कभर गर्ल

फिटनेसमा सचेत बेनिशा

 जबसम्म हामी मानसिक रूपमा स्वस्थ हुन सक्दैनौं तबसम्म हामी कुनै पनि कुरामा सफल हुन सक्दैनौं । त्यस्तै शारीरिक रूपमा स्वस्थ हुन मानसिक रूपमा स्वस्थ हुनैपर्छ भन्ने सोच राख्ने कलाकार हुन्–बेनिशा हमाल । चलचित्र स्वरबाट डेब्यु गरेकी बेनिशा हमालले जीवनमा कहिल्यै हार खाइनन् । उनीसँगै यो क्षेत्रमा आएका केकी र रीमा स्थापित भैसक्दा पनि उनमा एकदिन सफल हुन्छु भन्ने आत्मविश्वास थियो । जसको परिणाम उनले झ्याइँकुटी तथा ब्लाइन्ड रक्स आदि अब्बल चलचित्रमा काम गर्ने अवसर प्राप्त गरिन् । बेनिशाले ब्लाइन्ड रक्समा गरेको अभिनयको पनि निकै चर्चा भयो ।उक्त चलचित्रले उनलाई पहिलोपटक सर्वोत्कृष्ट अभिनेतृको अवार्ड दिलाउन सफल पनि भयो । बेनिशाको चलचित्र क्षेत्रको लामो यात्रामा पात्रअनुसार मोटाउने, दुब्लाउने धेरै प्रयास गर्नुपर्‍यो । यसका लागि उनी नियमित जिम जान थालिन् । चलचित्र ब्लाइन्ड रक्सका लागि शरीर घटाउने क्रममा फिटनेस फ्रिक बनेकी बेनिशाले त्यसपछि आफूलाई मेन्टेन गर्दै आएकी छिन् । अहिले उनको फिगर आकर्षक छ । नियमित जिम जाने हमाल पब्लिक फिगर भएपछि फिट एन्ड स्मार्ट हुनुपर्ने धारणा राख्छिन् । हरेक दिन जिम गर्ने बेनिशा २० मिनेट कार्डियो तथा वेट लिफ्टिङ गर्छिन् । सुटिङमा बाहिर हुँदा पनि उनी स्किपिङ रोप लिएर जान्छिन् ।हमालका अनुसार जब आफू फिट र सुन्दर देखिन्छ आफूमा कन्फिडेन्ट लेबल पनि उत्तिकै बढ्छ । बेनिशाले फिट हुन डाइटिङ नगरेकी पनि होइनन् । डाइटिङले दुब्लाए पनि फेसियल चार्म भने घटेको बताइन् । बेनिशा एक्सरसाइज गरेर ब्यालेन्स डाइट खान्छिन् । एक्सरसाइजले आफूमा काम गर्ने ऊर्जा, इनर्जी र सिर्जनशीलता बढेको हमाल बताउँछिन् । पब्लिक फिगरले मात्र नभई हरेक व्यक्तिले आफ्नो फिटनेसप्रति सचेत हुनुपर्छ बेनिशा भन्छिन्–‘स्वास्थ्य नै धन हो ।’डाइट प्लानब्राउन राइसप्रोटिन बढी भएको माछा, मासु, अण्डा तथा गेडागुडीको दाल ।जुस, फलफूल ।कार्बाेहाइड्ेरडका लागि आलु ।चकलेट तथा आइसक्रिमबाहेक कुनै पनि जंक फुड नखाने ।संयोजन : सिर्जना दुवाल श्रेष्ठतस्बिर : महेश प्रधानलोकेसन : जस्मिन फिटनेस क्लब, त्रिपुरेश्वर 

नारी संवाददाता , असार ८, २०७५

-- पुरै पढ्नुहोस् --

श्रृंखला खतिवडा

म आफ्नो पहिरन मिलाएर अघि बढ्न ठिक्क परिसकेकी थिएँ । मेरो नाम घोषणा हुँदा खासै अचम्म वा अनौठो लागेन, किनभने मैले त्यो क्षणको कल्पना पहिले नै गरिसकेकी थिएँ । मेरो आत्मविश्वास नै मेरो जितको मुख्य कडी हो ।

नारी संवाददाता , जेष्ठ ३, २०७५

-- पुरै पढ्नुहोस् --

मिलिक्क बित्यो एक वर्ष

मिस नेपाल घोषणा भएको २–३ दिनपछि नै भेट भएका ती चारै उपाधि विजेतामा एक प्रकारको उत्साह, जोस र तेज देखिन्थ्यो । यसपटक मिस नेपालका तिनै विजयीहरूलाई नारीको वैशाख महिनाको आवरणका लागि सोही स्थानमा भेट्दा सुरुका दिनमा जे–जस्तो उत्साह, जोस तथा तेज थियो त्यसमा कुनै कमी देखिएन ।

