कथा

वेब तृष्णा

 जब ऊसँग मेरो भेट भयो, म त्यतिबेला दु:ख र फ्रस्टेसनको बोझमा अल्झिएकी थिएँ । उमेरको चढ्दो भर्‍याङ निक्कै उक्लिए पनि विवाह नहुनु साँच्चै नै उदेकलाग्दो थियो । उमेरले छब्बीस कटेकी र कुनै शृङ्गार नगर्ने म कतैबाट पनि आकर्षक देखिन्नथें । त्यसैले हेर्न आउने केटाहरूले मलाई कहिल्यै मन पराएनन् । त्यसो भएको हुँदा म अब विवाह नगर्ने पक्षमा थिएँ । मैले परिवारलाई एउटा चिन्ता दिएकी थिएँ । त्यसैले म घरभन्दा टाढा काठमाडौंमा डेरा लिएर बसेकी थिएँ । दुई वर्षअघि काठमाडौं आएकीले म यहाँको वातावरणमा भिजिसकेकी थिएँ । सधैं अफिस जानु, कोठा फर्की एक्लै धुमधुम्ती बस्नु र भान्साको काम गर्नु सिवाय केही काम थिएन । अफिस जाँदा माइक्रो चढ्थें । म शंखमूलबाट माइक्रो चढ्थें जुन सोझै रत्नपार्क जान्थ्यो । मलाई बागबजार जान सजिलो थियो, त्यहीँ अफिस भएकाले । अफिसमा महिला कर्मचारी पनि थिए तर सबै फेसन शो गर्थे । मलाई त्यस्ता कुरामा कुनै चासो थिएन । त्यसैले मसाग कमै नजिकिन्थे । जतिबेला पनि उनीहरूको गफ साडी, गहना वा कुनै हिन्दी सिरियलसँग सम्बन्धित हुन्थ्यो । मलाई अफिसमा पनि दिक्क लाग्न थालेको थियो । एकदिन बागबजारको बाटोमा हिँड्ने क्रममा नजिकै कतै क्याफे छ कि भनी खोज्दै थिएँ । एउटा आकर्षक र शान्तझैं क्याफेमा आँखा गड्यो । त्यहीँ खाजा खाने मुड चल्यो । टेबुलमा बसेकी मात्र थिएँ, वेटरले अर्डर लियो । कुर्दै म भित्तामा झुन्ड्याइएको आर्ट हेर्न थालें । कलाप्रेमी साहु होलान्, मलाई यस्तै लाग्यो । मछेउ आएर कसैले भन्यो, ‘पेन्टिङमा दिलचस्पी छ जस्तो छ नि †’ उसले मेरो ध्यान खिचेको थियो । मैले उसलाई हेरें । ऊ मेरै छेउ उभिएको थियो । मलाई हेर्दै फेरि, ‘बस्न सक्छु ?’ सोध्ने औपचारिकता निर्वाह गर्नासाथ ऊ कुर्सीमा बस्यो । मेरो जवाफ पर्खिएन । थोरै मात्र खुलेकी थिएँ म । मेरो कम बोल्ने बानीले पनि उसलाई पट्यार लागेन । ऊ बोलिरह्यो, मैले सुनिरहें । हिँड्ने बेला उसले भिजिटिङ कार्ड दिँदै भन्यो, ‘च्याटमा सर्फिङ गर्नुहोला ।’ म भने अचम्ममा परेकी थिएँ । पहिलो भेटमै उसले चिनेकोझैं, पुरानो मित्रले जस्तै व्यवहार गर्‍यो । त्यतिबेला म पनि भर्खर–भर्खर कम्प्युटर चलाउन थालेकी थिएँ । कोठामा पनि प्रयोगका लागि कम्प्युटर राखेकी थिएँ । इन्टरनेट कनेक्सन त छँदै थियो । बेसिक जानकारी लिएकीले यो पनि उपयोगी हुने लाग्यो र भिजिटिङ कार्ड समातें । पर्समा हाल्दै भनेकी थिएँ, ‘ओके’ । यसरी भएथ्यो हाम्रो चिनजान । त्यसपछि भने हाम्रो भेट ‘डब्ल्युडब्ल्युडब्ल्यु डट कम’ मा हुन थाल्यो । अफिसमा कामको चाप बढी हुन्थ्यो । थकित हुँदै कोठामा फर्कनुपथ्र्याे । यसरी थकित अवस्थामा च्याटमा बस्नु मज्जा लाग्थ्यो । मैले आफूलाई हलुङ्गो महसुस गर्न थालेकी थिएँ । यो बिरानो ठाउँमा पनि मित्र भेटेकी थिएँ । विचार र खबर साटासाट गर्न पाएकीले पनि हुनसक्छ, म ऊसित च्याटमा घुलमिल हुन थालेकी थिएँ । एक वर्षको अवधिमा हाम्रो भेट कम, च्याटिङ बढी भयो । यो अवधिमा एक–दुई कविता लेखेर राष्ट्रिय पत्रिकामा छपाएँ । एकाध लेख वेबसाइटमा राखें । उसले इन्टरनेटमा मेरो लेख पढ्न भ्याएछ र प्रतिक्रिया पनि दियो । सही मूल्यांकन भने गरेन । मात्र भन्यो, ‘राम्रो लाग्यो ।’ अचानक एकदिन उसले मोबाइलमा फोन गर्‍यो र भन्यो, ‘हाय, कस्तो छ ? धेरै भयो नभेटेको, आज भेटौं । म तिम्रो अफिसबाहिर पाँच बजे आउँछु ।’ ‘ओके’ हुन्न भन्न सकिन । म धेरै खुसी थिएँ । धेरैपछि ऊसँग भेट्दै थिएँ । समयको पक्का देखियो । ठीक पाँच बजे ऊ बाइक लिएर मेरो अफिसअघि कुरिरहेको थियो । किन–किन उसलाई देख्नासाथ रमाइलो अनुभूति भयो । आफैंभित्र एक किसिमको ऊर्जा थपिएझैं भयो । मलाई देखेर ऊ मुस्कुरायो । म पछाडि बसिसकेकी थिएँ, उसले मोटरबाइक कुँदायो । हामी बानेश्वरको एउटा क्याफेमा पुग्यौं । मधुरो आवाजमा कुनै अंग्रेजी गीत बजिरहेको थियो । गीतले प्रेमिकालाई प्रेमीले अनुनय–विनय गरेको भाव दिन्थ्यो । हामी क्याफेको एउटा कुनामा थियौं । मलाई रमाइलो अनुभूति भैरहेको थियो । टेबुलमा कफी आइसकेको थियो । हामी भने गफमा मस्त थियौं । यो साँझ मलाई रमाइलो लाग्यो । उसले भन्यो ‘तिमीसित वेब क्यामेरा छ ? आज रातिदेखि अन गर, प्रत्यक्ष गफ गरौं ।’ ‘छ’ भनिदिएँ । मैले एक महिनाअघि वेब क्यामेरा लिएकी थिएँ । किन ढाँट्नु थियो र † वेब क्यामेराबाट स्क्रिनमा आफूलाई हेर्न खुब रमाइलो हुन्छ । म बिनामतलव वेबमा देखा पर्थें । स्क्रिनमा आफ्नो मुखाकृति विभिन्न बनावटमा प्रस्तुत गर्थें । कोठामा पुग्नासाथ कम्प्युटर अन गरें । ऊ स्काइपमा देखा पर्‍यो । अनि त के वेबको प्रयोग दिनहँु हुन थाल्यो ।  