लक्ष्मी भण्डारी थापाका लेखहरु

मुख्य कुरा खेलप्रति रुचि हुनुपर्‍यो

अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाएर वा खेलाडीहरूलाई नै विदेश पठाएर उनीहरूको क्षमतामा थप निखार ल्याउनुपर्छ । सरकारले विद्यालय तहमै खेल अनिवार्य भनेर तोकिदिनुपर्छ भने बालबालिकालाई नि:शुल्क तालिम, खेलसामग्री, न्युट्रिसन, स्पोर्ट साइकोलोजिकल काउन्सिलिङ, फिजियोथेरापी आदि उपलब्ध गराउनुपर्छ ।

लक्ष्मी भण्डारी थापा, फाल्गुन ३, २०७४

-- पुरा पढ्नुहोस् --

पेपर म्यारिज मोह

नेपालमा विदेश जानकै लागि विवाह गर्ने प्रचलन बढ्दो छ । प्रेम, सांस्कृतिक परम्पराद्वारा गाँसिने लगनगाँठो तथा विवाहका अन्य वैधानिक प्रक्रियाबिना नै कागजी विवाह गरेर विदेश पुग्ने लहड अहिले ह्वात्तै बढेको पाइन्छ । विशेषत: युवापुस्तामाझ झाँगिदै गएको यो प्रवृत्ति विदेश पुग्ने सरल माध्यम साबित हुँदै गएको छ ।

लक्ष्मी भण्डारी थापा, माघ १०, २०७४

-- पुरा पढ्नुहोस् --

कैयौं पटक मृत्युको मुखमा पुगेर जोगिएकी ओनसरी घर्ती

०५८ सालमा आफू दाङको इन्चार्ज हुँदा एकाध घरमा टेलिफोन हुने र टेलिफोन भएको एक घरबाट केन्द्रमा सूचना पठाउँदा उक्त घरधनीले सुराकी लगाइदिएपछि दाङको बिजौरीदेखि बाँसगढीमा सेनाको घेरामा परेको उनले बताइन् । त्यतिबेला बाँच्ने आशा नै गुमेको घटना सुनाउँदा ओनसरी भावविह्वल देखिइन् ।

लक्ष्मी भण्डारी थापा, माघ ८, २०७४

-- पुरा पढ्नुहोस् --

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा महिला

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । मुलुकभर दुई चरणमा संचालित उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ६ जना महिला निर्वाचित भएका छन् । बामगठबन्धनका कारण भारी मत ल्याउन सफल एमाले तथा माओवादीले ठूलो र बलियो प्र जातान्त्रिक दल कांग्रेसलाई निकै पछाडि पारिदिएका छन् ।

लक्ष्मी भण्डारी थापा, माघ ३, २०७४

-- पुरा पढ्नुहोस् --

फूलको थुंगाजस्तै हलुङ्गो महसुस

खोइ त के गरे महिलाले त्यहाँ पुगेर ? भन्ने नजिर बस्ला भनेर चुनौतीका अगाडि नडगमगाई लड्ने–भिड्ने काम गरें–कार्की भन्छिन्–ममा कहिल्यै लोभ–लालच उत्पन्न भएन, म कुनै पार्टीको मान्छे थिइन र हुन्न पनि, म स्वतन्त्र रूपमा न्याय हाँक्ने हेतुले त्यहाँपुगेकी हुँ । म नियम–कानुनभन्दा बाहिर जान चाहिन ।

लक्ष्मी भण्डारी थापा, पुस २०, २०७४

-- पुरा पढ्नुहोस् --

महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन

महिलाहरू सहनशील, चौतर्फी व्यवस्थापकीय सीप र क्षमतायुक्त, जति नै दबिएर बसे पनि बाहिर आउन सक्ने हुन्छन् । नारीसँग अद्वितीय शक्ति छ–रजस्वला र आमा बन्न सक्ने । नारी शब्द सुन्दर र शक्तिशाली छ जुन आफैं उत्पन्न भएको कुरा होइन, नारीभित्र रहेका विविध क्षमतायुक्त तत्वले बनाएका हुन् ।

लक्ष्मी भण्डारी थापा, पुस १८, २०७४

-- पुरा पढ्नुहोस् --