फूल बारी

आकर्षक बगैंचाका लागि

सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिई आवश्यक जानकारी लिएर मात्र बिरुवा रोप्नु उचित हुन्छ । विशेषगरी बगैंचा निर्माणका लागि पहिले नै योजना तयार गर्नुपर्छ । योजना बनाउनुपूर्व बगैंचा निर्माण गर्ने खाली स्थान कति छ जानकारी राख्नुपर्छ । हरियालीले मनमा शान्तिको अनुभूति गराउँछ । घरलाई सुन्दर बनाउन बगैंचाको भूमिका महत्वपूर्ण हुन्छ । वनस्पति तथा रङ्गीविरङ्गी फूलले ढकमक्क फुलेको बगैंचाले घरको सुन्दरता मात्र नभई मानसिक स्थितिमा समेत सकारात्मक प्रभाव पारिरहेको हुन्छ । बगैंचाका मौसमी तथा सदावहार बोटबिरुवाले घरको सौन्दर्य वृद्धि गर्ने हुनाले बगैंचालाई ठूला रूख, फूल तथा हेजले विभाजित गरेर आकर्षक बनाउन सकिन्छ । त्यस्तै, क्याक्टस, मौसमी फूल, ग्रीन प्लान्टदेखि बाह्रमासे फूल आदि लगाएर बगैंचामा आकर्षण थप्न सकिन्छ । सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिई आवश्यक जानकारी लिएर मात्र बिरुवा रोप्नु उचित हुन्छ । विशेषगरी बगैंचा निर्माणका लागि पहिले नै योजना तयार गर्नुपर्छ । योजना बनाउनुपूर्व बगैंचा निर्माण गर्ने खाली स्थान कति छ जानकारी राख्नुपर्छ । हरियालीले मनमा शान्तिको अनुभूति गराउँछ । यसले दिनभरि कामकाजमा व्यस्त शरीर तथा मस्तिष्कमा ऊर्जा पैदा गर्छ । त्यसैले पनि पहिलेको तुलनामा हिजोआज घरमा बगैंचा बनाउने चलन बढिरहेको छ ।हेजबगैंचालाई आकर्षक देखाउन बार अर्थात् हेज लगाइएका हुन्छन् । बगैंचा निर्माणका लागि प्रशस्त ठाउँ छ भने हेज लगाउनु उपयुक्त हुन्छ । बगैंचामा हेज लगाउने भए त्यो २ देखि ३ फिट अग्लो तथा सवा फिट चौडा हुनुपर्छ । यसलाई पानी पर्नुभन्दा पहिले रोप्नुपर्छ । नर्सरीबाट १० इञ्च लामो हेज खरिद गर्नुपर्छ । यसलाई दोहोरो लाइन बनाएर रोप्नुपर्छ । जरा बसेपछि त्यसलाई विस्तारै छाँट्नुपर्छ । ठूलो भएपछि ५ महिनाको अन्तरमा छाँट्नुपर्छ । यसो गर्दा हेजलाई बढ्न र बाक्लो हुन मद्दत मिल्छ । यसमार्फत बगैंचालाई पार्टेसन गरी नयाँ स्वरूप प्रदान गर्न सकिन्छ । हेजलाई ठाउँ छुट्याउन, विभिन्न आकृति, बोर्डर, किनारा तथा पर्खाल बनाउन प्रयोग गरिन्छ । विशेषगरी जेठ–असार हेज बनाउने उपयुक्त महिना हो । यतिबेला गर्मीले पुरानो हेज डढेर नराम्रो देखिन्छ । फूल फुल्ने बिरुवाफुलेका रंगीबिरंगी फूलले बगैंचालाई जीवन्त तुल्याउँछन् । त्यसैले बगैंचामा मौसमी फूल रोप्नु उपयुक्त हुन्छ । फूल फुल्ने बिरुवा तथा लहरे फूलका लागि सानो खाल्डो खन्नुपर्छ । यसका लागि २ फिट गहिरो तथा १ फिट चौडा खाल्डो खनी त्यसमा बिरुवा रोप्नुपर्छ । लहरे बिरुवाजस्तै बेगनबेलिया भित्ता र पर्खालमा लगाउनुपर्छ । बिरुवाको दूरी ४ देखि ६ फिट हुनुपर्छ । बिरुवा बढेर माथि जाओस् भनेर धागो वा डोरी सपोर्ट दिन सकिन्छ । चमेली तथा मधुमालती पनि भित्तामा लगाउन सकिन्छ । लाहुरे, सुपारी, सयपत्री, जंगली गुलाब आदि केही फूल फुल्ने बिरुवा भने छायाँमा रोप्नुपर्छ ।रूखघरवरिपरि निम, गुलमोहर, पाइन, कदम, बकाइना, जमुना, नरिवल, आँप, लिची एवं अम्बा आदिका बिरुवा रोप्न सकिन्छ । करिब १२ फिटको अन्तरमा बिरुवा रोप्नुपर्छ । रूख रोप्दा साढे २ फिट गहिरो तथा सवा फिट फराकिलो खाल्डो खन्नुपर्छ । रूख रोप्दा माटोमा भएका ढुंगा आदि अनावश्यक वस्तु फाल्नुपर्छ । सजावटी सामग्रीको प्रयोगबगैंचा सजाउन विभिन्न प्रकारका फूलका साथै अन्य सामग्रीसमेत प्रयोग गर्न सकिन्छ जस्तै– विभिन्न खालका फर्निचर, बर्डबाथ तथा बड हाउस, डेकोरेटिभ लाइट्स, विन्ड चाइम्स, वाटर फाउन्टेन, स्ट्याच्यु, गार्डेन स्टेक्स, गार्डेन विन्डमिल्स आदि । यस्ता सामग्रीले बगैंचालाई थप आकर्षक बनाउन सहयोग पुर्‍याउँछन् ।

