शिक्षा

प्लस टुपछिको करियर

 बालबालिकाहरूको करियर त्यतिबेला सफल हुन्छ जतिबेला उनीहरूको क्षमता र अभिभावकबीच तालमेल मिल्छ । जब आफ्ना सन्तान माथिल्लो क्लासमा पुग्दै जान्छन् वा प्लस टु सकेपछि आफ्नो करियरका बारेमा सोच्न थाल्छन् त्यतिबेला तनाव बढ्नु स्वाभाविक हो । करियरका बारेमा सोच्ने सही समय पनि प्लस टुपछि नै हो । करियरका लागि के सही विकल्प हुन्छ पर्याप्त विचार पुर्‍याउनुपर्छ । यतिबेला अभिभावकहरू आफ्ना सन्तानले आफ्नो पारिवारिक आर्थिक स्थितिका बारेमा सोचिदिऊन् भन्ने चाहन्छन् । सन्तानहरू आफ्नो जुन पेसा वा क्षेत्र छ त्यही पेसामा आबद्ध हून् भन्ने चाहना भएका अभिभावकहरू प्रशस्तै छन् । करियरका बारेमा निर्णय गर्ने बेलामा अभिभावकहरू आफ्ना सन्तानको क्षमतासँग मेल खाने पेसा वा क्षेत्र कुन हो भन्ने कुरामा त्यति विचार पुर्‍याउँदैनन् । अभिभावकले आफ्ना सन्तानले के–कस्ता कुरा रुचाउँछन्, के–कस्ता कुरा रुचाउँदैनन् ध्यान पुर्‍याउनु आवश्यक छ । सन्तानको करियरका बारेमा निर्णय लिँदा उनीहरूले रुचाएको क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ । निर्णय लिने जिम्मा आफ्नो होइनआफ्ना सन्तानको करियरका बारेमा लक्ष्य निर्धारण गर्ने जिम्मा अभिभावकको होइन । आफ्नो काम त केवल सल्लाह दिने एवं सहयोग गर्ने हो । प्लस टुपछि आफ्नो करियरका बारेमा अहिलेका युवायुवती आफै तयार हुन्छन् र आफ्नो भविष्यका बारेमा उनीहरूमा कुनै न कुनै योजना हुन्छ । कसरी र के गर्ने भन्ने विषयमा आर्थिक तथा व्यावहारिक कुरामा अभिभावकको ठूलो भूमिका हुुनसक्छ । आफ्ना सन्तान भविष्य निर्माणका क्रममा कतै नचुकून् भन्ने उद्देश्यले अभिभावकहरू सजग र सकारात्मक रहनुपर्छ । आफ्ना सन्तानको हरेक पाइलामा अभिभावकको साथको खाँचो हुन्छ । अभिभावकले उनीहरूको करियरका बारेमा सोच–विचार पुर्‍याएर सल्लाह दिनुपर्छ किनभने एकपटक गरिएको करियरको निर्णय सन्तानको जीवनभरको निर्णय पनि हो । एजुकेसन काउन्सिलरको सल्लाहकहिल्यै आफ्ना सन्तानलाई एजुकेसन काउन्सिलरका रूपमा आफैले सल्लाह दिनु हँुदैन । आफ्ना सन्तानलाई एजुकेसन काउन्सिलरकहाँ आफै लिएर जानुपर्छ । काउन्सिलरले दिएको सल्लाह पालना गर्न सन्तानलाई मद्दत गर्नुपर्छ । सम्बन्धित पाठ्यक्रमका बारेमा प्राप्त हुने सूचनाका सम्बन्धमा एजुकेसन काउन्सिलरसँग सम्पर्कमा रहनुपर्छ । विकल्प छनोटमा सहयोगआफ्ना सन्तानको पाठ्यक्रम छनोटमा अभिभावकको ठूलो भूमिका हुनुपर्छ । करियरका बारेमा छोराछोरीको के सोचाइ छ पत्ता लगाई उक्त योजनाको विकल्पमा पनि ध्यान पुर्‍याउनुपर्छ । अनुकूलता मिलाएर आफ्ना सन्तानको लक्षित योजनामा अन्य साथीभाइ तथा सम्बन्धित व्यक्तिहरूसँग जानकारी लिन सकिन्छ । यसका लागि इन्टरनेट तथा पहुँचमा भएका अन्य सबै साधन–स्रोतको सहयोग लिनुपर्छ । आत्मविश्वास जगाउनुपर्छसही पाठ्यक्रम छनोट गर्न कठिन हुन्छ । अभिभावकको सहयोग सन्तानको योजनाविपरीत भए सम्बन्धमा खटपट सिर्जना हुनसक्छ । त्यसैले छोराछोरीले रुचाएको पाठ्यक्रम छोडेर कहिलेकाहीँ तनावका कारण लक्ष्य नै परिवर्तन गर्न सक्छन् । यस्तो बेलामा आत्मविश्वास जगाउने ।

