व्यक्तित्व

आफूलाई सुन्दर बनाऔं

 अहिले जे पनि पैसाले किन्न तथा त्यसलाई परिवर्तन गर्न सकिन्छ भनिन्छ । त्यसैले व्यक्तित्व परिवर्तनका लागि अहिले थुपै्र संस्था पनि खुलेका छन् । ती संस्थामा महिलाहरूको व्यक्तित्व विकास गरिन्छ । यद्यपि पैसाले व्यक्तित्व परिवर्तन गर्न सकिन्छ भन्नु भ्रम मात्र हो । व्यक्तित्व सुन्दर बनाउन निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ । भाषा तथा कुराकानी गर्ने शैलीआकर्षक व्यक्तित्वका लागि राम्रो श्रोता तथा वक्ता हुनुपर्छ । भाषा तथा कुराकानी गर्ने शैलीका कारण कतिपय मानिस आफूप्रति आकर्षित हुन्छन् । कुराकानी गर्दा श्रोताहरू समूहमा छन् कि एक्लै छन् ध्यान पुर्‍याउनुपर्छ । कुराकानी गर्दा सरल भाषा छनोट गर्नुपर्छ । आफ्नो कुरालाई शान्तिपूर्ण तथा आरामसँग प्रस्तुत गर्नुपर्छ । अरूको वास्ता नगरी छिटो बोल्नुहुँदैन । एकजनासँग मात्र कुराकानी गर्ने हो भने आँखामा आँखा जुधाएर कुराकानी गर्नुपर्छ । यसले गर्दा आफूसँग कुरा गर्ने व्यक्तिमाथि आफ्नो प्रभाव जमाउन सकिन्छ । पहिरनपहिरन मानिसको व्यक्तित्वको प्रमुख भाग हो । पहिरनले मानिसको सोच तथा उसको भावनाको प्रतिनिधित्व गर्छ । पहिरन छनोट गर्दा आफू कुन ठाउँमा जान लागिएको हो पहिल्याउनुपर्छ । अफिस, पार्टी वा कुनै सामाजिक काममन फरक–फरक प्रकारका पहिरन लगाउनुपर्छ । सदैव आइरन गरिएका तथा आफ्नो व्यक्तित्वलाई सुहाउने खालका पहिरन लगाउनुपर्छ । पहिरनले जोकोहीलाई आकर्षक व्यक्तित्वको धनी बनाउँछ । शारीरिक भाषाको ज्ञानभाषा दुई प्रकारका हुन्छन् । पहिलो शब्दको माध्यमले अभिव्यक्त हुन्छ जुन सजिलै बुझ्न सकिन्छ भने शारीरिक हाउभाउले वार्तामा राम्रो प्रभाव जमाउँछ । अभिवादन गर्ने शैली, बस्ने–हिँड्ने तरिका आदि धेरै यस्ता हाउभाउ हुन् जसले व्यक्तित्वलाई दर्शाउँछन् । खुट्टा हल्लाउने, टाउको कन्याउने, अढेस लगाएर उभिने आदि बानीले व्यक्तित्वमा नकारात्मक असर पुर्‍याउँछन् । हाउभाउले पनि मानिसको व्यक्तित्व सपार्न तथा बिगार्न महत्वपूर्ण भूमिका खेल्छ । आफ्नो हाउभाउले नकारात्मक असर पुर्‍याउँछ भने त्यसलाई परिवर्तन गर्नुपर्छ । खानपानको शैलीआफ्नो व्यक्तित्वको पहिचान खानपानको शैलीमा पनि निर्भर गर्छ । जब बाहिर खान गइन्छ भने चम्चा तथा काँटाको सही प्रयोग गर्नुपर्छ । हतार–हतार खाना खानु हुँदैन । खाना खाँदा कम बोल्नुपर्छ । सफा खाना खानुपर्छ । खाना खाने उपयुक्त व्यवहारलाई आफ्नो व्यक्तित्वमा सामेल गर्दा आफूलाई पूर्ण बनाउन सकिन्छ । सहयोगीआफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन दृढनिश्चयी हुनु आवश्यक छ । यो बानीले घरमा मात्र होइन बाहिरी वातावरणमा समेत सहयोगीको भूमिका खेल्छ । आफ्नो काम तथा संकल्पमा आफ्ना सहकर्मी तथा परिवार आफ्नो व्यक्तित्वको महत्वपूर्ण भाग हुन् भन्ने कुरा बिर्सनु हुँदैन । अरूको प्रशंसा गर्ने बानीको विकास गर्नुपर्छ । अरूलाई सहयोग गर्नुपर्छ । यसले व्यक्तित्वमा निखार ल्याउँछ । अनुभवीआफ्नो व्यक्तित्वमा निखार ल्याउन आफ्ना राम्रा तथा नराम्रा दुवै अनुभवको प्रयोग आफ्नो जीवनशैलीमा गर्नुपर्छ । अनुभवले कुनै पनि कार्य सही तरिकाले पूरा गर्न सहयोग गर्छ । कुनै गल्ती भएको छ भने त्यसबाट शिक्षा लिनुपर्छ । गल्तीबाट डराएर भाग्नु हँुदैन । आफ्नो काम आत्मविश्वास तथा अनुभवका आधारमा पूरा गर्नुपर्छ । रचनात्मक हुनुपर्छआफ्नो काम तथा सोच रचनात्मक हुनुपर्छ । काम गर्ने शैलीमा नयाँपन ल्याउनुपर्छ । एकै प्रकारको कामबाट मानिसलाई दिक्क लाग्छ । यसले कार्यकुशलतामा असर पुर्‍याउँछ । पर्याप्त ज्ञान हासिल गर्नुपर्छ । आफ्नो कामलाई रचनात्मक बनाउन प्रयत्नशील रहनुपर्छ । यसले आफ्नो प्रतिष्ठामा पनिपरिवर्तन ल्याउँछ ।

