रंगमञ्च

प्रतिभाशाली नानी

लामो समयदेखि नाट्य क्षेत्रमा सक्रिय नानी थापा आफ्नै लेखन, निर्देशन एवं अभिनय रहेको नाटक ‘जूनकिरी’ का कारण चर्चामा छिन् । नानीले नाटकभित्र गीत, नृत्य तथा कवितामार्फत हास्य, करुण, शृंगार, भयानक आदि नौवटै रसको प्रयोग गरी जूनकिरी पात्रको मनोवैज्ञानिक विचलन प्रस्तुत गरेकी छिन् ।यसअघि उनका ४ वटा एकल नाटक प्रदर्शनमा आइसकेका छन् । सिन्धुपाल्चोकमा जन्मिएकी नानीले बालमनोवैज्ञानिकका रूपमा समेत काम गरिसकेकी छिन् । सानैदेखि कलाकारितामा रुचि राख्ने थापाले १० वर्षकै उमेरदेखि नाटकमा अभिनय गर्न थालेकी हुन् । थापाले बाल कलाकारका रूपमा सडक तथा स्टेज नाटक लेखन, निर्देशन एवं अभिनय गर्ने क्रममै १४ वर्षको उमेरमा आफ्नो पहिलो एकल नाटक पुतली मञ्चन गरेकी थिइन् ।बेचिएकी चेली, विद्रोह, अ ब्युटिफुल वुमन हुँदै पाचौँ एकल नाटक जूनकिरीपछि उनको छैटौं एकल नाटक ‘जिन्दगी जिन्दावाद’ तयार भैसकेको छ । त्रिविबाट नाटक, सामाजिक कार्य तथा कानुनमा स्नातक गरी मनोविज्ञान एवं राजनीतिशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी थापा अहिले पूर्वाञ्चल विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गर्दैछिन् । सामाजिक न्यायको क्षेत्रमा कार्यरत थापाका नाटकहरू पनि सामाजिक विषयवस्तुमै केन्द्रित हुन्छन् । 

नारी संवाददाता , कार्तिक ९, २०७४

-- पुरै पढ्नुहोस् --

लाटीको छोरो

लाटीको भूमिकामा प्रस्तुत भएकी कोपिनाको अभिनयले बेलाबेला दर्शकलाई भावशून्य बनाउँछ । जिद्दी र घमण्डी स्वभावकी लाटीलाई पञ्चायतमा २ मिनेट आफ्नो कुरा राख्न समय दिइन्छ । यसले पनि हाम्रो समाजमा पहिले बोल्न नसक्ने बनाइन्छ अनि न्यायका लागि वकालत गरिन्छ भन्ने एउटा तीतो यथार्थ देखाइएको छ ।

राधिका अधिकारी, कार्तिक १, २०७४

-- पुरै पढ्नुहोस् --

‘जुनकिरी’ मार्फत माझी बस्तीको उज्यालो खोज्दै नानी

रंगमञ्चकी कलाकार थापा ‘एकीकृत माझी नमूना बस्ती विकास’का लागि टेवा पुर्‍याउने उद्देश्य सहित यतिबेला नाचघरको मञ्चमा एक्लै मञ्चन भैरहेकी छिन् । आफ्नै लेखन तथा निर्देशन रहेको नाटक ‘जुनकिरी’का साथमा यतिबेला नानीले दर्शकको मन पनि राम्रैसँग जितिरहेकी छिन् ।

राधिका अधिकारी, भाद्र ३०, २०७४

-- पुरै पढ्नुहोस् --

नम्रता फेरि रंगमञ्चको यात्रामा

चलचित्रबाट रंगमञ्चतिर तानिएका कलाकार मध्ये एउटा नाम हो नम्रता श्रेष्ठ । उनले अभिनय गरेको नाटक ‘यार्मा’ ले ३ वर्ष अघि राम्रो चर्चा पाएको थियो । नारी मनोविज्ञानलाई यो नाटक मार्फत अभिनय गरेर नम्रताले धेरैको मन जितेकी थिईन् ।उनै फेरि नयाँ नाटकमा देखिँदै छिन् ।

नारी संवाददाता , भाद्र १४, २०७४

-- पुरै पढ्नुहोस् --

इक्वालिटी

हल्यान्डका नाटक निर्देशक एरी पिटरले राजधानीमा दुई दिनअघि फिजिकल थिएटर शैलीमा नाटक प्रस्तुत गरे ।

नारी संवाददाता , श्रावण १२, २०७४

-- पुरै पढ्नुहोस् --

एकबोली एक दाम

मण्डला थिएटरसँगको सहकार्यमा थिएटरकै एघारौं ब्याचका प्रशिक्षार्थीहरूको प्रस्तुति एकबोली एक दाम मण्डला थिएटरमा फागुन महिनाभरि मञ्चन गरियो ।

नारी संवाददाता , चैत्र ५, २०७३

-- पुरै पढ्नुहोस् --

रंगमञ्चमा १२ दुर्वासा

सन् १९५७ मा रिलिज अमेरिकी चलचित्र १२ एग्रिमेनलाई राजन खतिवडाले नेपाली नाट्य रूपान्तर गरी १२ दुर्वासा नाममा रंगमञ्चमा प्रस्तुत गरेका छन् ।

नारी संवाददाता , फाल्गुन १२, २०७३

-- पुरै पढ्नुहोस् --

भोको घर

देशको निराशाजनक शासन व्यवस्थाका कारण गरिबलाई एक छाक खान पनि धौधौ परेको कथा बोकेको गोविन्दबहादुर मल्ल गोठालेको नाटक भोको घरलाई युवा नाटककार तथा निर्देशक केदार श्रेष्ठले कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।

नारी संवाददाता , माघ ७, २०७३

-- पुरै पढ्नुहोस् --

जयाको आवरण

गत महिना सार्वजनिक भएको जया ओझाको उपन्यास ‘आवरण’ अन्तरलिङ्गीहरूको जीवनको उतारचढाव समेटेर लेखिएको उपन्यास हो । यसमा अन्तरलिङ्गीहरूले भोग्नुपरेका सामाजिक एवं पारिवारिक अपमान तथा तिरस्कारलाई प्रस्तुत गरिएको छ ।

नारी संवाददाता , माघ ६, २०७३

-- पुरै पढ्नुहोस् --

मिस नेपाल कल्चरका लागि २८ प्रतियोगी

विभिन्न समुदायका २८ जना युवतीहरु यतिखेर आआफ्नो कला, संस्कृति र वेशभूषालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्रियालाई गति दिन अभ्यस्त छन् । उनीहरुको यो प्रयास र मिहेनत ‘मिस नेपाल कल्चर २०१६’ को विजेता बन्नका लागि हो ।

रोजिन शाक्य, वैशाख १६, २०७३

-- पुरै पढ्नुहोस् --