मेकअप

समर मेकअप

प्रभावशाली व्यक्तित्वका लागि लुक्समा ध्यान पुर्‍याउनुपर्छ । सुन्दर र हँसिलो अनुहारले सबैलाई आकर्षित गर्छ । आकर्षक देखिन मेकअपको पनि उत्तिकै भूमिका हुन्छ भने मेकअपमा गल्ती गर्दा छालामा समेत नकारात्मक असर पर्न सक्छ ।मोइस्चराइजर र प्राइमरगर्मीमा घामको किरण सीधै छालामा पर्छ । त्यसैले मेकअपअघि मोइस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् ओयल फ्रि मोस्चराइजर प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलीय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ । मोइस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ । यसको अर्को फाइदा गर्मीमा लामो समयसम्म मेकअप टिक्नु पनि हो । प्राइमर प्रयोग गर्दा मेकअप हलुका समेत अनुभव हुन्छ । क्रिम फाउन्डेसनगर्मीमा लिक्विड फाउन्डेसन उपयुक्त हुँदैन । तैलीय छालामा यो थोरै समय मात्र टिक्ने भएकाले फाउन्डेसनको कवचका रूपमा क्रिम प्रयोग गर्न सकिन्छ । यसमा लुज पाउडर पनि लगाउन सकिन्छ । जसले गर्दा फाउन्डेसन लामो समयसम्म टिक्छ । काममा हिँड्दा फाउन्डेसन प्रयोग नगरी हलुका मेकअप गर्नु उपयुक्त हुन्छ ।वाटरप्रुफ र म्याट आइ तथा लिप मेकअपगर्मी मौसममा गाजल, आइस्याडो, मस्कारा, लिपिस्टिक आदि वाटरप्रुफ र म्याट मात्र प्रयोग गर्नुपर्छ । सकेसम्म हलुका मेकअप गर्नुपर्छ । रंग छनोट गर्दा पनि सकेसम्म फिका रंग छान्नु उपयुक्त हुन्छ । हलुका, गुलाबी र सुन्तला रंगको चमकरहित आइस्याडो लगाउँदा आकर्षक देखिन सकिन्छ । कन्सिलरको प्रयोगकन्सिलरको प्रयोग पनि राम्रोसँग गर्नुपर्छ । यसलाई औंलाको सहायताले आँखाको तल र नाकको वरपर लगाउनुपर्छ । त्यसपछि ब्रसको सहायताले अरु भागमा पनि लगाउन सकिन्छ । मेकअप मिस्टेकमोइस्चराइजरविना मेकअपधेरैजसो युवती अनुहार धोएर सीधै मेकअप गर्छन् जसले गर्दा मेकअप गरेपछि रुखोपन र मेकअप छुट्टिने समस्या हुन्छ । त्यसैले मेकअप भद्दा नदेखियोस् भनेर अनुहार धोएपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।फोहोर मेकअप ब्रसको प्रयोगदैनिक प्रयोग हुने मेकअप ब्रस फोहोर भैरहेको हुन्छ र हामी सबै त्यही फोहोर ब्रसले मेकअप गरिरहेका हुन्छौं । जुन ब्रसमा धूलो, तेल वा ब्याक्टेरियाजस्ता छालालाई हानि गर्ने पदार्थ टाँसिएका हुन्छन् र तिनले छालामा एलर्जी गराउँछन् । त्यसैले हरेक हप्ता ब्रस सफा गर्नुपर्छ ।