सिर्जना दुवाल श्रेष्ठ, वैशाख ७, २०७५

-- पुरै पढ्नुहोस् --

चलचित्र क्षेत्रमा रमाएकी केकी

अभिनय कलाबाटै धेरैको मन जित्न सफल केकी निर्मात्री भएपछि अरूका चलचित्रमा नदेखिने हुन् कि भन्ने कतिपयको अनुमान छ । त्यसको उत्तरमा केकी भन्छिन्–मलाई अभिनयको मोहले छाडेको छैन, राम्रो चलचित्रबाट अफर आए सकारात्मक छु । केकीलाई मानसिक रूपमा चुनौती हुने खालको मेन्टल्ली अनस्टेबल चरित्र निर्वाह गर्ने रहर छ ।

नारी संवाददाता , चैत्र ४, २०७४

-- पुरै पढ्नुहोस् --

स्मार्ट माल्भिका

आमा भएपछि अझ सुन्दर र स्मार्ट हुँदै गएकी माल्भिका घर–परिवार एवं व्यावसायिक कामका बीचआफ्ना लागि पनि पर्याप्त समय छुट्याउँछिन् । जबसम्म आत्मविश्वास आउँदैन तबसम्म कुनै पनि काम सफल नहुने उनको धारणा छ । माल्भिकाको मुख्य खुबी नै निर्धक्क बोल्न सक्नु र जस्तोसुकै परिस्थितिको सहजै सामना गर्नसक्नु हो ।

नारी संवाददाता , फाल्गुन १६, २०७४

-- पुरै पढ्नुहोस् --

कान्छी अर्थात् श्वेता

उनले सेकेन्ड लेफ्टिनेन्ट हुन मेहनत पनि गरेकी थिइन् तर त्यही समयमा उनको प्रवेश चलचित्रमा भयो । १९ वर्षको उमेरमा श्वेताले चलचित्र ‘कहाँ भेटिएला’ मा काम गरिन् । उक्त चलचित्रमा काम गरिसकेपछि धेरै चलचित्रबाट अफर आए तर उनले श्रीकृष्णसँग मात्र तीनवटा चलचित्रमा काम गरिन् अनि श्रीकृष्णसँगै ‘कोहिनूर’ मा लगानी गरिन् ।

नारी संवाददाता , माघ ५, २०७४

-- पुरै पढ्नुहोस् --

इखले नायिका भएकी नम्रता

जबाट काठमाडौं आएकी नम्रतालाई फेसन शोका लागि बोलाइयो तर त्यहाँ उनलाई ए हेर न, यो पनि मोडल बन्न आएकी रे ? भनेर खिल्ली उडाइयो । न फिगर, न हाइट यस्ता पनि मोडल भनेर उनलाई बचनवाणले घोचियो । त्यही दिन नम्रताले केही गरेर देखाउनुपर्छ भन्ने अठोट लिइन् ।

नारी संवाददाता , पुस ५, २०७४

-- पुरै पढ्नुहोस् --

नम्बर एक प्रियंका

नेपाली चलचित्र क्षेत्रमा अभिनेतृ रेखा थापाको हालीमुहाली चलिरहेका बेला प्रियंका कार्कीको इन्ट्री भयो । त्यो समय थुप्रै नायिका काँचको पर्दामा देखा परे पनि कसैले नायिका थापाको स्टारडमलाई पछि पार्न सकिरहेका थिएनन् । यस्तो अवस्थामा पनि प्रियंकालाई भने दर्शकहरूलाई आफ्नो पक्षमा पार्न धेरै समय लागेन । अहिले रेखा प्रियंकाको छायामा पर्न थालेकी छिन् ।

राधिका अधिकारी, मंसिर ४, २०७४

-- पुरै पढ्नुहोस् --

शुभेच्छा र शिल्पा

नारीको कभर फोटोसुटका क्रममा शुभेच्छा र शिल्पा सँगै भएपछि थाहा भयो, उनीहरू मिल्ने साथी हुन् । फोटोसुटका क्रममा एकले अर्काको मेकअप, पहिरन, स्टाइलजस्ता कुरामा प्रतिक्रिया जनाउँदै सुझाव दिइरहेका उनीहरूबीच ईष्र्या र इगो पटक्कै देखिएन ।

नारी संवाददाता , कार्तिक ९, २०७४

-- पुरै पढ्नुहोस् --

बोल्ड चरित्र रुचाउने दीपिका

दीपिका अब अभिनय, पर्सनल ग्रुमिङ एवं नृत्यसम्बन्धी प्रशिक्षण लिएर मात्र चलचित्रमा आउने तयारीमा छिन् । गौरी मल्ल तथा राजेश हमालको अभिनय मन पराउने दीपिकालाई आफ्ना कमी–कमजोरी औंल्याइदिने तथा नयाँ कुरा सिकाइरहने मानिसहरू मन पर्छन् । दीपिका क्याजुअल पहिरनमा हल्का न्युड मेकअपमा सजिन रुचाउँछिन् ।

नारी संवाददाता , आश्विन ३१, २०७४

-- पुरै पढ्नुहोस् --

संचिता र स्वस्तिमा

विवाहपछि नायिकाहरूको चार्ममा कमी आउने पुरानो धारणालाई संचिता र स्वस्तिमाको फ्यान क्रेजले गलत ठहर्‍याएको छ ।

सिर्जना दुवाल श्रेष्ठ, भाद्र ४, २०७४

-- पुरै पढ्नुहोस् --