झरना नहर्की र लक्ष्मी भण्डारी थापा ढाकाबाट फर्किएर का लेखहरु

घुम्टोभित्रका हीरा

महिलाहरू हरेक क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न धर्म बाधक बनेको भन्दै संसारभरबाट विरोध आइरहेका बेला यही समुदायका कतिपय महिलाले आफ्नो साहस र संघर्षलाई खुलेर अभिव्यक्त गरिरहेका छन् । विखण्डित समाजमा हुर्किएका उनीहरूले चलिआएको संस्कारलाई सहर्ष स्वीकार गरेका छन् तर सँगै आफ्नो विकास र सशक्तीकरणमा पनि आफूलाई परिमार्जित गर्दै लगेका छन् । त्यति मात्र होइन, उनीहरू आफ्नो संस्कारको मर्मलाई मर्न नदिई आफ्नो क्षेत्रमा अघि बढिरहेका छन् । यसको उदाहरण बंगलादेशमा महिला प्रधानमन्त्रीहरूको निरन्तरता पनि हो । एयरपोर्टबाट बाहिर निस्कँदा बुर्काभित्र रहेका महिला बढी देखिए पनि यथार्थ बुझ्दै जाँदा उनीहरू परिवारभित्र निर्णयको स्वतन्त्रता, आर्थिक स्वतन्त्रता तथा शिक्षामा अब्बल भेटिए ।

झरना नहर्की र लक्ष्मी भण्डारी थापा ढाकाबाट फर्किएर , भाद्र ६, २०७२

-- पुरा पढ्नुहोस् --