सरसफाई

सिन्कको सफाइ

भान्सा कोठाको सिन्कको पाइप सफा गर्न आधा कप बेकिङ सोडा र आधा कप फिटकिरी मिसाएर राति सुत्नुअघि पाइपमा हाल्नुपर्छ र रातभरि छोड्नुपर्छ । बिहान सिन्कमा तातोपानी हाल्नुपर्छ । यसबाट सिन्क र पाइप पूर्णरूपमा कीटाणुमुक्त हुन्छ । राति सिन्कमा जुठा भाँडाहरू राखेपछि भाँडामा पानी भर्नुपर्छ र सिन्कबाट पानी निकाल्नुपर्छ । यसबाट खाद्यपदार्थ निस्कन्छ र फोहोरलाई पाइपमा बगाउनुको साटो डस्टबिनमा हाल्नुपर्छ । दिउँसो भाँडाहरू धोएपछि सिन्कलाई भाँडाजस्तै साबुन वा पाउडर प्रयोग गरी सफा गर्नुपर्छ । स्टेनलेस सिन्क सफा गर्नुपर्छ भने आँटामा मिथेलेटेड स्प्रिट मिसाएर सिन्कमा प्रयोग गर्नुपर्छ र सुकेपछि सफा गर्नुपर्छ । 

नारी संवाददाता , माघ २२, २०७३

-- पुरै पढ्नुहोस् --

भाँडा माझ्दा

खाना बनाउन जति मेहनत गरिन्छ त्योभन्दा बढी समय तथा मेहनत भाँडा माझ्न लाग्छ । यद्यपि अहिले पहिलेजस्तो घन्टौं लगाएर भाँडा माझ्नु पर्दैन । मेसिनको आविष्कारले भाँडा माझ्न सजिलो भएको छ । मेसिन छैन भने पनि केही उपाय अपनाएर सजिलै भाँडा माझ्न सकिन्छ ।

नारी संवाददाता , माघ ३, २०७३

-- पुरै पढ्नुहोस् --

भान्साका सामग्रीको सफाइ

माइक्रोवेभको प्रयोगपछि यसको भित्री भाग राम्रोसँग सफा गर्ने ।

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक १५, २०७३

-- पुरै पढ्नुहोस् --

वातावरण जोगाऊ

वातावरण स्वस्थ एवं स्वच्छ राख्नु हामी सबैको प्रमुख कर्तव्य हो ।घरबाट निस्किएको फोहोर व्यवस्थापनका लागि केही दूरीमा खाल्डो खनेर फोहोर जम्मा गर्न सकिन्छ ।

नारी संवाददाता , चैत्र १६, २०७२

-- पुरै पढ्नुहोस् --

ग्यासको सफाइ

ग्यासको सफाइकालागि पुरानो नाइलनको मोजा प्रयोग गर्न सकिन्छ ।

नारी संवाददाता , पुस २९, २०७२

-- पुरै पढ्नुहोस् --

गलैचालाइ घरैमा सफा गरौ ।

चाहिने सामग्री २ लिटर पानी, २५० ग्राम रिट्ठा , पुराना पातला कपडा, स्पंज

नारी संवाददाता , पुस २४, २०७२

-- पुरै पढ्नुहोस् --