नारी संवाददाता , वैशाख २५, २०७४

-- पुरै पढ्नुहोस् --

शारीरिक अशक्त सुशीला सरकारी जागिरे

जन्मजात दुवै हात नभएकी सुशीला अहिले आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नम्बर–३ मा नायब सुब्बा पदको कार्यभार सम्हालिरहेकी छिन् ।

नारी संवाददाता , चैत्र ३०, २०७३

-- पुरै पढ्नुहोस् --

ह्विलचियरको सहारामा खेल्ने बास्केटबल खेलाडी यामी

११ कक्षामा पढ्दापढ्दै ढाडको मेरुदण्डमा ट्युमर देखिएर अप्रेसन गराएपछि उनी उठ्न तथा हिँड्न नसक्ने भइन् ।

नारी संवाददाता , चैत्र २९, २०७३

-- पुरै पढ्नुहोस् --

झमककुमारी प्रतिभाशाली नेपाली महिला स्रष्टा

झमककुमारी घिमिरे प्रतिभाशाली नेपाली महिला स्रष्टा हुन् । मस्तिष्क रोगद्वारा पीडित झमक उक्त रोगले पीडित विश्वकै १० प्रतिभाशाली साहित्यकारमध्ये एक हुन् । जन्मदेखि नै हातखुट्टा नचल्ने झमक उभिन, हिँड्न तथा बोल्न नसके पनि सुन्न र बुझ्न सक्छिन् ।

नारी संवाददाता , चैत्र २०, २०७३

-- पुरै पढ्नुहोस् --

लिपिस्टिक प्रयोग गर्नुअघि विचार पुर्‍याऔं

जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रले नेपालमै पहिलो पटक विभिन्न दैनिक सौन्दर्य तथा उपभोग्य वस्तुहरूमा खासगरी प्रसाधनका वस्तुहरूमा रसायनसम्बन्धी अनुसन्धानमा आधारित प्रतिवेदन सार्वजनिक गर्दै त्यस्ता समस्याहरूको समाधान पहिल्याउने प्रयास थालेको छ ।

नारी संवाददाता , चैत्र १५, २०७३

-- पुरै पढ्नुहोस् --

व्यक्तित्व विकासका लागि

व्यक्तित्व बाहिरी आवरणमा मात्र भर पर्ने कुरा होइन, आफूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने पनि हो । पहिरनले मात्र व्यक्तित्व निर्धारण गर्दैन बरु कसरी बोलिन्छ, कसरी खाइन्छ अनि कसरी हिँडिन्छ आदि कुरामा पनि आफ्नो व्यक्तित्व निर्भर रहन्छ ।

नारी संवाददाता , चैत्र १२, २०७३

-- पुरै पढ्नुहोस् --

दव्यता वैद्यको रोजाइ

रंग : रातो, कालो एवं पहेंलो ।पहिरन : जिन्स, टप्स, कुर्ती तथा कोट ।पार्टी वेयरका लागि : साडी, लेहेंगा तथा कुर्ता–सुरुवाल ।आफू दुलही हुँदा : परम्परा झल्कने नयाँ डिजाइनको हेभी लेहेंगा ।

नारी संवाददाता , पुस १८, २०७३

-- पुरै पढ्नुहोस् --

मानसिक सक्षमताबाट सफलता

व्यक्तिको मानसिकता उसको व्यक्तित्वमार्फत झल्कन्छ । विवेकी मानसिकताको परिणाममा सुन्दर व्यक्तित्व निर्माण हुन्छ । विकृत मानसिकताले मन कमजोर बनाउँछ । मन कमजोर छ भने जीवनमा सफलता प्राप्त गर्न सकिँदैन ।

नारी संवाददाता , जेष्ठ २१, २०७३

-- पुरै पढ्नुहोस् --

उमन अफ डिस्टिङ्सन–वन्दना

महिला अधिकारका क्षेत्रमा २५ वर्षदेखि समर्पित वन्दना राणा संयुक्त राष्ट्रसंघले प्रदान गर्ने ‘उमन अफ डिस्टिङ्सन–२०१६’ बाट सम्मानित भएकी छिन् ।

नारी संवाददाता , चैत्र ७, २०७२

-- पुरै पढ्नुहोस् --

फ्रेस फेस

स्मार्ट र कुल देखिने सबैभन्दा पहिलो सर्त हो, फ्रेस र स्वस्थ छाला । आफ्नो स्किन टोनअनुसार हर्बल ब्युटी प्रोडक्ट छनोट गर्नुपर्छ । कुनै पनि ब्राइटनिङ लोसन उपयुक्त हुन्छ । यस्तो लोसन वाटर बेस्ड हुनुपर्छ ।

नारी संवाददाता , मंसिर २८, २०७२

-- पुरै पढ्नुहोस् --

कसरी बन्ने प्रभावशाली व्यक्तित्व ?

हामीमध्ये कतिपयको अफिसमा जुनियरको प्रमोसन भैरहेको हुन्छ तर आफू जहाँको तहीँ । यस्ता घटना प्राय: अफिसमा घटिरहन्छन्, जसको प्रमोसन हुन्छ ऊ त खुसी हुन्छ तर जसले अफिसमा मेहनतका साथ काम गर्नुका साथै त्यसको नतिजा पनि राम्रो ल्याएको छ उसको प्रमोसन किन भएन भनेर ऊ आफै सोच्न बाध्य हुन्छ ।

नारी संवाददाता, भाद्र १८, २०७२

-- पुरै पढ्नुहोस् --