आस्था विष्ट, सिम्प्ली जोयचैत्र २१, २०७५

-- पुरै पढ्नुहोस् --

चिटिक्क सकुलेन्ट प्लान्ट

प्रकृतिसँग मानवीय सम्बन्ध टाढिँदै गएको छ । यद्यपि मानव शरीरका लागि बोट–बिरुवा, रुखहरू अत्यावश्यक छन् । सिमेन्टको बस्तीमा हराउँदै गएको अहिलेको पुस्ता चाहेर पनि ठूलो बगैंचा बनाएर बस्न सक्दैन । त्यसैले घरभित्र र बाहिर भएका खाली ठाउँहरूमा सकुलेन्ट प्लान्टहरू राखेर प्राकृतिक आनन्द लिन सकिन्छ ।

आस्था विष्ट, फाल्गुन ३०, २०७५

-- पुरै पढ्नुहोस् --

बहुवर्षीय फूल एजेलिया

एजेलिया मुख्यत: दुई प्रकारको हुन्छ । पहिलो सदाबहार र अर्को पतझर वर्गमा पर्ने एजेलिया । अमेरिकन एजेलिया पतझर र एसियन एजेलिया सदाबहार हरियो प्रकृतिको हुन्छ्र । नेपालमा पट तथा गार्डेन प्रजातिको एजेलिया पाइन्छ तर पतझर वर्गको एजेलिया भने पाइँदैन ।

राजेन्द्र देवकोटा, कृषि विज्ञपुस १४, २०७५

-- पुरै पढ्नुहोस् --

फूल व्यवसाय र आत्मानिर्भरता

अहिले पनि करोडौँ रुपैयाँका फूल विदेशबाट आयात हुने गरेको छ । नेपालमा अहिले १ सय ४१ हेक्टर क्षेत्रफलमा फूल खेती हुन्छ । फूल खेती तथा व्यवसायमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित छन् ।

नारी संवाददाता , पुस ८, २०७५

-- पुरै पढ्नुहोस् --

जाडो मौसम र फूल

यो मौसममा पिटुनिया, सुइट पी, विन्टर ज्यासमिन, क्यालेन्डुला, क्यामेलिया, असर्फी फूल, डेफोडिल, टुलिप आदि सप्रन्छन् । यी फूलले जाडो मौसमको वातावरणलाई रमणीय बनाउँछन् ।

