विचार

महिलालाई चुनाव किन ?

 गर्मी सकिएर क्रमश: जाडो सुरु भएपनि प्रतिनिधिसभा एवं प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको गर्मी उत्कर्षमा पुग्दैछ । स्थानीय तहमा ४० प्रतिशत महिला चुनाव जितेर विकासको काममा साथ दिन मैदानमा उत्रिसकेका छन् ।यो अवस्थामा महिलालाई चुनाव किन शीर्षकले आश्चर्य चकित बनाउला तर गहिराइमा पुगेर चिन्तन गर्दा महिला अनि चुनावलाई लिएर जुन चर्चा चलेको छ, जीवन, जगत् र स्वभावलाई लिएर तुलना गर्ने हो भने यो बिल्कुल फरक छ । जीवनमा जहिले पनि प्रसाद र प्रयास दुवै कुरा प्राप्त छन् । प्रसाद सहज तरिकाले अस्तित्वले उपलब्ध गराएको हुन्छ भने जीवन प्रसाद हो जुन हाम्रो प्रयासले सम्भव छैन । बाँकी पद, धन, सम्मान, चुनाव, जित, हार सब बाहिरी देखावटीकुरा हुन् जसका लागि मानिस जीवनभर मरिहत्ते गरिरहन्छन् । ओशोले यही तथ्यलाई प्रस्ट रूपमा भनेका छन्–‘मानिस बिहानदेखि सााझसम्म चुनाव नै त गरिरहेको हुन्छ ।व्यक्तिले प्रेम, सम्बन्ध, खानपान, जागिर, नाफा–घाटा हेरी चुनाव गरेरै त निक्र्याैल गरेको हुन्छ । मानिसले सहज रूपमा जे उपलब्ध छ वा हुन्छ त्यसलाई स्वीकार कहाँ गर्छ र ? तर्क, प्रश्न एवं प्रयासरूपी चुनावले व्यक्तिलाई कहिल्यै छोड्दैन जबसम्म ऊ स्वयंको स्वभावलाई बुझेर प्रसादरूपी अस्तित्वको कृपालाई अनुभूति गर्न सक्दैन । महिलाको हकमा भन्नुपर्दा महिलाको स्वभाव स्वीकार, धैर्य एवं विराटताको हो । यिनै स्वभावमा महिलाहरूले खुसी प्राप्त गर्छन्, उनीहरूका लागि कुनै चुनाव आवश्यक छैन ।’स्थानीय तह निर्वाचन कानुनमा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने राजनीतिक दलले त्यसमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । यसका साथै चारजना वडा सदस्यमध्ये दुईजना अनिवार्य महिला हुनुपर्ने व्यवस्थाका कारण स्थानीय तहमा महिला सहभागिता उत्साहजनक रह्यो ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कानुनमा भने यस्तो किटानी व्यवस्था नहुादा प्रत्यक्षतर्फ महिला उम्मेदवारको उपस्थिति अत्यन्त न्यून छ । प्रतिनिधिसभा निर्वाचन ऐनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला उम्मेदवारको संख्या नतोकिएको र त्यसको फाइदा दलहरूले उठाएको, दलहरूले प्रत्यक्षतर्फ महिलालाई कम संख्यामा उम्मेदवार बनाएको अनि समानुपातिक कोटाबाट संख्या पुर्‍याउने नियत देखिएको विषयले पर्याप्त चर्चा पाएको छ ।संवैधानिक प्रावधानअनुसार त प्रतिनिधिसभा एवं संघीय संसद् दुवैमा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने हो तैपनि यसपटक प्रत्यक्षतर्फ पाँच प्रतिशतको हाराहारीमा मात्र महिला उम्मेदवारी पर्नुुले लैंगिक सशक्तीकरणको सन्दर्भमा दरिद्र मानसिकता प्रदर्शन गरेको भन्ने आरोप राजनीतिक दलहरूमाथि लागेको छ । यी सबै प्रक्रिया र हल्ला वास्तवमा महिला सशक्तीकरण, महिलाका लागि अवसर, समानता, सहभागितालगायत थुप्रै विषयमार्फत महिला उत्थानकै पक्षमा महत्वपूर्ण पक्ष हुन् । विचारणीय कुरा के भने, राष्ट्र विकासका महत्वपूर्ण पक्ष एवं सहभागिता र योगदानका निर्णय नियममा बाँधिन्छ, आरक्षणमा सीमित हुन्छ र चुनाव अनि जिम्मेवारी भन्ने कुरा जातीयता र लैङ्गिकतामा मापन गरिन्छ भने त्यसको प्रतिफल कस्तो आउला ?राष्ट्र विकासका क्रममा शैक्षिक योग्यता पुगेका महिलाले मात्र होइन भावनात्मक रूपमा सकारात्मक सोच भएका, राष्ट्र विकासमा योगदान गर्न खुबी राख्ने, शारीरिक, आत्मिक एवं सामाजिक रूपमा स्वस्थ जुनसुकै वर्ग तथा जातिका महिलाले निर्वाचनमा सहभागिता जनाउन तथा राष्ट्रलाई योगदान पुर्‍याउन सक्छन् । आफ्नो विचारधाराअनुसार राखिने दलगत मान्यता हुन् वा जाति र वर्गको पक्षधरता यी सब समाजले बनाएका मान्यता हुन् । मान्यतामा कुनै तथ्य हुँदैन ।