सरस्वती कटुवाल, माघ ९, २०७३

-- पुरै पढ्नुहोस् --

निरक्षर महिला–बालबालिका र भोलिको भविष्य

२०५८ सालको जनगणनाअनुसार नेपालमा पढ्न–लेख्न जान्नेहरू कुल जनसंख्याको ५३ दशमलव ७४ प्रतिशत रहेकोमा पुरुषको साक्षरता प्रतिशत करिब ६५ प्रतिशत छ भने महिला १ सयमा ४३ जनामात्र साक्षर छन् ।

नारी संवाददाता , भाद्र १०, २०७३

-- पुरै पढ्नुहोस् --

शिक्षामा आमाको भूमिका

‘आमाको काख नै शिशुको पहिलो पाठशाला हो ।’ यो भनाइ जति प्रचलित छ उति नै सान्दर्भिक पनि । आमाको काखबाट तोतेबोली सिकेका शिशुले त्यहीँबाट जीवन उपयोगी पाठ सिक्छन् । शिशुलाई बोल्न,

नारी संवाददाता , जेष्ठ १४, २०७३

-- पुरै पढ्नुहोस् --

विद्या धनम् सर्व धनम् प्रधानम्

रिया राइ , प्रि प्राइमरी हेड , सिद्धार्थ बिद्यापिठ ‘विद्या धनम् सर्व धनम् प्रधानम्’ भन्ने आदर्शबाट प्रेरित भएर कर्ममा लागिपरेकी रिया राइ शिक्षामा लागेको लामो समय भैसकेको छ ।

नारी संवाददाता , वैशाख ७, २०७३

-- पुरै पढ्नुहोस् --

राजनीतिमा महिला

मुलुकमा नयाँ शक्ति प्रवाह भएको छ । पछिल्लो समयमाआएर नेतृत्वतहमामहिला सहभागिता बढ्दो छ । त्यसैगरी राजनीतिमापनिमहिलाको विजय र पहुँच चुलिँदो छ ।

नारी संवाददाता , चैत्र ११, २०७२

-- पुरै पढ्नुहोस् --

सिद्धार्थ बिद्यापिठ

क्तपुर गठ्ठाघरस्थित यो प्रि–स्कुलले आफ्नो उत्कृष्ट शिक्षा पद्धतिका कारण लोकप्रियताहासिल गरेको छ । २०५६ सालमा स्थापनाभएको यो स्कुल स्थानीय रूपमाअझलोकप्रिय छ ।

नारी संवाददाता , चैत्र ११, २०७२

-- पुरै पढ्नुहोस् --

हाइड एण्ड सिक मन्टेश्वरी

सानो भर्‍याङस्थित हाइड एण्ड सिक मन्टेश्वरीले स्थापना भएको करिब एक वर्षमै गुणस्तरीय शिक्षाका कारण धेरै अभिभावकको मन जितिसकेको छ ।

नारी संवाददाता , चैत्र १०, २०७२

-- पुरै पढ्नुहोस् --

हाइड एण्ड सिक मन्टेश्वरी

सानो भर्‍याङस्थित हाइड एण्ड सिक मन्टेश्वरीले स्थापना भएको करिब एक वर्षमै गुणस्तरीय शिक्षाका कारण धेरै अभिभावकको मन जितिसकेको छ ।

नारी संवाददाता , चैत्र ५, २०७२

-- पुरै पढ्नुहोस् --

बालबालिकाहरुसंग कसरी बाड्ने भावात्मक मुद्दाहरु

बालबालिकाहरुसंग भावात्मक मुद्दाहरु बाडनु पर्छ तर त्यसकालागि निकै सावधानी अपनाउनु पर्छ । बालबालिकाहरुसंग कुनैपनि भावात्मक मुद्दा आदान प्रदान गर्दा उनीहरुको उमेरलाइ ध्यान पुरयाउनु पर्छ । उनीहरुसंग वार्ता गर्दा उनीहरुको उमेर तथा समयलाइ बिचार पुरयाउनु पर्छ ।

नारी संवाददाता , फाल्गुन १२, २०७२

-- पुरै पढ्नुहोस् --

परिक्षामा केन्द्रित हुने उपाय

विद्यार्थीलाई परीक्षामा कसरी केन्द्रित गराउने ? कुमुद छत्कुली भट्ट, संस्थापक प्रिन्सिपल, हाइड एण्ड सिक किन्डर गार्टेन

नारी संवाददाता , फाल्गुन ७, २०७२

-- पुरै पढ्नुहोस् --

प्लस टुपछिको करियर

बालबालिकाहरूको करियर त्यतिबेला सफल हुन्छ जतिबेला उनीहरूको क्षमता र अभिभावकबीच तालमेल मिल्छ ।

सरस्वती कटुवाल, भाद्र १५, २०७२

-- पुरै पढ्नुहोस् --