नारी संवाददाता , मंसिर ९, २०७५

-- पुरै पढ्नुहोस् --

फूलको मौसम

फूलका लागि जाडो तथा गर्मी मौसम दुवै उपयुक्त छन् । मौसमअनुसारका फूलका बिरुवा छनोट गर्नुपर्छ । कतिपय फूलका बीउ नेपालमै पाइन्छन् भने कतिपय बीउ भारतलगायत अन्य देशबाट आयात गरिन्छ । नेपालमा करिब ६ सय किसिमका फूल पाइने भए पनि चाडपर्वमा सयपत्री, गोदावरी तथा मखमली फूलको माग बढी हुन्छ ।

मीनबहादुर तामाङ, कार्तिक २१, २०७५

-- पुरै पढ्नुहोस् --

भर्टिकल प्लान्टर

वातावरणमैत्री यो भर्टिकल प्लान्टर दिगो र टिकाउ पनि हुन्छ जसले घरको इन्टेरियर, बाहिरी भाग तथा बगैंचालाई अझ आकर्षक बनाउँछ । सानो घर, अपार्टमेन्ट वा हाउजिङमा बस्नेहरूका लागि ह्यनगिङ प्लान्टर एकदमै उपयुक्त मानिन्छ ।

राजेन्द्र देवकोटा, कृषि विशेषज्ञभाद्र १४, २०७५

-- पुरै पढ्नुहोस् --

भवनभित्र फूल सजावट फ्लावर एरेजमेन्ट तथा इकेबाना

घरअगाडि ढकमक्क फुलेको फूलले सबैको मन लोभ्याउँछ । अझ मौसमी फूलले चाडपर्वको संकेत गर्दै मानिसको जीवन पनि प्रतिबिम्बित गर्छन् । हुरी–बतास, घाम–पानी केही नभनी निरन्तर मुस्कुराइरहने यी हरिया बोट–बिरुवा तथा फूलको सुन्दरताले आनन्दित तुल्याउँछन् । त्यसैले जतिसुकै सानो ठाउँ भए पनि मानिसले फूल रोप्ने ठाउँ छुट्याउँछन् ।

लक्ष्मी खड्का, इन्टेरियर डिजाइनरभाद्र १, २०७५

-- पुरै पढ्नुहोस् --

कौसीमै अर्गानिक तरकारी खेती

कौसी खेती घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो । परम्परागत तरिकाले गरिँदै आएको कौसी खेतीमा थोरै नयाँ प्रविधि प्रयोग गरी धेरै फाइदा लिन सकिन्छ । परम्परागत कौसी खेती गर्दा माटो वा सिमेन्टको गर्‍हौं गमला छतमा राखिन्थ्यो, जसमा धेरै तौल भएकाले घरलाई असर पर्ने, भूकम्प आउँदा खस्न सक्ने, हावाहुरीमा समस्या सिर्जना हुने सम्भावना हुन्थ्यो ।

नारी संवाददाता , असार २२, २०७५

-- पुरै पढ्नुहोस् --

पुष्प मेला

स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ कृषि विकास मन्त्रालय एवं पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपालले भृकुटीमण्डपमा उक्त पुष्प मेला आयोजना गरेको हो ।

नारी संवाददाता , असार ६, २०७५

-- पुरै पढ्नुहोस् --

चिटिक्क करेसाबारी

रोप्न तयार भएको बिरुवा नर्सरीबाट ल्याएर भुइँ वा गमलामा रोप्न सकिन्छ । डेढदेखि दुई फिटसम्मको दूरीमा बिरुवा रोप्नु उपयुक्त हुन्छ । बिरुवा हुर्कंदै गएपछि त्यसलाई सहारा दिन काठको बार लगाउनुपर्छ ।

नारी संवाददाता , वैशाख २६, २०७५

-- पुरै पढ्नुहोस् --