङ रहर सम्भव भएन । अवकाश प्राप्त हुँदा उनी दंग थिइन् र भाग लिन पुगिहालिन्, मिसेज हिमालयन नेपाल २०१८ मा र उनी विजयी पनि भइन् । त्यसपछि गोमा नेपालको प्रतिनिधित्व गर्दै मिसेज एसिया प्यासिफिक–२०१८ मा पुगिन् जहाँ उनले सोसल मिडिया क्विनको अवार्ड हात पारिन् । यस क्रममा उनलाई आफै ब्युटी प्याजेन्ट आयोजना गर्ने रहर जाग्यो । त्यसैको परिणामस्वरूप गोमाले वाटिका इन्टरटेन्टमेन्ट कम्पनी खोलेर इभेन्ट अर्गनाइजरका रूपमा मिस्टर एण्ड मिस नेपाल आइकन आयोजित गर्दैछिन् जुन कार्यक्रम प्रशिक्षणदेखि नै टेलिभिजनमा रियालिटी शोको कन्सेप्टमा हुने बताइएको छ । गोमाका अनुसार यदि कुनै काम गर्ने रहर छ भने समयले छेक्दैन तर कामप्रति दृढ संकल्प हुनुपर्छ । 

नारी संवाददाता , पुस १६, २०७५

-- पुरै पढ्नुहोस् --

म त खुल्ला छु : सोना

भर्सटायल सोना अमात्यको उक्त म्युजिक भिडियोले मूलत: नेपालका समग्र जाति, उमेर, समूह तथा तहका नारीलाई आफ्नो लक्ष्यमा दृढ भएर अघि बढ्न उत्प्रेरित गरेको छ । लामो समयदेखि शास्त्रीय संगीतमा साधनारत अमात्यको ‘म त खुल्ला छु’ गीतले आफ्नो करियर तथा लक्ष्यमा आत्मविश्वासका साथ अघि बढ्न, आत्मनिर्भर हुन तथा स्वतन्त्रता उपभोग गर्न हौस्याउँछ ।

नारी संवाददाता , पुस ९, २०७५

-- पुरै पढ्नुहोस् --

डाक्टर मोडल

सुरुमा केही समय भेटनरीमा काम गरे पनि मोडलिङको मोहले गर्दा नामको अगाडिको डाक्टरलाई थाती राखी उनी यसमै रमाइरहेका छन् । कार्कीले मिस्टर नेपालमा कोरियोग्राफर तथा प्याजेन्ट डाइरेक्टरका रूपमा काम गरिसकेका छन् ।

नारी संवाददाता , पुस ४, २०७५

-- पुरै पढ्नुहोस् --

नाट्यकर्मी आकांक्षा

नाटक योनीका कथाहरूमा महिलाको यौन अधिकार, स्वतन्त्रताको समस्या, यौन तथा प्रजनन् स्वास्थ्य एवं यौन हिंसाविरुद्धको आवाज समेटिएको छ । विश्वभरका १ सय ४० देशका अनेकौं सहरमा मञ्चन हुने यो नाटक ४९ भाषामा अनुवाद भएको छ । नेपालमा भने यसको निर्देशन आकांक्षा तथा उनकी साथी गुञ्जनले संयुक्त रूपमा गरेका हुन् ।

नारी संवाददाता , चैत्र १२, २०७४

-- पुरै पढ्नुहोस् --

रोजाइ एलिशा राईको

ठाउँ : नेपालमा दोलखा तथा विदेशमा सिंगापुर ।परिकार : म:म र पिज्जा ।

नारी संवाददाता , फाल्गुन ८, २०७४

-- पुरै पढ्नुहोस् --

थिएटरबाट आएकी पूजन

५–६ कक्षा पढ्दा इटहरीमा थिएटर ग्रुपमा संलग्न भएर नाटकहरूमा अभिनय गर्दै आएकी पूजन थापा अहिले काठमाडौंका थिएटरमा रमाइरहेकी छिन् । पूजनले एसएलसीपछि मकालु टेलिभिजनमा भिजेका रूपमा कार्यक्रम चलाइन् ।

नारी संवाददाता , फाल्गुन ४, २०७४

-- पुरै पढ्नुहोस् --

बायोपिक चलचित्रमा वेनीशा

स्वरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका वेनीशा हमालको करिअरलाई लामो समयपछि चलचित्र झ्यानाकुटीले उचाइमा पुर्‍यायो । धेरैले उक्त चलचित्रमा मालतीका रूपमा वेनीशालाई मन पराए । चलचित्रमा उनको संवाद शैली एवं गेटअपले दर्शकको मन मात्र पगालेन, उक्त कुरा उनको करिअरकै टर्निङ प्वाइन्ट साबित भयो ।

नारी संवाददाता , फाल्गुन ३, २०७४

-- पुरै पढ्नुहोस् --

समाचार वाचिकाका रूपमा सुप्रिया

सुप्रियाले होटल म्यानेजमेन्टमा ब्याचलर पूरा गरिसकेकी छिन् । नायिकाका रूपमा उनको डेब्यु चलचित्र सत्यस्वरूपको साढे सात हो । सुप्रिया केही फरक काम गरौं भन्ने सोचका साथ टेलिभिजनमा प्रवेश गरेकी हुन् ।

नारी संवाददाता , माघ ४, २०७४

-- पुरै पढ्नुहोस् --

भेटघाटमा व्यस्त दीपिका

स्कुल–कलेज पढ्दादेखि नै सबैले तिमी नायिकाका लागि परफेक्ट छौ भन्थे । ममा पनि कुनै दिन नायिकाका रूपमा चलचित्रमा देखा पर्नेसम्म सपना थियो तर पहिलो चलचित्रबाटै चर्चित हुन्छु भनेर कल्पनासम्म गरेकी थिइन ।

नारी संवाददाता , पुस १८, २०७४

-- पुरै पढ्नुहोस् --

टीभीसीकी सकिना

सानै उमेरमा आत्मविश्वासी देखिने सकिना छोटो अवधिमै टीभीसीमा स्थापित भैसकेकी छिन् । हालसम्म ७ वटा टीभीसी, २ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी सकिना फिचर फिल्मको तयारीमा छिन् ।

नारी संवाददाता , पुस ५, २०७४

-- पुरै पढ्नुहोस् --

प्याजेन्ट मोहमा जस्मिन

कसैले मनबाट केही गर्छु भनेर लाग्यो भने उक्त सपना पूरा हुन्छ भन्ने कुरालाई जेसीआई मिस टिनकी विजेता जस्मिन खड्काले पूरा गरेकी छिन् । सानैदेखि मिस नेपाल, मिस वल्र्डजस्ता कार्यक्रम हेरेर आफू पनि कुनै न कुनै ब्युटी प्याजेन्टमा भाग लिन्छु भन्ने चाहना बोकेकी जस्मिनले सानै उमेरमा मिस लिटिल लेडीमा भाग लिएकी थिइन् ।

नारी संवाददाता , जेष्ठ १५, २०७४

-- पुरै पढ्नुहोस् --