यसबीच थाहा भयो उसकी श्रीमतीसित उसको उठबस पनि बन्द छ । श्रीमती माइत गैरहन्छे । किन उनीहरूबीच यस्तो हुँदैछ जान्न म कहिल्यै इच्छुक भइन । म च्याटमित्र फेला परेकोमा ढुक्क थिएँ । साँझ अफिसबाट फर्किएपछि राति अबेरसम्म ऊसित च्याट गरिरहन्थें । एकदिन उसले नसोचेको कुरो गर्‍यो, ‘तिमी आज राम्री देखिएकी छौ । मानौं म तिम्रो प्रेमी हुँ । केही रोमान्टिक कुरा गरौं ।’ उसको कुरा सुनेर म हैरान भएँ । अचानक उसले यस्तो प्रसंग निकालेको थियो । ‘यो कसरी हुनसक्छ ?’ मैले तत्काल भनेकी थिएँ, तर मेरो मनमस्तिष्कमा एक किसिमको खलबली मच्चिएको थियो । ‘मेरी श्रीमती माइत गएकी छे । मुड अफ छ । कति गर्ने पुरानै ढर्रामा गफ । मानौं न तिमी र म प्रेमी–प्रेमिका हौं र खुब मस्तीका कुरा गरौं ।’ केही भन्न सकिरहेकी थिइन । म अलमलिएँ । ‘म तिम्रो कोठामा आएँ भने के गछ्र्यौ ?’ उसले प्रश्न गर्‍यो । ‘चिया, कफी सोध्छु । वेबसाइटका कुराहरू सिक्छु ।’ मैले जवाफ दिएँ । म प्रसङ्ग बदल्न चाहन्थें ।  ‘ओहो † मानौं तिम्रो प्रेमी तिम्रो कोठामा आएको छ । तिमी उसलाई माया गर्दिनौ ? झट्ट समाएर किस गर्दिनौ ?’ ‘अहा ।’ यति मात्र भनेकी थिएँ । ‘म आएँ भने तिमीलाई च्याप्प समाउँथें । अंगालोमा बेर्थें र ती गुलाबजस्ता राता ओठमा च्वाप्प म्वाइँ खान्थें । त्यहीँ तिम्रो ओछ्यानमा लडाउँथें ।’     ‘ओहो † यो त हद भयो, के बकवास गरेको !’ अलि ठूलै आवाज निस्कियो अनि कम्प्युटर बन्द गरें । अब मेरो पारो तात्तिएर आयो । रिस उठ्नु स्वाभाविक थियो । नचाहिँदो कुराको सुरुवात जो गरेको थियो । उसले कसरी आज यस्तो कुरो गर्‍यो भन्ने लागिरह्यो । दुई–तीन दिन कम्प्युटर खोलिन । बजारमा भर्खर निस्किएको ‘टुँडाल’ उपन्यास किनेर पढ्न थालेकी थिएँ । उपन्यासले राम्रोसँग तानेको थियो । बूढो शर्मासँग नवयौवनाको यौन सम्बन्धले आङ नै सिरिङ्ग पार्‍यो । ऊ बेलाबेला फोन गथ्र्याे । मलाई झर्काे नलागेको पनि होइन तर झर्किन पनि सक्दिनथें । फोनमा हामीले निक्कै बहस गर्‍यौं । ऊ च्याटमा आउन भन्थ्यो । म मान्दिनथें । त्यस्ता फाल्तु गफ गर्ने समय छैन भनिदिएँ । ऊ मान्न तयार थिएन । ‘यो त एउटा मुडमा आउने कुरा हो । दिनभरिको थकाइ मेट्ने बहाना । यो वास्तवमा मात्र मनोरञ्जनका लागि गरिने अनुभवको प्रयास मात्र हो । प्लिज मान । नरिसाऊ ।’ ऊ फोनमा अनुनय–विनयको भावमा बोल्यो र अगाडि भन्दै गयो, ‘यो सब एन्ज्वाइमेन्टका लागि हो । एक किसिमको सुरक्षित मनोरञ्जन । अनलाइन रोमान्समा कुनै खतरा पनि त हुँदैन †’ उसले सम्झाउने प्रयास गर्‍यो । ‘तिमी मेरो च्याटमित्र मात्र हौ । केहीबेर राम्रोसँग कुरा गर्‍यौं र नजिक भयौं भन्दैमा म तिम्रो काल्पनिक प्रेमिका हुन सक्दिन । अनि तिम्रो कल्पनामा रोमान्टिक हुन सक्दिन ।’ म झर्किएँ । ‘प्रेम नभए मित्रता कसरी हुन्छ ?’ व्यंग्य थियो वा प्रश्न बुझ्न सकिन । उसले मित्रता टुट्ने डरले मसँग माफी माग्यो र मित्रतालाई भने जोगायो । एउटा शनिबार । म आफ्नो कोठामा बसेर पुरानो कथा संग्रह ‘तिम्री स्वास्नी र म’ पढिरहेकी थिएँ । ढोका ढक्ढक्याएको आवाज आयो । ढोका खोलेँ । म छक्क परेँ । ऊ मेरो सामुन्ने थियो । ऊ मलाई हेरेर हाँसिरहेको थियो । ढोका खुल्नासाथ भित्र पस्दै सोध्यो, ‘के गर्दैछौ ?’ ‘पढ्दै थिएँ ।’ म थप बोल्न सकिरहेकी थिइन । ऊ ओछ्यानमा गएर थचक्क बस्यो । कुराको थालनी उसैले गर्‍यो । सञ्चो बिसञ्चोको कुरा गर्‍यो । आफ्नो दिनचर्या बताउन थाल्यो । चिया पकाइरहेको अवस्थामा उसले मलाई पछाडिबाट च्याप्प समात्यो । उसले यति छिटो मेरो ओठमा उसको ओठ पुर्‍यायो मैले पत्तै पाइन । ऊ मेरो ओठमा चुम्बन गरिरहेको थियो । म प्रतिक्रियाविहीन थिएँ । यो के भयो मलाई नै थाहा भएन । प्रतिकार गर्ने मेलो नै पाइन । न त मैले उसलाई धकेल्ने प्रयत्न नै गरें । चिया पिउन्जेल हामीबीच केही कुराकानी भएन । त्यहाँ एक किसिमको सन्नाटा छाएको थियो । म एकोहोरो चिया पिउँदै ऊ कुन बेला निस्किएर जाला भन्ने सोच्दै थिएँ । मलाई ऊ गइदिए पनि हुन्थ्यो भन्ने लाग्यो । केही समयपछि ऊ गयो । ऊ गएपछि मनमा अनेकौं प्रश्न आए । साँझ अनायासै फेसबुक खोलें । ऊ अनलाइनमै थियो । वेबमा आउने उसको आग्रहलाई नकार्न सकिन र वेब क्यामेरा अन गरें । ऊ भन्दै थियो— ‘गुलाबका पातजस्ता कोमल तिम्रा ओठको वर्णन गरेर साध्य छैन । म एकदम आकर्षित भएँ । तिम्रो वदनको महक लोभलाग्दो थियो ।’ ऊ फेरि पनि रोमान्टिक मुडमा देखापर्‍यो । ‘ए ! तिम्रो त्यो टेबुलमा रहेको किताब जहाँसम्म लाग्छ, ‘सर्वज्ञ र सेक्स’ हो †’ ‘पक्का हो ।’ सही अनुमानलाई समर्थन गरेकी थिएँ । ‘त्यसमा त्यो छ नि, ‘सर्वज्ञ र सेक्स’ की पात्र कति लोभलाग्दी थिई । मलाई पढुन्जेल मजा आयो । कति सेक्सी थिई । बिल्कुल तिमीजस्तै ।’ ‘तिमी धेरै छाडा नबन ।’ यस्तै भनें । ‘तिम्रो अध्ययनको पुस्तक नै त्यस्तै हुन्छ । सम्भवत: तिमीलाई यौनकथा मन पर्छ ।’ उसले त्यस्तै हल्का तरिकाले भन्यो, ‘तिम्रो शरीरको आकर्षण मेरा लागि त्यसै लोभलाग्दो छ । म तिमीलाई हेर्न चाहन्छु, जसरी किताबका अक्षर–अक्षरले एकएक गरी शरीरको लुगा बोक्रा ताछेझैं ताच्छन् । हो त्यसैगरी तिम्रो शरीरको दर्शनको अभिलाषी भएको छु । तिमी त्यही गर ।’ ओ माइ गड ! यो के भनिरहेको थियो । पत्याउन पनि मुस्किल भयो । ऊ मलाई वेब क्यामेरामा नाङ्गिन आग्रह गरिरहेको थियो । उसको आग्रहमा म सहमत हुने कुरै थिएन । ऊ पटकपटक त्यही कुरा दोहोर्‍याइरहेको थियो । घरमा ऊ एक्लै भएको र श्रीमती माइत गएकीले त्यो एक्लोपनको फाइदा लुट्न चाहन्थ्यो । ‘यसमा कुनै खतरा छैन । तिमी आफ्नो कोठामा छौ, म आफ्नो कोठामा छु । यसलाई खालि मनोरञ्जनका रूपमा लिऊँ । एकछिन रमाइलो गरौं ।’ ऊ बारम्बार दोहोर्‍याइरहन्थ्यो । उसको अनुनय–विनयमा म हार्दै थिएँ । म दोधारमा थिएँ । ‘एउटा फिल्म देखाउँछु, हेर ।’ उसले क्यामेरालाई टेलिभिजनमा मोड्यो । डिभिडी कनेक्ट गरी कुनै चक्का हाल्यो । प्ले गर्नुअघि भन्यो, ‘यो मेरी पूर्वप्रेमिकाको भिडियो हो ।’ऊ रमाउन चाहन्थ्यो । वेबमा मेरासामु ऊ केटाकेटीझैं देखिएको थियो । उसको चर्तिकला हेर्दै थिएँ म । आ–आफ्नै कोठाबाटै रमाउने इच्छा प्रबल हुँदै थियो । म स्क्रिनमा हेर्दै रोमान्टिक मुडमा उक्लिँदै गएकी थिएँ । उमेरको उन्मादमा जोकोही उमङ्गिन पुग्छ । हो, ममा पनि उमेर सुलभ चञ्चलता बाँकी नै थियो । हो, यतिबेला होस हराएकी थिएँ । दृश्य अश्लील थियो । त्यो उसकी पूर्वप्रेमिकाको थियो, ऊ आफैँले भनेको थियो । त्यो दृश्यले म चकित भएँ । यस्तो कसरी हुन सक्छ ! ऊ मलाई त्यो दृश्य किन देखाइरहेको छ ! यस्तो कतिसँग भयो होला ! यसैबाट अनुमान लगाउन सकिन्छ, आदि कुरा मनमा तँछाडमछाड गर्न थाले । मभित्र अनेक विचारले हमला गर्न थाले । मनमा चिसो पस्यो तर शरीर भने तात्तिएर आयो । रिसको सीमा बढ्न थाल्यो । यतिबेला यो सब उसले रेकर्ड पनि त गरेको हुनसक्छ ! जे मलाई देखाउँछ, अरूलाई पनि देखाउादो हो ! मेरो रेकर्ड अरूलाई नदेखाउला भन्ने के ग्यारेन्टी छ ? झटपट कम्प्युटर सट डाउन गरें । मेरो रिसको पारो चढिसकेको थियो । शरीरको सम्पूर्ण रगत सोहोरिएर आयो । मुखबाट नराम्रा गाली बक्दै रहेछु । लाग्यो कस्तो मान्छेसँग संगत गरिछु । आफैंदेखि घृणा लागेर आयो । आफैंसँग रिस उठ्यो । भोलिपल्ट मोबाइल नम्बर परिवर्तन गरें । फेसबुक तथा इमेल एड्रेस पनि परिवर्तन गरिहालें । आफू बस्ने कोठा सारें तर अनलाइन कहिल्यै भइन । मेरो वेब तृष्णा मरिसकेको थियो ।  

