हाम्रो समाज हाम्रा नारी

महिला र राजनीति

 रामकुमारी झाँक्री (नेतृ, नेकपा एमाले)राजनीति न्यायोचित वितरणको सशक्त माध्यम हो । वि.सं. २०४६ पछिको पुस्ता सबैतिर राजनीतिमा देखिन्छ भने यसमा संख्यात्मक रूपमा पुरुष बढी छन् । वि.सं. २०४६ देखि लिएर ०६२–०६३ सम्म आइपुग्दा महिलाहरू राजनीतिमा कम टिकेको पाइन्छ । ४० को दशकमा राजनीतिमा क्रियाशील महिलाहरू किन टिक्न सकेनन् ? यसका धेरै कारण छन् । अवसर कम चुनौती बढी, सेवामूलक काम, प्राप्ति कम यसका केही कारण हुनसक्छन् । अर्को छुटाउनै नहुने कुरा प्राय: महिला नेतृले राजनीतिज्ञसँगै विवाह गरे । ती महिलाले आफू पछाडि हटेर राजनीतिक युद्ध मैदानमा आफ्ना श्रीमान्लाई पठाए । उनीहरू ब्याक सपोर्टका रूपमा पछाडि बसेर श्रीमान्हरूलाई अघि बढाउन प्रयत्नरत रहे । राजनीति भनेको पुरुषले अपनाउने पेसा र यसमा पुरुषले मात्र चुनौती झेल्न सक्छ भन्ने सोचका कारण विगतमा राजनीति गरेका महिलाहरू राजनीतिलाई छाडेर शिक्षण, व्यवसाय, बैंकर, सरकारी जागिरजस्ता वैकल्पिक पेसा अपनाएर घर चलाउनमै तल्लीन भए । ५० को दशक पनि यस्तै रह्यो । जब ०६२–०६३ को आन्दोलन सफल भयो त्यसपछि समावेशी र सहभागिताको कुरा आयो । यसै बखत राजनीति महिलाका लागि एउटा ठूलो अवसरका रूपमा देखा पर्‍यो । चुनौती र जोखिम कम भयो । प्रतिस्पर्धात्मक हिसाबले त उस्तै गाह्रो थियो । कारण के भने घरपरिवार, बालबच्चा, चुल्हो–चौका, घाँस–दाउरा आदि सम्हाल्न बाध्य महिलाका लागि हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सहज छैन । पितृसत्तात्मक सामाजिक सोच, संस्कार–रीतिरिवाज, महिला–पुरुषबीचको सामाजिक भिन्नता आदिका कारण महिलालाई कम सुनिन्छ, कम स्वीकार गरिन्छ । पितृसत्ताले ग्रसित प्रभावका कारण महिलालाई सुन्ने, स्वीकार गर्ने, उनीहरूको नेतृत्व मान्ने संस्कार नै छैन हामीमा । यिनै कारणले महिलाले राजनीति गर्ने, नेतृत्व लिने भन्ने कुरा पुरुषको तुलनामा कठिन एवं जोखिमपूर्ण देखिएको हो ।  ०६२–०६३ पछि ३३ प्रतिशत आरक्षण, समान सहभागिता (राष्ट्रपति र उपराष्ट्रपति, सभामुख र उपसभामुख, हरेक क्षेत्रमा महिलाको अनिवार्य सहभागिता) को कुरा आयो र उक्त कुरा नयाँ संविधानमै उल्लेख गरियो । यसलाई महिलाका लागि ठूलो अवसर र उपलब्धि मान्नैपर्छ । कम क्षमतावान् भए पनि राजनीतिक नियुक्ति गरिने स्थानमा महिला आए । महिलाले यो अवसरलाई सही ढंगले प्रयोग गर्न सक्नुपर्छ । आफूमा भएको बल, बुद्धि एवं क्षमतालाई जतिसक्दो खर्चिएर आफूलाई प्रमाणित गर्न सक्नुपर्छ । यो अवसरलाई प्रमाणित गर्न खरो उत्रिनु जरुरी छ । त्यसो गरिएन र पाएको पद दुरुपयोग भयो वा असफल भइयो भने भोलिका पुस्तालाई मार पर्छ ।  राजनीति सजिलो छैन । धेरै काम–कुरा अर्काका लागि गर्नुपर्छ तर महिलाका लागि राजनीतिमा सहज र असहज भन्ने कुरा कुन तहको सहभागिता हो त्यसमा निर्भर रहन्छ । समावेशिता र आरक्षण तथा राजनीतिक नियुक्तिको सहभागिता हो वा प्रतिस्पर्धात्मक सहभागिता ? प्रतिस्पर्धाबाट राजनीतिमा आएका महिलाका लागि पहाडै सरहको संघर्ष छ । अहिले आएर समाज अलिकति खुकुलो भएका कारण म कहाँ जान्छु, कोसँग बोल्छु, कसलाई भेट्छु कमै चासोको विषय बन्छ । पहिलेको तुलनामा हाल आएर अन्य क्षेत्रमा जस्तै महिलालाई राजनीति गर्न थोरै भए पनि सजिलो भएको छ । जनयुद्धका बेला रातभरि जंगल नहिँडेका पनि होइनन् महिला, हिजो कठिन काँडाघारीको यात्रा आज कतिपय स्थानमा सहभागिताका कारण दु:खका दिन बिर्सने औषधि बनेको छ । विवाहपछि राजनीति रोकिने वा अझै अघि बढ्ने भन्ने प्रश्न कुन सन्दर्भमा कुन स्थानमा रहेका र कसरी त्यहाँ पुगेका महिला हुन् भन्ने कुरामा निर्भर रहन्छ । ३३ प्रतिशत कोटा वा सहभागिताका आधारमा श्रीमती सभासद भइन् भने श्रीमान् घर सम्हालेर, बालबच्चा हेरेर बस्न तयार हुन्छन् । यसबाट आर्थिक, सामाजिक प्रतिष्ठा, शक्तिजस्ता कुरा प्राप्त हुने भएपछि सम्झौताहीन सहयोग प्राप्त हुन्छ तर जतिबेला राजनीति सामाजिक कार्यमा मात्र सीमित रहन्छ त्यतिबेला महिलालाई असाध्यै गाह्रो हुन्छ । महिलालाई विवाहपछि वा आमा भैसकेपछि राजनीतिक क्रियाकलापमा लाग्न कठिन हुनुले के दर्शाउँछ भने राजनीति प्राप्ति नभै त्याग हो । (कुराकानीमा आधारित लेख )