ब्लस गर्दा ब्लेन्ड नगर्नु गालामा ब्लस प्रयोग गरेपछि मेकअपले पूर्ण लुक दिन्छ । यद्यपि ब्लसको सही प्रयोग गर्न नसकेको खण्डमा वास्तविक उमेरभन्दा बढी उमेरको देखिन्छ । त्यसैले यदि ब्लड पिंक रंगको ब्लस लगाउने हो भने त्यसलाई सही तरिकाले ब्लेन्ड गर्नुपर्छ ।डार्क सर्कल्समा कन्सिलर आँखामुनि भएको डार्क सर्कल्स लुकाउन प्रयोग गरिने कन्सिलरले डार्क सर्कल छोपिनुभन्दा अझ बढाउने काम गर्छ । त्यसैले त्यसको सट्टा करेक्टर प्रयोग गर्नुपर्छ । यसलाई डार्क सर्कल भएको ठाउँमा मात्र हल्का लगाउँदा मेकअप नेचुरल देखिन्छ । मेकअप धुन भुल्नुसुत्नुअघि मेकअप धुन बिर्सनुहुँदैन । रातभर मेकअप लगाएर सुत्दा अनुहारमा एक्नेको मात्रा बढ्छ । मेकअप गर्दा प्रयोग गरिएका विभिन्न प्रोडक्ट्सले रोमछिद्रलाई बन्द गरिदिन्छन् जसले गर्दा एक्नेको समस्या बढ्दै जान्छ ।मेकअपले जवान बनाउँछ डार्क कलर्सबाट जोगिनुपर्छ : आँखा वरिपरिको रिङ्कल लुकाउन डार्क कलरको आइस्याडो प्रयोग गर्नु हुँदैन । डार्क कलर प्रयोग गर्दा रिङ्कल देखापर्छ । त्यसको साटो म्याट कलरको आइस्याडो प्रयोग गर्नु उपयुक्त हुन्छ । म्याट कलरमा रिङ्कल तथा डार्क सर्कल कम देखिन्छ । लिप कलर : उमेर बढेसँगै ओठ पनि खुम्चिन्छ र ड्राई हुन थाल्छ । यसका लागि डार्क कलरको लिपिस्टिकको साटो लाइट कलरको लिपिस्टिक लगाउनुपर्छ । डार्क कलरको लिप लाइनको प्रयोगबाट पनि जोगिनुपर्छ । बरू त्यसको साटो लिपग्लस प्रयोग गर्नुपर्छ ।कलर्समा ध्यान : यदि गालामा वाइट पिंक कलर प्रयोग गर्ने हो भने ओठमा केही प्रयोग गर्नु हुँदैन । यदि आँखामा विशेष केही गरिएको छ भने अन्य कुरा सिम्पल छोड्नुपर्छ । फाउन्डेसनबाट कभर : यदि मुहारमा कुनै दाग भए तिनलाई फाउन्डेसनले कभर गर्नुपर्छ । यद्यपि आवश्यकताभन्दा बढी फाउन्डेसन प्रयोग गरे मुहारको रिङ्कल देखापर्छ । फाउन्डेसन लगाउनुपूर्व मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यसबाट फाउन्डेसन पूरा मुहारमा एकनासले बस्छ ।आँखाको डलनेस : आँखाको चमक कायम राख्न कलरफुल लेन्थ प्रयोग गर्न सकिन्छ । आँखामा मस्कारा लगाउनुपर्छ । आइलाइनरले पनि आँखालाई सुन्दर बनाउँछ । यसका लागि ब्राउन वा ब्ल्याक कलरको आइलाइनर छनोट गर्नु उपयुक्त हुन्छ । यदि आइब्रोज पातलो छ भने त्यसलाई ब्ल्याक कलरको आइब्रो पेन्सिलबाट राम्रोसँग सेप दिन सकिन्छ । 

