लन्डनमा आइडेन्टी स्कुल अफ एक्टिङ कलेजमा अभिनय सिकिरहेकी शिल्पा मास्के इन्डियन कल्चर सेन्टर द भवनमा क्लासिकल कत्थक तथा ओडिसी नृत्य पनि सिकिरहेकी छिन् । अभिनय एवं नृत्यमा सानैदेखि रुचि राख्ने शिल्पा अहिले हलिउड चलचित्रमा सहायक कलाकारका रूपमा समेत कामको अनुभव बटुलिरहेकी छिन् । लन्डनमै उनी बली फ्लेक्स बलिउड डान्स ग्रुपमा छानिएर त्यहाँ प्रस्तुति समेत दिँदैछिन् । केही समयका लागि नेपाल आएकी शिल्पाले यही मौकामा विभिन्न पत्रपत्रिकाका लागि फोटोसुट गराइन् । यूकेकै केही विज्ञापनमा काम गरिसकेकी शिल्पालाई नेपाली चलचित्रमा काम गर्न प्रस्ताव आएका छन् तर उनले अहिले समय नमिलेकाले पछि मात्र काम गर्ने सोच बनाएकी छिन् । भविष्यमा आफूलाई कलाकारका रूपमा स्थापित गराउने योजनामा रहेकी मास्के यूकेमा सिकेको अभिनय एवं नृत्य कलालाई नेपाली चलचित्रमा उतार्न चाहन्छिन् ।
नारी संवाददाता , चैत्र १८, २०७३
-- पुरै पढ्नुहोस् --