दिनमान गुर्मछान, मंसिर १४, २०७४

-- पुरै पढ्नुहोस् --

मनको बाघ

ए दिदी, तुरुन्त मलाई खाना ठीक पारिदिनुस् त,’ पल्लो घरकी कान्छी बुहारी अञ्जलीले जेठानी रमालाई आदेश दिँदै भनेको सुनियो ।

रेवा दाहाल घिमिरे, चैत्र २२, २०७३

-- पुरै पढ्नुहोस् --

मनको बाघ

ए दिदी, तुरुन्त मलाई खाना ठीक पारिदिनुस् त,’ पल्लो घरकी कान्छी बुहारी अञ्जलीले जेठानी रमालाई आदेश दिँदै भनेको सुनियो ।

रेवा दाहाल घिमिरे, चैत्र ६, २०७३

-- पुरै पढ्नुहोस् --

सुष्माको प्रेमकथा सिमल

ठडिन खोज्दाखोज्दै प्रकृतिले ढलाएको प्रेमको निर्मम कथा हो ‘सिमल’ । उपन्यासकार सुष्मा खड्काले यो उपन्यासमार्फत एउटी युवतीको प्रेम र समाजलाई हेर्ने दृष्टिकोण व्यक्त गरेकी छिन्

नारी संवाददाता , फाल्गुन ५, २०७३

-- पुरै पढ्नुहोस् --

चरित्र

‘तँ चरित्रहीन होस् ।’ विवेक जोडले करायो । ‘किन ? के चरित्रहीन काम गरें मैले ?’ सानो स्वरमा सोधी सविताले ।‘अझ मुखमुखै लाग्छेस् ?’ विवेकले आफ्नो आक्रोशको डिग्री बढायो । ‘बढी बोलेकी होइन, सोधेकी मात्र हुँ । मैले त्यस्तो के चरित्रहीन काम गरें ?’ सविताले थप स्पष्टीकरण मागी । ‘बढ्ता बोल्ने होइन ल । मेरो रिसको पारो तातिसक्यो अब । अति भो अति ।’ विवेकको आक्रोशका अगाडि सविताले चुप नलागी धर पाइन ।

डा. टीकाराम पोखरेल, पुस २६, २०७३

-- पुरै पढ्नुहोस् --

श्वेत उपत्यका

तपार्इंलाई थाहा छ, यहाँ मानिसहरू कसरी मर्छन् ? यो रुख, त्यो पहरा, तल बगिरहेको नदी वा यी छाप्राहरू, त्यो गाउँ, त्यो सहर, यी ठूल्ठूला भवनहरू सबैमा मानिसले आफ्नो शरीर सजिलै सुिम्पन्छन् । कोही झुन्डिन्छन् ।

अनुपम रोशी, पुस १२, २०७३

-- पुरै पढ्नुहोस् --

विखण्डित मन

हरेक मानिसको यात्रा फरक–फरक हुन्छ । कोही फूलमा टेकेर यात्रा गर्छन्, कोही काँडामा, कोही फूल र काँडा दुवैमा टेकेर यात्रा गर्छन् । पोखराको लेकसाइडमा जन्मिएकी गुञ्जनले भने केवल फूलमै टेकेर यात्रा गरी । उसलाई अभावको सिरेटोले पटक्कै छोएन ।

ललिता दोषी , मंसिर ३०, २०७३

-- पुरै पढ्नुहोस् --

क्याफेमा चिसो चिया र कथा

यतिबेला म सहर नामको एउटा अव्यस्थित बस्तीभित्र कहिल्यै नउकासिने गरी भासिएकी छु अथवा यसो भन्दा पनि हुन्छ अब मेरो जीवनको कुनै गन्तव्य छैन ।

कल्पना आचार्य, मंसिर २२, २०७३

-- पुरै पढ्नुहोस् --

खुसीको आँसु

‘म स्टाफ नर्स पढ्न चाहन्छु।’ शिलाले आमासँग भनिन्।

दिनमान गुर्मछान, पुस ४, २०७२

-- पुरै पढ्नुहोस् --

साली

‘हैन लोग्ने मान्छेको जात पनि कस्तो हुँदो र’ छ † तरुनी हेर्दै मख्ख पर्ने ।

दिलमान गुर्मछान, मंसिर ३, २०७३

-- पुरै पढ्नुहोस् --

सुनको हार

काठमाडौंको मध्यभागस्थित जुद्ध सडक ।

दीपिका प्याकुरेल खनाल , कार्तिक २३, २०७३

-- पुरै पढ्नुहोस् --