हेरचाह

छाला र अनुहार बिग्रने प्राकृतिक कारणहरू

शरीर र अनुहारको छालालाई घामपानी, धूवाँ–धूलो, बढी चिसोका साथै विभिन्न किसिमको प्रदूषणबाट बचाउनुपर्ने हुन्छ । बाहिरी प्रकोपबाट बचाएर छालालाई स्वस्थ बनाउन अलिकति समय निकालेर यसको हेरचाह गर्नुपर्छ । छालाको सुरक्षाका लागि महँगो मूल्य तिरेर मात्र हुँदैन बरु केही कुरामा सचेत भएर घरेलु उपाय अपनाउन सकिन्छ । सामान्य कुरामा ध्यान पुर्‍याउन सकियो भने छालाको प्राकृतिक सौन्दर्य जोगाउन सकिन्छ ।धेरै गर्मी र चर्को घामले छालामा चायाँ, पोतो र तिलकोठी आउन सक्छ । साथै चर्को घाममा धेरै बस्नाले छालाको क्यान्सर हुने सम्भावना बढ्छ ।मादकपदार्थ र धूम्रपानको बढी सेवनले पनि शरीरमा पानीको मात्रा सुकेर ब्लड सर्कुलेसनमा कमी आउँछ, जसका कारण छाला कमजोर एवं निर्जीव हुन थाल्छ अनि छालामा भएको भिटामिन ‘सी’ पनि नष्ट भएर जाने भएकाले छाला फुस्रो हुनुका साथै चाउरी परेको देखिन्छ ।डन्डिफोरले पनि अनुहारलाई कुरूप बनाउँछ । युवावस्थामा हार्माेन्स परिवर्तनका कारण तैलीय ग्रन्थि बढी सक्रिय हुनाले रोमछिद्र बन्द हुन्छन् र डन्डिफोर आउँछन् । यसलाई कोट्याए बिग्रिएर दाग बस्छ ।निद्रा एवं आरामको कमीले पनि मानिस कमजोर बन्छ अनि छिट्टै बूढो देखिन्छ, चिडचिडापन बढ्छ । यी सबै कुराको असर अनुहारमा देखा पर्छ ।धेरै बाफ लिए पनि अनुहार बिग्रन्छ, बाफले अनुहारको रोमछिद्र खुल्छ र पछि अनुहारमा प्वाल देखिन्छ ।सन्तुलित आहारको कमीले पनि शरीर कमजोर हुनुका साथै अनुहारमा विभिन्न परिवर्तन देखिन्छ । बढी चिल्लो, पिरो, अमिलो तथा मसलादार खानाले शरीरको पाचन प्रणालीदेखि अनुहारमा पनि असर पार्छ । छाला बिग्रनबाट बचाउने प्राकृतिक उपायसकेसम्म घाममा नहिँड्ने, हिँड्नु परे छाता प्रयोग गर्ने ।धूम्रपान तथा मादकपदार्थको सेवन सकेसम्म नगर्ने, प्रशस्त मात्रामा पानी पिउने ।सादा खाना बढी खाने अर्थात् चिल्लो, पिरो, अमिलो र मसलेदार खाना एकदम कम खाने, तरकारी र फलफूल बढी खाने ।चिन्ता नलिने, सकेसम्म बढी आराम गर्ने, कम्तीमा पनि आठ घन्टा निदाउने ।गर्मी महिनामा दैनिक ३ पटक तथा जाडोमा मनतातो पानीले २ पटकसम्म अनुहार धुने ।बाफ दिँदा मलमलको कपडालाई भिजाएर अनुहार छोप्ने । अनुहारमा ब्ल्याक हेड्स–ह्वाइट हेड्स बढी छ भने महिनामा एकपटक मात्र बाफ लिने ।छालालाई स्वस्थ, चम्किलो एवं सुन्दर बनाउन महिनामा एकपटक फेसियल गर्ने वा छालाको किसिम पत्ता लगाएर दक्ष ब्युटिसियनको सल्लाहअनुसार छालाको स्याहार गर्नु उपयुक्त हुन्छ । 

नारी संवाददाता , चैत्र १७, २०७३

-- पुरै पढ्नुहोस् --

मिड डे मोइस्चराइजर

कुनै पनि मोइस्चराइजरको प्रभाव ६–७ घन्टापछि कम हुन्छ । यसलाई लन्चपछि लगाउँदा छालामा चमक आउँछ ।