मान्यता बनाइएका हुन्छन् भने कालान्तरमा ती मान्यता त्यसै हराएर पनि जान सक्छन् । महिलाहरू मान्यताभन्दा माथिको गुणले सम्पन्न अस्तित्वका सृष्टि हुन् । के भविष्यमा कुनै राजनीतिक दल वा संविधानले महिलालाई आरक्षण दिएन, कानुनमा समेटेन भने महिलाको अस्तित्व मेटिन्छ? महिला सधैँ पुरुषले छोडेको भाग छोप्ने दर्जाका हुन् ? महिला सधौ पुरुषको ईशारामा चल्ने, आफ्नो खुबी र दक्षता नभएका प्राणी हुन् र ? अवश्य होइनन्, दक्षता, खुबी, बौद्धिकता, साहस एवं जिम्मेवारी सम्हाल्ने क्षमता मानिस जाति सबैमा बराबर दिएको छ अस्तित्वले । यी विशेषणले कुनै जाति, लिङ्ग एवं वर्ग विशेषसाग मात्र सम्बन्ध राख्दैनन् । कुन सोच लिएर कुन क्षेत्रमा आफू अघि बढ्ने भन्ने रोजाइ मात्र व्यक्तिमा भर पर्छ चाहे त्यो महिला होस् वा पुरुष,कुनै जात होस् वा वर्ग ।हो, विश्वका कतिपय मुलुकका महिलाहरू र नेपालमा पनि एकाध महिलाले राजनीतिमार्फत आफ्नो समाज र राष्ट्रमा ठूलो परिवर्तन ल्याएका उदाहरण नभएका होइनन् यद्यपि महिलाहरू राजनीतिमा संलग्न हुँदा मात्र सक्षम हुन्छन् वा उनीहरूको क्षमता अभिवृद्धि हुन्छ भन्ने धारणा र मान्यता सही होइन । हाम्रै राष्ट्रको उदाहरणले बताउँछ–राजनीतिमा प्रवेश गरेका महिलाको सहभागिता, दायित्व र भूमिका सहज छ कि उनीहरूले आरक्षणरूपी परिचयबाट कसैको ईशारामा चल्नु परेको छ ? मानिस जन्मजात स्वतन्त्र प्राणी हो भने कसैले दिएर पाउने, पाउनका लागि अनेक प्रपञ्च र सेवा गर्नुपर्ने अनि कसैको ईशारामा मात्र चल्नुपर्ने हैसियतलाई निर्वाचनले कसरी न्याय गर्छ ?जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम र सुविधा, शिक्षा, स्वास्थ्य एवं मातृत्व स्वास्थ्यको ख्याल, सामाजिक इज्जत र प्रतिष्ठा अनि मातृत्वको कदर कुनै राजनीतिक दलको टिकटभन्दा अमूल्य हुनेछ महिलाहरूका लागि । महिलाबिनाको सृष्टि, घर तथा परिवारको कल्पना गर्न सकिँदैन भने महिलाको नाममा पुरुषवादी सोच, पितृसत्तात्मक परिपाटीजस्ता विषयहरूलाई मुद्दा बनाएर किन महिलाको चर्चा आवश्यक छ ? महिलाको आफ्नै अस्मिता र अस्तित्व छ ।आफ्ना सम्बन्धहरूलाई, घर, परिवार र वातावरणलाई प्रेमपूर्ण र ऊर्जावान् बनाउन सधैँ सफल, धैर्यको गुणले भरिपूर्ण महिलाहरूलाई एउटा टिकट र पदले कसरी पूर्णता दिन सक्छ ? पुरुषको घमण्ड र सम्मान जोगाउन अनि पुरुष प्रधान समाज कायम राख्न हामीले नै अनेक तिकडम गरेका त छैनौा? पुरुष र महिला भनेर फरक गर्न खोजिने र गरिने कारणहरू चुनाव वा आरक्षणमा होइन मानिसको चेतनामा खोज्नु जरुरी छ, मानिसको मनोविज्ञानभित्र खोजिनु जरुरी छ । भित्री बुझाइका लागि थोरै मात्रामा भए पनि आध्यात्मिक ज्ञान आवश्यक छ । आध्यात्मिक ज्ञान मानिसको स्वभाव हो र त्यो मानिसले जन्मँदै लिएर आएको गुण हो ।यसमा महिला र पुरुष भन्ने भिन्नताको प्रसंग नै आउँदैन । अध्यात्मले प्रेमको मार्ग मात्र प्रस्तुत गर्छ । आफ्नो स्वभावमा बाँच्न सिकाउँछ अनि मानिस आफ्नो उद्गम र स्वभावमा फर्कन्छ । भित्री चेतना खुलेको मानिसले मात्र स्वतन्त्र र सभ्य समाजको सुरुवात गर्न सक्छ जुन तथाकथित चुनावभन्दा उच्च गुणको क्रान्ति हुनसक्छ । राजनीतिमा सक्रिय धेरैजसो महिलाको घरपरिवारमा मनमुटाव पनि देखिन्छ किनभने तर्क गर्नु, जिद्दी बन्नु, सडकमा झन्डा बोकेर हिँड्नु महिलाको स्वभाव होइन । यी कुराबिना हाम्रो समाजमा राजनीतिमा लाग्नलाई सहज छैन महिलाहरूलाई । ती कुराहरू घरपरिवारलाई सही नलाग्नु एक अर्थमा ठीक पनि हो ।स–सम्मान राजनीति गर्न पाएका महिलाहरूको संख्या कति होला ? त्यसैले कुनै पनि कुरालाई चुनावद्वारा निश्चित गर्दैमा त्यो सत्य नहुन सक्छ । चुनाव एउटा गणित हो तर जीवन गणितका आधारमा जिउन थालियो भने हालत चुनाव परिणामजस्तै हुन्छ । प्राकृतिक रूपमा जन्मिएको,हुर्किएको, प्रेम पाएको,प्रेम दिन जानेको मानिसले गणितको सहारा लिएर जित–हारमा जान खोज्नु प्राकृतिक होइन । त्यसैले चुनावी सरगर्मी र उम्मेदवारी भन्दा महत्वपूर्ण अनेकन पक्ष छन् महिलाहरूको जिम्मेवारीमा जसले शान्त र आनन्दित जीवनका लागि प्रेरणा दिइरहेका हुन्छन् ।  

