अध्यात्म

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला बिभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ । काठमाण्डौँस्थित शालीनदीमा प्रत्येक बर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आज बाट सुरु भएको छ । स्वस्थानी व्रतकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार  तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ । शिव—पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रतकथा प्रचलन हुदै आएको मानिन्छ । घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर ब्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरुको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममुलक पौराणिक धर्मग्रन्थ पनि हो। 

नारी संवाददाता , पुस २८, २०७३

-- पुरै पढ्नुहोस् --

प्रमिलाले जितिन् ब्यूटिसिएन डिभा - २०१६ को ताज

ब्यूटिसिएन डिभा – २०१६ को ताज प्रमिला भण्डारीले हात पारेकी छिन् ।

नारी संवाददाता , भाद्र २७, २०७३

-- पुरै पढ्नुहोस् --

हिन्दु धर्ममा कलशको महत्व

हिन्दु धर्म धार्मिक पुजा पाठमा जलले भरिएको कलशको निकै महत्व रहन्छ । जलले भरिएको कलश मन्दिरमा सागरको प्रतिक मानिन्छ । साथै धार्मिक कर्मकाण्डको समयमा कलश अध्यात्मिक तथा सात्विक उर्जाको संग्रह पनि मानिन्छ ।

झरना नहर्की, आश्विन १९, २०७२

-- पुरै पढ्नुहोस् --

मातृत्व गौरवको पर्व श्रीकृष्णजन्माष्टमी मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्णजन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग एवं भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिन यो पर्व मनाउने गरिएको हो ।

दीपक प्रसाद दहाल, भाद्र १८, २०७२

-- पुरै पढ्नुहोस् --

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व हिन्दू धर्मावलम्बीले आज विशेष श्रद्धापूर्वक मनाउँदै छन् । आज देशैभर हिन्दू परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा गरिन्छ ।

दीपक दहाल, भाद्र १, २०७२

-- पुरै पढ्नुहोस् --

धार्मिक आस्था

श्रद्धालु भक्तजनहरू पशुपतिनाथ मन्दिर क्षेत्रमा ।

महेश प्रधान, भाद्र १, २०७२

-- पुरै पढ्नुहोस् --

साउने साेमबारकाे महिमा

साउने साेमबारकाे महिमा

नारी संवाददाता, श्रावण २७, २०७२

-- पुरै पढ्नुहोस् --