संगीत

सुजताको तिहार यसै रमाईलो

 गायिका सुजता केसीले तिहारको गीत सार्वजनिक गरेकी छिन् । दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।तीजका गीत गाएर सांगीतिक बजारमा आएकी सुजताले केही एल्वम तथा चलचित्रका गीतमा समेत आफ्नो स्वर भरीसकेकी छिन् । यसपाली भने उनले संगीतकार दीपक शर्मासँगको सहकार्यमा ‘यसपालीको तिहार’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।नरेन्द्र वियोगीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने दीपक रमणले गरेका छन् । एक चलचित्रमा अभिनय समेत गरिसकेकी सुजता आफैं गीतको म्यूजिक भिडियोमा प्रस्तुत भएकी छिन् ।यसपालीको तिहारको म्यूजिक भिडियो   

नारी संवाददाता , आश्विन २४, २०७४

-- पुरै पढ्नुहोस् --

दसैं तिहार गाउँमै रमाईलो

हरेक चाडपर्वमा गीत संगीतले निक्कै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । दसैंका लागि पनि विभिन्न कलाकारले विभिन्न शैलीका गीत सिर्जना गरेर बजारमा ल्याउने गरेका छन् । यो दसैंमा पनि गायिका दीपा पन्तले नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

नारी संवाददाता , आश्विन ९, २०७४

-- पुरै पढ्नुहोस् --

नायिका पछि अब गायिका

आधा दर्जनभन्दा बढि चलचित्र, चार दर्जन भन्दा बढि म्युजिक भिडियो र एकदर्जन जति विज्ञापनहरुमा अभिनय गरेकी अभिनेत्री (नायिका) सारिका घिमिरेले आफुलाई गायिकाका रुपमा परिचय बनाउने प्रयास गरेकी छिन् ।

नारी संवाददाता , भाद्र २९, २०७४

-- पुरै पढ्नुहोस् --

अञ्जु पन्त एकल साँझ

अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसिएसनका लागि भोलि शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजे प्रारम्भ हुने उक्त कार्यक्रममा अञ्जुले आफ्ना जीवनकालका चर्चित गीतहरू सुनाउने तयारी गरेकी छिन् जसमा उनको साथमा २७ जनाको वाद्यवादक टोली रहनेछ ।

नारी संवाददाता , भाद्र २३, २०७४

-- पुरै पढ्नुहोस् --

सबैभन्दा धेरै रोयल्टी बुझ्ने गायिका

गायिका अन्जु पन्तका गीत अझै पनि नेपाली गीतसंगीतमा सबैभन्दा धेरै बिक्छन् भन्ने कुरा उनले पछिल्लो समय बुझेको रोयल्टी रकमले पनि प्रमाणित गरेको छ । मंगलबार राजधानीमा प्रसतोता समाज नेपालले वितरण गरेको रोयल्टीको सबैभन्दा ठूलो हिस्सा अथार्थ सबैभन्दा धेरै २ लाख ४८ हजार रकम उनको भागमा थियो ।

नारी संवाददाता , भाद्र २१, २०७४

-- पुरै पढ्नुहोस् --

कल्पनाको मै कति भाग्यमानी

तीजको छेको पारेर विभिन्न पेशामा आवद्ध कलाकारले तीज गीत निकालिरहेका छन् । यहि क्रममा सञ्चारकर्मी कल्पना भण्डारीले पनि तीज गीत सार्वजनिक गरेकी छन् । कल्पनाले ‘मै कति भाग्यमानी’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।

नारी संवाददाता , श्रावण २३, २०७४

-- पुरै पढ्नुहोस् --

राधिका हमालको बुहारी नेतानी

सांगीतिक पर्वका रुपमा परिचित तीजमा प्राय वर्षभरी मौन रहेर गीत निकाल्ने निककै गायक गायिका छन् । चलेका र वर्षभरी ब्यस्त रहेका गायक गायिकाले गीत निकाल्नु त ठूलो कुरा नै होईन् । तीज गीतको भिडमा तीज नजिकिनै लाग्दा थपिएकी छिन् गायिका राधिका हमाल ।

नारी संवाददाता , श्रावण २२, २०७४

-- पुरै पढ्नुहोस् --

कम्मर कसेर बर माग्दै गायिका शुशिला पाठक

हरेक प्रकारको गित गाएर आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न लागि परेकी सुन्दरी गायिका शुशिला पाठकले यसपालिको तीजमा तिज गित लिएर संगीत प्रेमी स्रोता माझ आएकी छिन् । ‘सबले गाउँछन एउटै मात्र गित, म पनि त बर माग्छु भगवान शिब सित’ बोलको गीत मार्फत उनी बजारमा आएकी हुन् ।

नारी संवाददाता , श्रावण १९, २०७४

-- पुरै पढ्नुहोस् --

रुन्चे गीत गाउँदिन भन्दै योजना

सञ्चार क्षेत्रमा केयासिल गायिका योजना पुरी रुन्चे गीत गाउँदिन भन्दै तीज गीतका साथमा आएकी छिन् । एक दशकदेखि गायनमा क्रियाशिल योजनालाई तीज सांगीतिक पर्व जस्तै लाग्न थालेपछि ३ वर्षदेखि हरेक तीजको छेको पारेर तीज गीत सार्वजनिक गर्दै आएकी छिन् ।

नारी संवाददाता , श्रावण १८, २०७४

-- पुरै पढ्नुहोस् --

सञ्चारकर्मी अनिता बिन्दुको प्यारो माइती

सञ्चार क्षेत्रमा स्थापित अनिता बिन्दुले यो वर्ष तीज गीत सार्वजनिक गरेकी छिन् । केहि तीज गीत गाए पनि पछिल्लो समय गायनमा देखा नपरेकी बिन्दुले प्यारो माईती बोलको मौलिक तीज गीत सार्वजनिक गरेकी छिन् ।गीतमा माईती र बालापनको वर्णन गरिएको छ ।

नारी संवाददाता , श्रावण १७, २०७४

-- पुरै पढ्नुहोस् --

सहिमाको भोला शिव शंकर

गायिका सहिमा श्रेष्ठले यो वर्ष पनि तीज गीत निकालेकी छिन् । श्रेष्ठले गीतको म्यूजिक भिडियो सार्वजनिक गर्दै अरुले भन्दा भिन्न स्वादको गीत ल्याएको बताएकी छिन् ।

नारी संवाददाता , श्रावण ११, २०७४

-- पुरै पढ्नुहोस् --