डा. प्रमेश कोइरालाका लेखहरु

एजिङ (जर प्रक्रिया) के हो ?

एजिङ एक किसिमको जैविक प्रक्रिया हो । यो कुनै रोग होइन । यसलाई संस्कृतमा जर भनिन्छ । घामको सीधा असर, धूलो, धूवाँ आदिका कारण छाला छिट्टै प्रभावित हुन्छ । त्यसबाहेक छालामा लगाइने कृत्रिम क्रिमले पनि छालाको सौन्दर्य नष्ट गर्छ । एजिङमा छाला पातलो हुँदै जान्छ । छालामा चाउरी देखिन थाल्छ । छालाको तल्लो भागको फ्याट कम हुँदै जान्छ । केश सेतो हुन्छ ।

डा. प्रमेश कोइराला, आश्विन २, २०७५

-- पुरा पढ्नुहोस् --

गर्मी मौसममा छालामा देखिने समस्या

यो मौसममा गर्मी तथा तापक्रमका कारण पसिना धेरै आउँछ । फलस्वरूप पसिना गुम्सिने ठाउँ जस्तो काखी, औंलाको काप तथा अन्य भागमा दादको समस्या देखिन सक्छ । खेतीपातीका क्रममा हिलोसँग सम्पर्क हुँदा औंलाको काप खाने समस्या हुन्छ । यो पनि एक किसिमको दाद नै हो । प्राय: यो समस्या तराईमा धेरै देखिन्छ । त्यसैले गर्मी मौसममा काप सुख्खा राख्नुपर्छ । यसका लागि एन्टिफंगल पाउडर प्रयोग गर्नुपर्छ ।

डा. प्रमेश कोइराला, श्रावण २५, २०७५

-- पुरा पढ्नुहोस् --