उपकरण

एक रुपैयाँमा सेनेटरी प्याड दिने भेन्डिङ मेसिन

किशोरावस्था सुरु हुँदै गर्दा महिलामा महिनावारी सुरु हुन्छ । अघिकांश बालिकाहरुको स्कुल पढ्दै गर्दा महिनावारी सुरु हुन्छ । यहि कुरालाई ध्यानमा राखेर काठमाडौंको बाफलस्थित ज्ञानोदय उच्च माविले स्कुलमै सेनेटरी प्याडको व्यवस्था गरेको छ । तर, त्यसका लागि प्रयोगकर्ताले ६ रुपैयाँ शुल्क तिर्नु पर्ने छ । ज्ञानोदय माविले महिनावारी भएका विद्यार्थी र शिक्षिकाहरूलाई सेनेटरी प्याड उपलब्ध गराउन तीन महिनाअघि भेन्डिङ मेसिन राखेको थियो । हाल सोही मेसिनबाट स्कुलमा अध्ययनरत विद्यार्थी तथा शिक्षिकालाई प्याड उपलब्ध गराउने गरेको स्कुल व्यवस्थापनले जनाएको छ । एक रूपैयाँको सिक्का भेन्डिङ मेसिनमा खसाले पछि प्रयोगकर्ताले प्याड प्रयोग गर्न पाउँछन् । प्याड प्रयोग बापतको बाँकी ५ रुपैयाँ भने स्कुल व्यवस्थापनलाई बुझाउनु पर्ने छ । १२ देखि १५ वर्ष उमेरका छात्रालाई ध्यानमा राखेर सुरु गरिएको यो सेवाले विद्यालयको समग्र शैक्षिक गुणस्तरमै फाइदा पुगेको प्रधानाध्यापक नातिकाजी महर्जनको भनाई छ । उनका अनुसार महिनाका ती चार/पाँच दिन छात्राहरू आफ्नो समस्या अरूलाई भन्ने झन्झट वा सरमले विभिन्न बहानामा घरमै बसिदिन्थे । यसले पढाइ त छुट्थ्यो नै, नियमित स्कुल आउने बानी पनि बिग्रन्थ्यो ।ज्ञानोदय स्कुलमा निम्न आर्थिक स्तरका विद्यार्थी धेरै पढ्छन् । उनीहरूको स्यानिटरी प्याड प्रयोग गर्ने क्षमता हुँदैन । पुराना कपडा प्रयोग गर्छन् । त्यही भएर त्यस्ता छात्रा महिनावारी भइञ्जेल स्कुलबाट गयल भइदिन्छन् । भेन्डिङ मेसिन राखेर सस्तैमा प्याड उपलब्ध गराउन थालेपछि यो समस्या टरेको प्रधानाध्यापक महर्जनले बताए ।

नारी संवाददाता , माघ २९, २०७५

-- पुरै पढ्नुहोस् --

हिटर बाल्दा यि ५ कुरा विचार गरौं

 हिटर बालेर कहिल्यै सुत्नु हुुँदैन, अन्यथा श्वासप्रश्वासमा बाधा पुग्नुका साथै मानिसको मुत्युसम्म हुनसक्छ । 

नारी संवाददाता , माघ ३, २०७५

-- पुरै पढ्नुहोस् --

इन्धन बचाउने उपाय

भारतीय नाकाबन्दी एवं लोडसेडिङ नेपालको जल्दोबल्दो समस्या बन्न पुग्यो । यो समस्यालाई हामी सर्वसाधारण वा भान्साको डाडु–पन्युका मालिक महिला दिदी–बहिनीहरूले निकै सुझबुझ एवं बुद्धिमत्ताका साथ समाधान गर्दै अघि बढ्नुपर्ने स्थिति उत्पन्न भयो ।

शशिकला भट्टराई, फाल्गुन २१, २०७३

-- पुरै पढ्नुहोस् --

इन्धन बचाउने उपाय

भारतीय नाकाबन्दी एवं लोडसेडिङ नेपालको जल्दोबल्दो समस्या बन्न पुग्यो । यो समस्यालाई हामी सर्वसाधारण वा भान्साको डाडु–पन्युका मालिक महिला दिदी–बहिनीहरूले निकै सुझबुझ एवं बुद्धिमत्ताका साथ समाधान गर्दै अघि बढ्नुपर्ने स्थिति उत्पन्न भयो ।

नारी संवाददाता , फाल्गुन ९, २०७३

-- पुरै पढ्नुहोस् --

मोबाइल

डेढ दशकअघिसम्म मोबाइल बोक्ने मानिस भनेका समाजका लब्ध प्रतिष्ठित र औंलामा गन्न सकिने मात्र हुन्थे । मोबाइलभन्दा अगाडि नेपाल भित्रिएको पेजर लिनेहरूको शान बेग्लै थियो ।

नारी संवाददाता , माघ २२, २०७३

-- पुरै पढ्नुहोस् --

ब्युटिपार्लरका उपकरण

यसमा फेसियलसँग सम्बन्धित सबै उपकरण हुन्छन् । यसको मुख्य भागमा म्याग्निफाइङ मिरर, आजोन, स्टिमर, वाइब्रेटरी मसाजर, ब्ल्याक हेड्स रिमुभर तथा कोल्ड मिस्ट स्प्रेयर हुन्छ । ग्राहकले कतै जानु नपरोस् भनेर आराम र सुविधाका लागि फेसियल ट्रलीसँगै फेसियल बेड पनि हुन्छ ।

नारी संवाददाता , पुस २२, २०७३

-- पुरै पढ्नुहोस् --

पुरानो टुथब्रसद्वारा सफाइ

चिकित्सकहरू दाँतको सुरक्षाका लागि पुराना टुथ ब्रस प्रयोग नगर्ने सल्लाह दिन्छन् ।

नारी संवाददाता , कार्तिक २९, २०७३

-- पुरै पढ्नुहोस् --

यसरी गर्न सकिन्छ भान्सा सफा

भान्सा सफा राख्न लेमन ट्रिटमेन्ट राम्रो विकल्प हो ।

नारी संवाददाता , कार्तिक २९, २०७३

-- पुरै पढ्नुहोस् --

भूकम्पपछि चेलीबेटी बेचबिखन मौलायो

लीबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल, एनएनएजीटीले गत महिना राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

नारी संवाददाता , आश्विन १७, २०७३

-- पुरै पढ्नुहोस् --

भित्तामा सपनाको रंग

रंगले जीवनमा विभिन्न किसिमले प्रभाव पारिरहेको हुन्छ किनभने यसभित्र एक किसिमको ऊर्जा हुन्छ । रंग प्रकृतिप्रदत्त उपहार हो जसद्वारा मानिसको रुचि–अरुचिका सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । रंगको छनोटले मानिसको स्वभावसमेत झल्काउँछ । रंगले मानव जीवनमा विशेष भूमिका खेल्छ ।

लक्ष्मी भण्डारी थापा, आश्विन १०, २०७२

-- पुरै पढ्नुहोस् --