![]()
व्याडमिन्टनकी नङसल तामाङ महिला तर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको स्पोर्टस् अर्वाड अन्र्तगत तामाङलाई महिला तर्फ वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरेको हो ।तामाङले एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई पछि पारेकी थिइन् ।तामाङ नेपाली महिला व्याडमिन्टनकी नम्बर एक खेलाडीका रुपमा चिनिन्छिन् । तामाङ देशभित्रै भएको पुष्पलात स्मृति, कृष्णमोहन स्मृति र खुल्ला राष्ट्रिय व्याडमिन्टनमा च्याम्पियन बनीसकेकी छन् ।जुडोकी मनिता श्रेष्ठ वर्षको उत्कृष्ट युवा खेलाडी बन्न सफल भएकी छन् । भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पार्दै श्रेष्ठ युवा खेलाडी बनेकी हुन् । उनले कोचीमा भएको १० औा क्याडेट एसियन जुडो च्याम्पियनसिपमा मुलुकका लागि कास्यपदक जितेकी थिइन् ।यस्तै पिपुल्स च्वाइस अवार्डमा सशस्त्र प्रहरी बलकी एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले हात पार्न सफल भएकी छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो । मनोनयनमा परेका पााच खेलाडी मध्ये सबैभन्दा कोजुले सबैभन्दा धेरै भोट पाएकी थिइन् । कोजुले कुल ९५ हजार ७ सय २६ भोट मध्ये ६६ हजार १२४ मत पाएकी थिइन् ।
नारी संवाददाता , भाद्र २९, २०७४
-- पुरै पढ्नुहोस् --