लक्ष्मी भण्डारी थापा, फाल्गुन ८, २०७३

-- पुरै पढ्नुहोस् --

समाजसेवी मिस नेवा

२०१३ कि मिस नेवा सुदिना श्रेष्ठ अहिले सामाजिक काममा व्यस्त छिन् । सानै उमेरदेखि समाजका लागि केही गर्नुपर्छ भन्ने सोच राख्ने फर्पिङकी सुदिनाले सोसल वर्क नै पढेकी हुन् ।

नारी संवाददाता , फाल्गुन ५, २०७३

-- पुरै पढ्नुहोस् --

अदितिको चर्चा चुलिंदै

मोडल, फेसन ब्लगर र अब अभिनेत्रीका रुपमा पनि परिचय थपिएको छ, अदिति बुढाथोकीको । फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि उनको लोकप्रियता उतिक्कै छ ।

नारी संवाददाता , फाल्गुन १, २०७३

-- पुरै पढ्नुहोस् --

रोकिएन चेलीबेटी बेचबिखन

चेलीबेटी ओसार–पसार तथा बेचबिखनका विरुद्ध सुरक्षा निकायसँगै धेरैवटा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरे पनि मानव तस्करी तथा बेचबिखन रोकिएको छैन । नेपाली चेली भारत तथा भारतको बाटो हुँदै तेस्रो मुलुकमा बेचिने क्रम बढेको छ ।

नारी संवाददाता , माघ १८, २०७३

-- पुरै पढ्नुहोस् --

महिला हिंसा धेरै, न्यायमा पहुँच थोरै

सहरी क्षेत्रका महँगा होटलहरूमा सेमिनार र गोष्ठी गरेर महिलाविरुद्ध हुने हिंसा र महिला हक–अधिकारका कुरा गरेकै भरमा मात्र महिलाविरुद्ध हुने हिंसाको उन्मूलन र आममहिलाको विकास हुन सक्दैन ।

नारी संवाददाता , भाद्र ६, २०७३

-- पुरै पढ्नुहोस् --

संगीताको ‘कथामा अल्झिएको प्रेम’

नेपाली साहित्यमा संगीताको श्रेष्ठद्वारा लिखित ‘कथामा अल्झिएका प्रेम’ नामक पुस्तक शनिबार सार्वजनिक भएको छ ।

नारी संवाददाता , फाल्गुन ९, २०७२

-- पुरै पढ्नुहोस् --

पूर्वेली रोइला संरक्षणमा गंगा

पालको पूर्वीय लोकभाका मार्फत हजारौं मानिसलाई आफ्नो गायकीले लठ्ठ पार्ने लोकदोहोरी गायिका गंगा गौंतमको माग अहिले पूर्व मेचिदेखी पश्चिम महाकालीसम्म बढेको छ ।

सरस्वती कटुवाल, फाल्गुन ४, २०७२

-- पुरै पढ्नुहोस् --

विवाहित महिलाहरूको सौन्दर्य

विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस हिमालयन नेपाल २०१६ का विजयीहरु क्रमश: मिसेस हिमालयन नम्रता राई, फस्ट रनरअप ललीता भट्टराई, सेकेन्ड रनर्सअप मुना न्यौपाने तथा थर्ड रनर्सअप तुल्सा खड्का ।

नारी संवाददाता , माघ २७, २०७२

-- पुरै पढ्नुहोस् --

कामकाजी महिलाहरूको चुनौती

हिजोआज मानिसहरूमा धैर्य कम हुँदै गएको पाइन्छ । सहनशीलताका प्रतीक मानिने महिलाहरूमा पनि धैर्य घट्दै गएको छ । केही वर्ष पहिलेसम्म पनि महिलाहरू परम्परा, मान्यता एवं संस्कारमा बाँधिएर निर्धारित परिधिभित्र रही धेरै कुरा सहेर बस्थे तर आज महिलाहरू त्यस्ता मान्यताबाट टाढिँदै गएका छन् ।

नारी संवाददाता, भाद्र २७, २०७२

-- पुरै पढ्नुहोस् --

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ (थापा) मा पाइलट बन्ने इच्छा थियो तर उनको जीवनले अर्कै मोड लियो र उनी उन्नाईस वर्षको उमेरमै शिक्षिका भइन्।

चैत्र २, २०७०

-- पुरै पढ्नुहोस् --