डा. नम्रता पाण्डे, मंसिर ३, २०७४

-- पुरै पढ्नुहोस् --

धर्ममा नारी शक्ति

विश्वासमै यो ब्रह्माण्ड अडिएको छ । शक्तिको पूजा आज मात्र होइन धेरै पहिलेदेखि हुँदै आएको हो । यो संसार प्राकृतिक एवं कृत्रिम शक्तिको बल र प्रभावमा अडिएको छ । मानिसहरू अहिले आएर त शक्तिकै पछाडि दौडिरहेका पाइन्छन् । संसारमा आजसम्म पनि यस्ता कतिपय शक्तिमाथि विश्वास गरिन्छ जुन सर्वव्यापी मानिँदै आएको छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक १०, २०७४

-- पुरै पढ्नुहोस् --

गृहलक्ष्मीमा हुनुपर्ने गुण

कुनै पनि घरमा सुख, समृद्धि, प्रसन्नता र शान्ति छ भने त्यसको कारण हो त्यस घरकी महिलामा घरलाई ऐश्वर्य बनाउने कला प्राप्त छ, महिला जननी हुन्, धैर्य हुन् । शील हुन् र स्वीकारको गुण भएकी सर्वस्वीकार्य धर्ती माता हुन् । त्यसैले त धर्ती, सम्पत्ति, देवी सबै शक्ति र गुणहरूमा स्त्री शब्द जोडिएर आएको हुन्छ ।

डा.नम्रता पाण्डे, आश्विन २९, २०७४

-- पुरै पढ्नुहोस् --

वृद्धावस्था आजको चुनौती

६० प्रतिशत रोग वृद्धावस्थामै लाग्छ । सरकारले सार्वजनिक सेवा विशेषगरी यातायात, सञ्चार र स्वास्थ्यमा ज्येष्ठ नागरिकहरूलाई विशेष सुविधा दिने योजना बनाए पनि हालसम्म नेपालमा कुनै पनि अस्पतालमा वृद्धवृद्धाहरूका लागि छुट्टै वार्डको व्यवस्था गरिएको पाइँदैन ।

रचना मास्के, भाद्र ९, २०७४

-- पुरै पढ्नुहोस् --

सबैले रोज्ने भन्सारको ज्वाइँ, कसरी घट्छ भ्रष्टाचार ???