गार्गी कर्माचार्य, जेष्ठ २१, २०७६

-- पुरै पढ्नुहोस् --

सेल्फ मेकअपको क्रेज

सेल्फ मेकअपको क्रेज बढ्नुमा फेसबुक, टिकटक तथा इन्स्ट्राग्रामको पनि उत्तिकै हात छ । फोटो र भिडियो पोस्ट गर्दा अरूभन्दा फरक र आकर्षक देखिनु महिलाहरूको आमस्वभाव हो । कतिपयले त युट्युबमा सेल्फ मेकअपको भिडियो हेरेर पनि सिक्छन् ।

नारी संवाददाता , वैशाख १७, २०७६

-- पुरै पढ्नुहोस् --

मिस हेरिटेज क्वीन नेपाल अस्मिता

राजधानीमा सम्पन्न ‘मिस हेरिटेज क्वीन नेपाल’को यो वर्षको शिर्ष उपाधि अस्मिता खड्काले उचालेकी छिन् । यस प्रतियोगीतामा उनले शिर्ष ताज सहित स्कुटर पुरस्कारका रुपमा प्राप्त गरेकी छिन् ।

नारी संवाददाता , आश्विन १८, २०७५

-- पुरै पढ्नुहोस् --

सेलीब्रेटी लुक्स मेकअप

मोडल पूजा श्रेष्ठको अनुहार लाम्चो भएकाले सबैभन्दा पहिले उनको आइब्रोलाई राउन्ड सेपमा मिलाइएको छ । सेलीब्रेटी लुक्सका लागि केही ग्ल्यामरस लुक्स दिनुपर्ने भएकाले आइमेकअपमा कट स्मोकी आइज एवं क्रिज गर्नुपर्छ । कट क्रिज कन्सिलिङ एरियामा लाइट कलरको आइस्याडो तथा स्मोकीमा ब्राउन कलर प्रयोग गरिएको छ ।

नारी संवाददाता , कार्तिक २४, २०७४

-- पुरै पढ्नुहोस् --

फेसनमा नयाँ प्रोडक्ट

अहिले म्याट मेकअप चल्तीमा छ । त्यसमा पनि दिउँसो लाइट अर्थात् न्युड मेकअप अनि पार्टी वा रातिका लागि मेकअपमा सिमर आइस्याडो प्रयोग गरी चिकबोनमा हाइलाइटर प्रयोग गर्दै साइन दिन सकिन्छ । आइमेकअपमा स्मोकी आइ नै ट्रेन्डमा छ तर स्मोकीमा पनि अहिले अनेकन शैली तथा डिजाइनहरू भित्रिएका छन् ।

रश्मि मानन्धर, आश्विन २२, २०७४

-- पुरै पढ्नुहोस् --

फेस्टिबल मेकअप

- सफा बेसका लागि अनुहार क्लिन्जिङ गर्ने ।- मेकअप लामो समय टिकाउन अनुहारमा टोनखअप गर्ने ।

रुश्का वैद्य श्रेष्ठ, आश्विन ९, २०७४

-- पुरै पढ्नुहोस् --

फाउन्डेसन चयन गर्दा

एसपीएफ १५ भएको फाउन्डेसन छनोट गर्नुपर्छ, यसले छालालाई घामको हानिकारक किरणबाट जोगाउँछ ।

नारी संवाददाता , चैत्र ७, २०७३

-- पुरै पढ्नुहोस् --

मेकअपको जादु

मेकअप सुन्दर देखिन मात्र होइन आफूलाई देखाउनका लागि पनि हो । कुनै फिचर्स हाइलाइट गर्न वा आफ्नो फेस वा सेप फरक देखाउनु छ भने वा आफ्नो फेसलाई स्लिम देखाउनु छ भने सही मेकअप सहज माध्यम हुन्छ।

नारी संवाददाता , चैत्र ५, २०७३

-- पुरै पढ्नुहोस् --

फेसनमा स्ट्रेट स्लिम लुक्स

कतिपय ठाउँमा परिवार वा साथीभाइले सक्सेस पार्टी आयोजित गर्छन् । कहिले आफैले पनि त्यस्तो पार्टी दिनुपर्ने अवस्था आउँछ ।

सरस्वती कटुवाल, चैत्र ५, २०७३

-- पुरै पढ्नुहोस् --

दुलही बन्नुअघि छालाको हेरचाह

सातामा एकपटक सम्पूर्ण शरीरमा बडी स्क्रव लगाउनुपर्छ जसबाट मृत छाला निस्कन्छ र छालामा चमक देखा पर्छ । स्क्रबमा थोरै तेल तथा एसेन्सियल आयल पनि मिसाउन सकिन्छ ।

नारी संवाददाता , मंसिर ५, २०७३

-- पुरै पढ्नुहोस् --

क्विक ब्युटी टिप्स

आफ्नो सुन्दरताका कारण अरूलाई प्रेरित गर्ने इच्छा स्वाभाविक पनि हो ।

नारी संवाददाता , कार्तिक ११, २०७३

-- पुरै पढ्नुहोस् --