नारी संवाददाता , फाल्गुन १६, २०७३

-- पुरै पढ्नुहोस् --

हरियालीले खुसी दिन्छ

फूलले सबैको मन लोभ्याउँछ । त्यसैगरी घर वरिपरि हरियाली भए आनन्द महसुस गर्न सकिन्छ । घर वरिपरि फूल, बगैंचा भए वातावरण नै रमणीय हुन्छ ।

नारी संवाददाता , फाल्गुन १४, २०७३

-- पुरै पढ्नुहोस् --

इन्डक्सन चलाउँदा अपनाउनुपर्ने सावधानी

नेपालीहरू इन्धन अभावका कारण खाना पकाउने वैकल्पिक उपाय अपनाउन बाध्य भए। यसै क्रममा उच्च तथा मध्यमवर्गीय परिवारमाझ इन्डक्सन चुल्हो विशेष लोकप्रिय भयो।

नारी संवाददाता , माघ २८, २०७३

-- पुरै पढ्नुहोस् --

मनको ऐनामा मान्छे

कुनै पनि मानिसले आफ्नो रूप–रंग, बोलीचाली, आफूले गरेको व्यवहार, उसलाई समाजले हेर्ने दृष्टिकोण तथा आफ्नै सोच आदिबाट आफ्नो व्यक्तित्व निर्माण गर्छ । मानिस जतिसुकै सुन्दर तथा तेजस्वी भए पनि प्राय: उसले आफ्नो रूप–रंग एवं व्यवहारमा कुनै न कुनै खोट निकालिरहेको हुन्छ ।

नारी संवाददाता , पुस २९, २०७३

-- पुरै पढ्नुहोस् --

उमेरअनुसार स्किन केयर

उमेरअनुसार छालाको स्याहार गर्नुपर्छ । बाल्यावस्थाको छाला र युवावस्थाको छालामा भिन्नता हुन्छ ।

नारी संवाददाता , मंसिर २६, २०७३

-- पुरै पढ्नुहोस् --

मासु कसरी संचय गर्ने ?

एकैपटक धेरै मासु पकाउनुभन्दा पनि मासुलाई साना–साना पोका बनाएर फ्रिजमा राखी आवश्यक मासु मात्र पकाउन सकिन्छ ।

नारी संवाददाता , आश्विन १६, २०७३

-- पुरै पढ्नुहोस् --

खाद्यपदार्थको ढुसीबाट पैदा हुनसक्ने ढुसीजन्य विष

ढुसीले खाद्यपदार्थको स्वाभाविक गुणमा परिवर्तन गर्दै विषसमेत पैदा गर्न सक्छ्र ।

नारी संवाददाता , भाद्र १५, २०७३

-- पुरै पढ्नुहोस् --

आँखाको सुन्दरता

अहिले कलर्ड कन्टेक्ट लेन्सको सबैभन्दा बढी क्रेज युवतीहरूमा पाइन्छ । कन्टेक्ट लेन्स पहिले आँखाबाट भद्दा र मोटो देखिने चस्मा उतार्न वा कमजोर दृष्टि भएकाहरूका लागि उचित विकल्पका रूपमा परिचित हुन्थ्यो भने अहिले यो स्टाइलिस र फेसनेबल पक्ष बन्न पुगेको छ ।

रोजिन शाक्य, श्रावण २९, २०७३

-- पुरै पढ्नुहोस् --

वृद्धावस्था आजको चुनौती

संसारको हरेक चीज पुरानो भएपछि नष्ट भएर जान्छ । मानिस पनि जन्मन्छ, हुर्कन्छ, वृद्ध हुन्छ र अन्त्यमा उसको मृत्यु हुन्छ ।

श्रावण २८, २०७३

-- पुरै पढ्नुहोस् --

जब छोरी तरुनी हुन्छिन्

आमा त्यतिबेला चिन्तित हुन्छिन्, जब उनले आफ्नी छोरी आफ्नै अगाडि क्रमश: युवती हुँदै गएको देख्छिन् । यस्तोबेलामा आमालाई आफू युवती हुने क्रममा आएका समस्या, मनमा आउने भावना एवं स्वर्णिम कल्पनामा बिताएका दिनहरूको सम्झना आउन थाल्छ । जतिबेला छोरीको वक्षस्थल भरिँदै जान्छ र उनी

अश्विनी कोइराला, श्रावण २४, २०७३

-- पुरै पढ्नुहोस् --