ए बूढा ! ठूली छोरीलाई जस्तो कुल इमान्दार, सोझो केटो भन्दै महिना मर्दा एकदिन सुख्खा तलब मात्र बुझ्ने केटालाई कान्छी छोरी दिने होइन है भन्द्या छु । यसपटक कान्छीको विवाह गर्नुपर्छ रे, यो लगनमा विवाह भएन भने चार वर्षसम्म गर्नु हुँदैन भनेका छन् ज्योतिषीले ।

यमुना अर्याल, श्रावण १५, २०७४

-- पुरै पढ्नुहोस् --

महिला आरक्षण सिट

महिला आरक्षण सिटकै लागि मेरी एउटी साथी र एक युवकबीच भनाभन भयो । हामी नारायणगोपाल चोकबाट स्वयम्भू जाँदै थियौं । बसमा भीड थियो । एक युवक महिला आरक्षण सिटमा निदाइरहेका थिए । मेरी साथीेले उनलाई उठाइन् । युवक झस्किए ।

निरूपा प्रसून, असार ३०, २०७४

-- पुरै पढ्नुहोस् --

वैदेशिक रोजगारमा महिला

नेपाली महिलाहरू वैदेशिक रोजगारीमा जान थालेको लगभग दुई दशक बितिसकेको छ तर यो अहिले पनि त्यति व्यवस्थित हुनसकेको छैन । पहिले जस्ता समस्या थिए ती समस्या आजसम्म पनि जस्ताको तस्तै छन् ।

नारी संवाददाता, जेष्ठ ७, २०७४

-- पुरै पढ्नुहोस् --

कसरी सफल हुने

आधुनिकतासँगै मानिसका आवश्यकताहरू पनि फेरिएका छन् । यससँगै जीवनशैली नफेरिने कुरै भएन । बढ्दो आवश्यकता परिपूर्तिका लागि महिला–पुरुष दुवै कामकाजी हुनुपर्ने बाध्यता छ । फलत: पुरुषको वर्चस्व भएका कतिपय क्षेत्रमा महिलाहरू पनि अग्रसर हुन थालेका छन् ।

नारी संवाददाता , वैशाख २६, २०७४

-- पुरै पढ्नुहोस् --

विद्युतीय अपराध र महिला हिंसा

सामान्यत: कम्प्युटर तथा इन्टरनेट प्रयोग गरी हुने आपराधिक क्रियाकलाप नै साइबर अपराध हो । नेपालको विद्युतीय कारोबार ऐन २०६३ ले कम्प्युटर इन्टरनेटलगायतका विद्युतीय संचार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्नेजस्ता कामलाई विद्युतीय कसुर भनी परिभाषित गरेको छ ।

मीना मरासिनी, वैशाख ४, २०७४

-- पुरै पढ्नुहोस् --

नारी आन्दोलन कस्का विरुद्ध ?

हरेक वर्ष नारी दिवसका दिन वरपर शहरका केहि कार्यक्रमस्थल र तारे होटलका मञ्चहरु धुमधामका साथ सजाईन्छन् र नारी आन्दोलनका कुराहरु उछालिदैआएका छन् ।

अविरल थापा, फाल्गुन २५, २०७३

-- पुरै पढ्नुहोस् --

आफ्नो भागको जिन्दगी कहिले बाँच्ने ?

स्टार वल्र्ड च्यानलबाट ‘अपेरा विस्नी’ सो आइरहेको थियो । ‘अपेर विस्नी’ सोमा संसारका सबै क्षेत्रका चर्चित अनुहारका निजी कुराहरूलाई लिएर अन्तर्वार्ता लिइन्छ । त्यो दिन कार्यक्रममा ‘एलेन डी जेनेरस र पोर्सिया डी रोशी’ सहभागी थिए । उनीहरू लेस्बियन जोडी थिए । पछि थाहा पाएँ । एलेन डी जेनेरस अमेरिकाको चर्चित टेलिभिजन टक सोकी संचालिका तथा एलेनकी हास्यअभिनेतृ हुन् । उनले पुस्तक पनि लेखेकी रैछिन् ।

निरूपा प्रसून, माघ ९, २०७३

-- पुरै पढ्नुहोस् --